Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

वैशाख १२ को भूकम्प : ३६ शव जसको पहिचान अझै भएन, १९५ जना अझै भेटिएनन्

Posted on April 26, 2019April 26, 2019 by Salokya


चार वर्षअघि वैशाख १२ गतेको भूकम्प धेरैले सम्झेका छौँ। हाम्रो पुस्ताले भोगेको यो सबैभन्दा ठूलो प्राकृतिक विपत्ति थियो। यसबाट धेरै सिक्नुपर्ने थियो। तर त्यो त सब भन्ने कुरा न हो भने झैँ भएको छ। गोरखा केन्द्रबिन्दू भएको त्यो भूकम्पमा ठ्याक्कै कति जनाको ज्यान गएको छ तपाईँलाई थाहा छ?

मैले सम्झन खोजेँ। ठ्याक्कै थाहा पाइनँ। गृह मन्त्रालयको आधिकारिक तथ्याङ्क खोजेँ। राम्रोसँग नाम, थर, उमेर, ठेगानासहितको तथ्याङ्क राखिएको रहेछ। ज्यान गुमाउनेहरुको कूल संख्या ८ हजार ९ सय ७९ रहेछ। त्यसमध्ये ३६ जनाको शव पहिचान भएन।

ज्यान गुमाउनेहरुमा पुरुषभन्दा बढी महिला छन्।

शव पहिचान नभएकामध्ये काठमाडौँका १३ थिए। त्यसमा पुरुष ११ र महिला २ थिए। दोलखामा दुई वटा पहिचान नभएका शव मध्ये एक पुरुष र एक पुरुष कि महिलासमेत छुट्याउन नसकिने थिए।

पहिचान नभएका ३२ वटा शवलाई २०७२ चैत ६ गते अन्तिम संस्कार गरिएको थियो।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रको तथ्याङ्क अनुसार १९५ जना हराएको सूचीमा छन्। अर्थात् न उनीहरु जिउँदो भन्ने जानकारी छ, न लाश नै फेला परेको छ।

त्यस्तो सबैभन्दा बढी संख्या रसुवाको चिलिमेमा छ-१३९ जना। गोरखाको ताकुकोटबाट हराएका २० जनाको पनि अहिलेसम्म अत्तोपत्तो छैन। काठमाडौँबाटै १२ जना हराएका छन् जसको सम्पर्क अझै हुन सकेको छैन।

केन्द्रको तथ्याङ्कमा भूकम्पबाट २२ हजार ३ सय २ जना घाइते भएको उल्लेख छ।

भूकम्पमा कहाँ कसले ज्यान गुमाए? विस्तृत विवरण हेर्नुस्–


भूकम्पमा ७० जना विदेशीले पनि ज्यान गुमाए। सबैभन्दा बढी भारतका थिए। हेर्नुस् विवरण–


१११ जना विदेशी जो अझै हराइरहेका छन्। विस्तृत विवरण हेर्न क्लिक गर्नुस्


Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme