सोमबार खबर हेर्नेहरु अलमलमा पर्ने गरी समाचार आए। एकछिनसम्म नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन, कलाकार, टिभी कार्यक्रम सञ्चालकसमेत रहेका सेलिब्रिटी विजय लामालाई निलम्बन गरेको खबर आयो। फेरि एकैछिनमा अर्को खबर आयो- निलम्बन फुकुवा भयो रे। यसैलाई केही हावा र सेयरसिकर फेसबुके अनलाइनहरुले जनता समर्थनमा उत्रेपछि निलम्बनमा परेका विजयलाई फेरि नियुक्त गरियो, सेयर गर्नुस् भन्दै शीर्षक राखे। मान्छेहरुले कुरै नबुझी पढ्नै नपढी भटाभट सेयर गर्न थाले। आखिर भएको के हो त? के हो विजय लामा काण्ड? यस्तो रहेछ यथार्थ।
खासमा सोमबार अर्थात् वैशाख १६ गते नेपाल वायुसेवा निगमले विजय लामालाई प्रवक्ताको पदबाट तत्काल लागू हुने गरी हटाइएको पत्र थमाएको थियो।
कार्यकारी अध्यक्ष मदन खरेलको हस्ताक्षर रहेको यो पत्रमा ‘तपाईँलाई तत्कालैदेखि लागू हुने गरी तपाईँले हाल सम्हाली आइरहनुभएको प्रवक्ताबाट हटाइएको छ’ लेखिएको छ।
त्यसो भए यो निलम्बनको कुरा कहाँ आयो त?
पत्रमा फेरि ध्यान दिनुस्। त्यसमा नेपाल नागरिक उड्डयन प्राधिकरणको पत्रको कुरा उल्लेख छ। नागरिक उड्डयन प्राधिकरण भनेको उड्डयन क्षेत्रको नियामक निकाय हो। भन्नुको मतलब प्लेन उडाउने पाइलटदेखि एयरलाइन्स र प्लेनसम्मको लाइसेन्स दिने काम यसैको हो। देशभरका एयरपोर्टहरु यसैले हेर्छ। यो क्षेत्रका नियमहरु पनि प्राधिकरणले नै बनाउने हो।
विजयले निगमका प्रवक्ता तथा पाइलट दुवै भई गर्दै आएको दोहोरो भूमिकाका कारण हवाई सुरक्षामा असर परेको लेखिएको भनिएको रहेछ प्राधिकरणको पत्रमा।
त्यसो भए प्राधिकरण कै पत्र हेरौँ न त। के लेखिएको रहेछ त्यसमा?
यो प्राधिकरणको दोस्रो पत्र रहेछ विजय लामालाई। पहिलो पत्रमा दोहोरो भूमिका र जिम्मेवारीका कारण सुरक्षामा परेको असरबारे स्पष्टीकरण माग गरिएको रहेछ।
१७ अप्रिलमा पठाइएको यो पत्रको विजय लामाले पठाएको जवाफ असान्दर्भिक र अतार्किक भएको आरोप प्राधिकरणको पत्रमा छ।
नेपाल वायुसेवा निगमको प्रवक्ताको रुपमा थप सांगठनिक भूमिका र विमानको सुरक्षित सञ्चालनमा पर्ने असरलाई जस्टिफाइ गर्न नसकेको पत्रमा उल्लेख छ।
पत्रमा नेपाल वायुसेवा निगमको प्रवक्ताको रुपमा थप जिम्मेवारीले सम्भावित तनाव हुने र त्यसले उडान सुरक्षामा असर पार्ने भएकोले त्यो जिम्मेवारीबाट नहटेसम्म प्राधिकरणले दिएको पाइलट लाइसेन्सको सुविधा उपभोग नगर्नु भनिएको रहेछ।
भन्नुको मतलब प्राधिकरणले दुई वटा विकल्प दिएको रहेछ- कि प्लेन नउडाउनु, कि प्रवक्ताको जिम्मेवारी छाड्नु।
निगमले प्रवक्ताको जिम्मेवारीबाट मुक्त गरिदिएपछि अब उनले प्लेन उडाउन पाउँछन्। तर त्यसका लागि प्रवक्ताबाट हटाइएको पत्र प्राधिकरणमा पुग्नुपर्छ।
के थियो त प्राधिकरणलाई विजयले पठाएको पत्रमा?
नियामक निकायले विजय लामाले पठाएको स्पष्टीकरणमा नियामक निकायलाई नै चुनौति दिएको देखिन्छ। मलाई स्पष्टीकरण सोध्ने कानुनै छैन भनिएको रहेछ। Your letter is not lawful भन्दै पत्रलाई नै कानुन अनुसार नभएको भनिएको छ। पत्रको भाषामा आक्रोश देखिन्छ।
जबकि नागरिक उड्डयन नियमावली २०५८ को नियम ८४ मा नागरिक उड्डयन निरीक्षकले लाइसेन्स खारेज, निलम्बन वा स्थगित गर्न सक्ने प्रावधान उल्लेख छ।
विजय लामाले आक्रोशित हुँदै स्पष्टीकरण पत्र पठाउनु त गल्ती थियो नै, प्राधिकरणले पनि प्रक्रिया पुराएको देखिन्न। नियममा निरीक्षकको प्रतिवेदनका आधारमा प्रमाणपत्र खारेज, स्थगित वा निलम्बन गर्न सक्ने उल्लेख भए पनि स्पष्टीकरण पत्रकै आधारमा उनको प्रमाणपत्र स्थगित गरिएको छ।
खास केको निहुँ यो सब?
खासमा यो सब लफडाको पछाडि गएको चैत १९ गतेको एउटा काण्ड प्रमुख छ। त्यो दिन राति सवा ९ बजे उड्नु पर्ने निगमको प्लेनको दुबई उडान रद्द भएको थियो।
निगमको विमानले बेलुकी ७ बजेदेखि नै विमान ह्यांगरबाट ‘पार्किङ वे’मा ल्याउने अनुमति माग्यो तर एयर ट्राफिक कन्ट्रोलले ८ः३५ बजे मात्र अनुमति दियो। ढिलो गरी ‘पार्किङ वे’मा ल्याउने अनुमति दिनु त कारण थियो नै, अर्को लफडा चाहिँ यात्रुहरु मिसप्लेस हुनुले गर्यो।
निगमको दोहा जानु पर्ने यात्रु र दुबई जानु पर्ने यात्रु कन्फ्युज भएर अर्कै प्लेनमा बस्न पुगे। यात्रुलाई अर्को प्लेनमा गएर तपाईँहरुको प्लेन यता हो भन्न नै टाइम लाग्यो। यात्रुहरु ९ः३५ बजे मात्र विमानमा बसे । ९ः३७ मा विमानमा इन्धन राखियो । ९ः४५ मा इञ्जिनियरिङ टिमले उडानका लागि अनुमति दियो ।
९ः४७ मा विमानका सबै ढोका बन्द गरिए । र, पाइलटले एटीसीसँग उडान अनुमति मागे । तर, एटीसीले पर्खन भन्यो। ड्रागन एयर ९ः५७ मा उड्यो। रनवे मर्मतका कारण राति १० बजेदेखि विमानस्थल बन्द हुने नियम देखाउँदै कन्ट्रोल टावरले उडान अनुमति दिन नसकिने भन्यो।
चालक दलका सदस्य सहित २ सय ७४ यात्रु अलपत्र परे। राष्ट्रिय ध्वजाबाहकलाई उड्न नदिने, निजीलाई चाहिँ उड्न दिने? भन्दै प्रवक्ता विजय लामा खरो रुपमा मिडियामा उत्रिए। हुन पनि विमानस्थलले २०७५ चैत महिनामा फ्लाई दुबई, सिल्क एयरलाई नोटाम उल्लंघन गर्दै उड्न अनुमति दिएको देखियो। अझ वैशाख १४ गते शनिबार त ड्रागन एयरको विमान विमानस्थल बन्द हुने समय भएको २४ मिनेटपछि उड्यो।
अहिले प्राधिकरणले लफडा बनाइरहेको एउटा विषय विजय लामाको अन्तर्वार्ता पनि हो। युट्युब च्यानलमा दिइएको अन्तर्वार्तामा उनले आफू तनावमा रहेको बताएछन्। त्यही शब्दलाई टपक्क टिपेर तनावमा हुनेले प्लेन सुरक्षित कसरी उडाउँछन् भनेर प्राधिकरणले प्रतिशोधको इस्यु बनाएको हो।
चार वटा युट्युब च्यानलले विजय लामाको अन्तर्वार्ता राखेका छन्।
त्यसमध्ये सबैभन्दा धेरै हेरिएको अन्तर्वार्ता यो हो
यसमा आरामै हुनुहुन्छ भनेर सोध्दा विजय लामाले थकित छु भनेका छन्। थकित हुनुहुन्छ? भनेर सोध्दा उनले एकदमै भनेका छन्।
यसैलाई इस्यु बनाएको हो प्राधिकरणले। त्यसमाथि विजय लामाको नियामक निकायलाई नै चुनौति दिने जवाफ। यसले झन् स्थिति भड्कायो।
निगमको उडान रद्द भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा छानबिन समिति गठन गरियो। समितिले नेपाल नागरिक उड्डयन प्राधिकरणका ४ र नेपाल वायुसेवा निगमका २ कर्मचारीलाई विभागीय कारबाहीको सिफारिस गरेको थियो।
त्यही कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय प्रमुख रामकुमार क्षेत्री र निजी एयरलाइन्ससँग सेटिङमा चल्ने प्राधिकरणका पदाधिकारीहरु विजय लामासँग रिसाए। अनि लास्टमा प्रवक्ताको पद हटाउनै लगाए।
खासमा कुनै एउटा एयरलाइन्सको प्रवक्ता पदमा को रहने वा नरहने भन्ने विषय प्राधिकरणले हेर्ने हैन। तर उडान सुरक्षाको कारण देखाउँदै युट्युब अन्तर्वार्ताको भरमा प्रवक्ता भएर थकित हुनुपर्ने लजिक ल्याइयो।
सहि भन्नु भो मदन जी ले | नेपाल मा सड्यन्त्र , जाल झेल को पर्याय नै राजनीति भएको छ |
बिसेस गिरिजाले राजनीतिमा सड्यन्त्र को प्रयोग ज्यादा गर्यो |
शंकरज्यु
नेपालमा जताततै राजनीति भयको कुरा निगमको संदर्वमा भन्ने हो भने निगममा राजनीति होईन षडयन्त्र भैरहेको देखिन्छ/ भ्रस्टले निगमलाई भ्रस्ट भर्ति केन्द्र बनायाकोले नै निगममा भ्रस्टाचार भयको थियो/ रास्ट्रिय धोजा बाहक कहिले पनि उडान ब्यबस्थापनमा सम्भंदित निकायको प्राथमिकतामा परेन/ उडान उपयुक्त समय कसलाई दिने भन्ने कुरामा निगम प्रियजनलाई खुवाईसके पछि बाकि बचेको खुवाउने प्राणीको स्तरमै कोच्च्य्याईयको थियो/ निगमको पुर्व प्रवक्ताहरुले यो कुरा जिव्रोमै ल्याउने आँट गरेन; बिजयले गरे; यहि कुरा पचेन कसैलाई/
आजको स्थापित प्रबित्ति भनेको राजनैतिक दलप्रतिको चाप्लुसी, चाकडी हो| घुमाउरो भाका र भाषामा बोल्ने, कुरो चपाउने, मुखले एउटा कुरो बोल्ने र भित्रबाट छुरा चलाउने प्रबित्ति हो| आफ्नो नातागोता सन्तान र विचौलियालाई मात्र आवरण शरण दिने हो|
क्याप्टेन विजय लामा घुमाउरो भाकामा बोल्दैनन| जस्ताको तस्तै भनिदिन्छन| अन्यायको अ मात्र आयो भने पनि बोल्न चुक्दैनन| घुमाउरो भाकामा बोल्नेहरुको भीडमा उनी एक्लै परे| सरकारमा कुरा लुकाउने र चपाएर बोल्नेको संख्या बढ्दो छ र यो प्रबित्ति नै टुप्पो देखि फेद सम्म हावी बन्दै गएको छ|
क्याप्टेन लामाको स्वभावसंग अहिलेको स्थापित हुँदै गएको प्रबित्ति मेल खादैन| त्यसैले उनी प्रवक्तामा उपयुक्त नठहरिनु कुनै नया कुरो होइन| कर्मठ पाइलट रहेर देशलाई सेवा प्रदान गर्दै रहुन|
निष्कर्षमा भन्नपर्दा, अहिलेको द्वन्द भनेको प्रबित्तिमा हो|
कानुन मन्त्रि शेरबहादुर तामागलाई पनि त्यसरी चिप्लाएका हुन भन्ने हाम्रो ठम्याई हो|
अहिलेको गणतन्त्रमा हाम्रा पुस्ता र सत्तारुढ सरकार, प्रतिपक्षी र नागरिक समाजले गम्भीरतापुर्बक विचार गर्ने भनेको हामी कुन बाटो जाने तय गर्ने? सरकारमा हावी हुदै गएको चाप्लुसी, चाकडी, असमावेशी, विचौलिया र मनमा कुरा राखेर बोल्ने कि त्यसको विपरित वा अन्य बाटो?
प्राधिकरणले निगमको उडानलाई भन्दा निजि बिमान सेवाहरुलाई……यो त् उहिले देखिने हुँदै आयको कुरा हो/ निगमको उडान समयमै नहुनुको कारण त्यो पनि हो; तर दोष दिईन्छ निगम र निगमको पाइलटहरुलाई/ जहा सम्म तनावको कुरा छ; नेपालमा तनावमा नपरेको को छैन? तनावमा परेको व्यक्तिले गम्भीर कार्य गर्न नहुनेहो भने सदन र सरकारको सबै कुर्सिनै खालि हुन्छ/ फेरी साँच्चै भन्ने हो भने तनावमा परेकोलाई जिम्मेवारी नदिने हो भने आफु तनावमा भयको भन्नेलाई होईन लुकाउनेलाई जिम्मेवारी बात मुक्त गर्नु पर्छ/ स्वस्थ र इमान्दार मान्छे नेपालमा तनाव मुक्त हुने सक्दैन/ यस्तैमा पर्छ विजय लामा/ म राम्रै चिन्छु; विजय ज्युलाई तर व्यक्तिगत रुपमा होईन कार्यगत रुपमा/ निगमको निडर इमान्दार गलत कुरा नमान्ने र गलत कुरा नलुकाउने शारीरिक र मानशिक रुपमा अत्यन्त सबल र इमान्दार पाइलट हुनु हुन्छ उहा/ बिजयले जुन कुरालाई लियर आफु तनावमा रहेको भन्नु भयो सक्छ भने निगमको उडानलाई अन्तमा रद्दनै गर्नु पर्ने परिस्थति कसले किन ल्यायको हो भनेर स्वतन्त्र र इमान्दार समिति बात छानविन गरोस; छानविनमा जो दोषी भेटिन्छ तेस्लाई पद मुक्त नै गरोस/ यसरि छानविन गरेमा मलाई सयमा सय बिस्वाश छ बिजयलाई निलम्बन गर्नेनै निलम्बित हुनु पर्नेछ/
Nowhere around the world a serviceman can reply to an authority like the way ego driven Vijay has replied. His response to the letter by Government authority seems like he is replying an email to his younger brother or his colleagues. He was grown fat of ego in his blood that is for sure. The incident that took place at airport is a grave incident and could cause hundreds of thousands of dollars loss to a company if it occurred in other countries, many would lose their job, but here nothing of such happens. Authority has raised a valid point, may be procedure could have been more professional but its merely right, an incumbent pilot can not hold position of spokesperson of the same Airline just because he speaks fluent English and has influence over people in the company. Tomorrow if he does the mistake while flying and there was to be investigation and report to be published so he comes out and gives press release to mass about himself and his mistakes and findings? Are you for real guys? Is that not so lame joke? It is a valid point what government raised that dual role is not just right and needs to be looked at. I know aviation industry so closely, a flying pilot needs an adequate rest and constant check of their mental capabilities, if I were to fly I would never fly in an aircraft where captain also manages an office which is indulge in dispute, interrogation, investigation, political turmoil, argument with government, press and media releases etc that is a separate job altogether. He is clearly seen on his letter where he mentions about his stress goes away when he is in uniform, is he Captain America or Superman? Is he serious to give such kiddish reasoning to an authority or government body? Although he mentioned in interviews that he is mentally tired of all these but even if he did not mention, we all know how tiring duties he has taken on himself in addition to his regular flights. In aviation if pilot reports that due to elevator sound or whatsoever he could not have enough sleep at night, he is deemed unfit to fly and next pilot is arranged, this is called safety and is the standard norm around the world. Everything is possible in Nepal, my God! Guys do not put emotional blindfold in your eyes and just run to support a bad case. Today you support him for your own moral reasons as one can guess, but tomorrow if the flights he flies gets serious accidents and death and fatalities occur, you will again go on the road stating government was incapable of assuring flight safety. Keep your emotion aside and support government for something good this time. They might be wrong on many things but this point is just plain valid point, Vijay challenges to show the law that prohibits him in taking dual role, if there is no law then we need to create the law because that is the right thing to do. If there is no law in constitution about peeing in neighbors door does not mean you go around and pee on their doors just because it is not mentioned in the constitution. It reminds me of one ad where one guy puts his new phone to burning oven and watch it damage and claims to factory it is not working, when factory asks him he should not have put the phone in hot oven, customer lamely claims, well then why factory did not write instruction about not to put in hot oven. You can write things about what to do but you can not always create exhaustive lists of all possible things that you are not supposed to do.
पशुपतिनाथको भरोसामा चलिरहेको देश | हजारौ वर्ष (वा केहि शतक देखि), कर्मशील समुहलाई बेवास्ता गरि चलाएयेको यो देश (वा भूगोल) , त्यहि अनुसार श्री पशुपति नाथ हरुले चलाएको देश | अनि अर्को त्यहि मौकामा निकट रहेको जंगलमा रहेको हनुमानहरुको नौटंकी हेर्न खुबै मज्जा लाग्छ |
नेपाल मा जताततै राजनीति , जमिन मा , आकाश मा |
द्रव्य पिसाचहरूको नजर नेपाल वायु सेवा निगम र नेपाल विद्युत प्राधिकरणको सम्पत्तिमा छ । सधैँ र्याल काढेर बसेका द्रव्य पिसाचहरूले असल र चरित्रवानहरूलाई पाखा लगाउन च्याँखे थापेर बसेका हुन्छन् । त्यसैका सिकार बनेका छन् क्याप्टेन विजय लामा ।
कारण सतहमा जे आए पनि मूलकारण ने वा नी डुवाएर कमाउने झुण्डको अभिष्ट पूरा गर्नु रहेको छ । यसैको अर्को श्रृँखला अब कुलमान घिसिँग तिर सोझिदै छ ।