Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लुक्लामा पहिलो दुर्घटनापछि नाम परिवर्तन भई गोमा बनेको थियो समिट एयर, फेरि लुक्लामै भयो दुर्घटना

Posted on April 15, 2019April 15, 2019 by Salokya


STOL अर्थात् सर्ट टेकअफ एन्ड ल्यान्डिङका लागि समिट एयरको नाम प्रख्यात छ। छोटो र कच्ची रनवेमा पनि ल्यान्डिङ गर्न सक्षम चेक गणतन्त्रमा बनेका एलइटी एल-४१० ट्विन इन्जिन विमान यसको विशेषता हो। यो प्लेन नेपालमा पहिलो पटक ल्याएर चलाउने पनि यही एयरलाइन्स हो। विकास राणा अध्यक्ष र सुमन पाँडे डाइरेक्टर भएको यो एयरलाइन्ससित तीन वटा यस्ता विमान भएकोमा आइतबारसमेत गरी दुई वटा दुर्घटनामा कामै नलाग्ने गरी बिग्रिसकेको छ। 9N-AKY कलसाइन भएको यसको विमान दुई वर्षअघि लुक्लामै दुर्घटना भएको थियो।

२७ मे, २०१७ मा लुक्ला विमानस्थलमा कार्गो फ्लाइट अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो। विमानमा पाइलट पारसकुमार राई, को पाइलट सृजन मानन्धर र एयर होस्टेस प्रज्ञा महर्जन थिइन्। दुर्घटनापछि तीनै जनाको जीवित उद्दार गरिएकोमा पारस र सृजनको उपचारका क्रममा मृत्यु भयो। प्रज्ञाले भने मृत्युलाई जितिन्।


दुर्घटना के कारण भएको थियो? पढ्नुस् छानबिन प्रतिवेदन।

यो दुर्घटना भएको ७६ दिनपछि गोमा एयरलाइन्सले नाम परिवर्तन गरी समिट एयर राखेको थियो। नयाँ नाममा रिब्रान्डिङ गरी चलिरहँदा फेरि विक्रम संवतको नयाँ वर्षको पहिलो दिन नै फेरि लुक्लामै दुर्घटना हुन पुग्यो। यस पटक 9N-AMH कलसाइनको विमान दुर्घटना भएको हो।

अब यो एयरलाइन्ससित एउटा मात्रै एलइटी एल-४१० ट्विन इन्जिन विमान छ 9N-AKZ कलसाइन भएको। यो विमानबाट मैले पोहोर मुगुको ताल्चा विमानस्थलबाट नेपालगञ्ज उडान गरेको थिएँ। मौसमका कारण दुई दिनसम्म रारा विमानस्थलमै फँसेका हामीलाई तेस्रो दिन अरु कुनै विमान नआउँदा आएको समिट एयरको विमानले नेपालगञ्ज उडाएको थियो।

रारा विमानस्थल पनि लुक्ला जस्तै सानो रनवे भएको विमानस्थल हो। लुक्ला विमानस्थलको रनवे ५२७ मिटर छ भने ताल्चा विमानस्थलको ५७० मिटरमात्रै छ।


रारा विमानस्थल।

यसबाहेक समिट एयरसित दुई वटा सेस्ना ग्रान्ड क्याराभान २०८ बी सिङ्गल इन्जिन विमान छ। यही दुई वटा विमानबाट गोमा एयरको नाममा सन् २०११ मा एयरलाइन्स सुरु भएको थियो। सिङ्गल इन्जिन विमानलाई सरकारले सन् २०१६ देखि यात्रु लिएर उड्न प्रतिबन्ध लगाएको छ। कार्गो फ्लाइटमात्रै गर्न पाइन्छ।

पहिलो दुर्घटना हुँदा गोमाबाट समिट बनेको यो एयरलाइन्सले फेरि दुर्घटना भएपछि नाम फेर्ला कि नफेर्ला त?

दुर्घटना भएको विमानको नालिबेली
लुक्ला विमानस्थलमा आइतबार बिहान दुर्घटना भएको समिट एयरको 9N-AMH कलसाइनको एलइटी एल-४१० ट्विन इन्जिन विमान रुसी आकाशमा चार वर्ष उडेपछि नेपाल ल्याइएको थियो।

यो विमान सन् २०१३ मा बनेको हो। समिटले किन्नुअघिसम्म यो विमान रुसको आकाशमा RA-67039 कल साइनमा सन् २०१४ देखि २०१६ सम्म दुई वर्ष उड्यो।


रुसमा उड्दाताकाको विमान यस्तो थियो। फोटो : russianplanes.net

रुसी आकाशमा उड्नुअघि यसलाई चेक गणतन्त्रमा लगभग एक वर्ष OK-JDP कलसाइनमा उडाइएको थियो।

यो विमान नेपालमा दुई वर्षअघि फेब्रुअरीमा ल्याइएको थियो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme