आज फागुन १६ गतेका सबै अखबारहरु जस्तो अन्नपूर्ण पोस्टको पनि मुख्य समाचार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटना कै छ। दुर्घटनामा मन्त्री रविन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो। मुख्य समाचारको शीर्षक नै ‘मन्त्री अधिकारीसहित सातको निधन’ छ। पेज २ मा पनि ‘निभ्यो आशाको दीप’ शीर्षकमा मन्त्री अधिकारीको गृहजिल्ला कास्कीको खबर पोखरा डेटलाइनबाट लेखिएको छ। त्यो सँगै छापिएको अर्को फोटोले भने तपाईँलाई पनि चकित बनाउनेछ।
अन्नपूर्ण पोस्टको पेज २। दायाँ छेउमा रहेको फोटो हेर्नुस् त? केही देख्नुभो?
शायद् तपाईँले याद गर्नुभएन कि त्यसमा के लेखिएको छ। अलि जुम गरेर हेरौँ न त।
क्याप्सन छ- मानवअधिकार तथा शान्ति समाजले बुधबार राजधानीमा गरेको प्रदर्शनमा सहभागी। ब्यानरमा लेखिएको छ- मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित धर्मा प्रदर्शन। अनि त्यसको मुनि लेखिएको छ- संसद्लाई ढाँट्ने मन्त्री रविन्द्र अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर।
यो बुधबारै भएको कार्यक्रम रहेछ। बुधबार कै दिन दिउँसो १२ बजेर ३५ मिनेटमा मन्त्री अधिकारी चढेको विमान दुर्घटना भएर उनीसहित सात जनाको मृत्यु भइसकेको थियो।
मरिसकेको मान्छेलाई मन्त्री पदबाट बर्खास्त गर लेखिएको फोटो पो छापिएछ पत्रिकामा।
वाइड बडी जहाज खरिदमा भ्रष्टाचार भएको थियो कि थिएन, त्यसमा मन्त्री रविन्द्र अधिकारी संलग्न थिए कि थिएनन्, यो छानबिन र प्रमाणित हुन बाँकी छ। ब्यानरमा संलग्न थिए पनि भनिएको छैन। संसदलाई ढाँटेको चाहिँ आरोप लगाइएको छ।
तर मरिसकेका मन्त्री (छेउमै मरिसकको खबर छ) लाई पदबाट बर्खास्त गर्नुपर्ने माग गरिएको फोटो पो छापिएछ पत्रिकामा।
‘आग्रह पूर्वाग्रह छैन’
अन्नपूर्ण पोस्टका तर्फबाट फोटो सम्पादक विकास कार्कीले ब्यानरमा लेखिएको कुरामा ध्यान नपुग्नु कमजोरी भएको स्वीकार्दै क्षमा मागेका छन्। उनले लेखेका छन्, ‘ब्यानरमा लेखिएको कुरामा ध्यान नपुग्नु हाम्रो कमजोरी भयो । ध्यान पुगेको भए प्रकाशित हुने थिएन । यसमा हाम्रो आग्रह वा पूर्वाग्रह केही पनि छैन । यसका लागी क्षमापार्थी छौ । कृपया यसलाई अनर्थले नबुझिदिन पनि अनुरोध गर्दछु।’
[polldaddy poll=10252480]
आफ्नो बा आफुले समर्थन गरेको दलको नभयकै भय पनि देसको सांसद मन्त्रि दुर्घटना परेर ज्यान गयाकोमा सामाजिक औपचारिकता पुर्यान मात्रै भय पनि कांग्रेस लगायत दल र तेस्को ठुलो नेताहरु बात सहानुभूतिको केहि सब्द व्यक्ति गरिनु पर्ने जस्तो लाग्छ/ तर खै तेसो त् गरेको सुनियन/ यो कुरा सहि हो भने यसले दलहरु बिचको सम्भंद र सहिस्नुतामा ठुलै असर पर्न पनि सक्छ/
दुखद घटनाका बारेमा तस्बिरहरु सहित समाचार सकेको समेटेने प्रयास गरेका थियौ। ब्यानरमा लेखीएको कुरामा ध्यान नपुग्नु हाम्रो कमजोरी भयो । ध्यान पुगेको भए प्रकाशित हुने थिएन । यसमा हाम्रो आग्रह वा पूर्वाग्रह केही पनि छैन । यसका लागी क्षमापार्थी छौ । कृपया यसलाई अनर्थले नबुझिदिन पनि अनुरोध गर्दछु ।