प्रतिनिधि सभाको बुधबारको बैठकमा सत्तारुढ नेकपाका सांसद विरोध खतिवडाले एउटा फरक विषय प्रवेश गराए। संसद गफ गर्ने ठाउँ हैन, संसद गँजेडी कुरा गर्ने अखाडा हैन भन्ने पनि मलाई थाहा छ भन्दै मिस नेपालका पिता खतिवडाले गाँजाको विषयमा गम्भीर कुरा राखे। प्रतिनिधि सभाको बैठक गाँजाको कुरा उनले गरे पनि प्रदेश सभाका सांसद केशव स्थापितले भने उनले भन्दा पहिले नै अझ रोचक तरिकाले यो कुरा उठाएका थिए। प्रदेश मन्त्री पदबाट गलहत्याइएपछि एउटा कार्यक्रममा उनले गाँजा किन खुला गर्नुपर्छ, अमेरिका र क्यानाडा जस्ता देशहरुले कसरी खुला गरेका छन् भन्दै प्रतिनिधि सभाका सांसदहरुलाई यसबारे कुरा उठाउन आफ्नै रोचक पाराले भाषण गरेका थिए।
सांसद खतिवडाले पनि प्रहरीले गाँजा खेती फाँड्ने गरे पनि सरकारी स्वामित्वको सिंहदरबार वैद्यखानाले भने बाहिरबाट औषधि बनाउनका लागि गाँजा किन्ने गरेको तथ्यसमेत राखे।
हेर्नुस् केशव स्थापित र विरोध खतिवडाको गाँजा गन्थन भिडियोमा-
एक जमानामा नेपालमा गाँजा खुला थियो। खुल्लमखुल्ला बिक्री हुन्थ्यो। पछि अमेरिकी दबाबमा त्यसलाई प्रतिबन्धित गरियो। यसको असर दीर्घकालीन रह्यो। माओवादी जनयुद्ध फैलनुको एउटा कारणमा गाँजामाथि प्रतिबन्ध पनि रहेको एउटा अध्ययनको दावी छ। २०५२ सालपछि झन भन्दा झन् सोचेभन्दा छिटो देशभर माओवादी फैलिएपछि यसको मूल जड पत्ता लगाउन अमेरिकाको अन्तर्राष्ट्रिय विकास सम्बन्धी संस्था युएस एडले आफ्नो खर्चमा रबर्ट गेर्सोनीलाई कन्सलट्यान्ट बनाउँदै एउटा अध्ययन गर्न लगाएको थियो। ‘सोइङ द विन्ड : हिस्ट्री एन्ड डायनामिक्स अफ दि माओइस्ट रिभोल्ट इन नेपाल्स राप्ती हिल्स’ शीर्षकमा २००३ मा प्रकाशित प्रतिवेदनमा माओवादी जनयुद्धको उद्गम स्थलमा विद्रोह सुरु हुनुका विभिन्न कारण पहिल्याइएको छ।
के छ प्रतिवेदनमा?
४० वर्षअघि रोल्पा र रुकुम पश्चिमी पहाडका सम्पन्न जिल्ला थिए। यी ठाउँबाट उत्पादन हुने गुणस्तरीय गाँजाका कारण कमाइने पैसाले उनीहरु नून, तेल, लुगाफाटा, चाँदीको सिक्का भएका नेकलेस, सुनका गहना किन्थे। उत्तरी रुकुम, उत्तरी रोल्पा र पूर्वी सल्यान र सुर्खेतका केही भागका जंगलमा समेत गाँजा उम्रन्थे। त्यतिबेला गाँजा गैरकानुनी पनि थिएन। त्यहाँका बासिन्दाको आयको मूल स्रोत नै गाँजा थियो। तर सन् १९७६ मा सरकारले लागू पदार्थ सम्बन्धी ऐन ल्याएर गाँजाको उत्पादन, बिक्री वितरणमाथि प्रतिबन्ध लगायो। प्रहरीले प्रतिबन्धलाई कडाइका साथ लागू पनि गर्यो। भारतीय सीमामा गएर नून वा तेलमा गाँजा साट्न गएका सामान्य किसानहरु समेत समातिए। गाँजा रोपिएका खेतहरुलाई जंगल भन्दै सरकारी जग्गा बनाइयो।
यो स्थानका बासिन्दाहरुलाई गाँजा प्रतिबन्ध टाढाको काठमाडौँ सरकारले लादेको एउटा त्यस्तो नियम थियो जसले उनीहरुको जनजीवनलाई प्रत्यक्ष असर पार्यो। गाँजामा प्रतिबन्ध लगाएपछिका वर्षहरुमा (सन् १९७६ देखि १९८० सम्ममा) उनीहरु गरिबीको चक्रमा पिल्सिए। बाँच्नकै लागि समेत छिमेकीहरुसित खाना बाँड्नु पर्ने स्थिति आयो। महिलाहरुले आफ्नो गहना धितो राख्नुपर्यो। र, परिवारलाई पाल्न केटाहरु गाउँ छाडेर काम खोज्न हिँड्नु पर्यो। गाँजामा प्रतिबन्ध लगाएर सरकारले आफ्ना लालाबालाको मुखबाट गाँस खोसेको उनीहरुले महसूस गरे।
स्थानीय नेताहरुले दरबारमा बिन्ति चढाए, लौ न सरकार केही राहत वा वैकल्पिक विकासको व्यवस्था गरिबक्सनु पर्यो। तर सुनुवाई भएन। राजा वीरेन्द्र सन् १९८३ र १९८८ मा हेलिकप्टरमा तकसेरा आएर यो ठाउँलाई राष्ट्रिय विकासको प्राथमिकतामा राख्ने घोषणा त गरे। तर कागजमा मात्रै।
गाँजा प्रतिबन्धले यहाँका बासिन्दामा सरकारविरुद्ध तीतो छाप छोडेको थियो। माओवादी सुरुमा फैलिएका ठाउँहरु गाँजा धेरै उत्पादन हुने ठाउँहरुमा पर्छन्।
@suman sharma
do some research before writing comments.
Medicinal Cannabis is legal in Australia.there are 3 farms big farms in Queensland,Victoria and NT with millions of Dollar investment
NT farm will be world largest farm for cannabis grow still in construction.
Medical cannabis is legal in Australia. Please see the Wikipedia page below:
https://en.wikipedia.org/wiki/Cannabis_in_Australia
स्वाश नसा मस्तिस्क अनिन्द्रा पिडा लगायत कयौं रोगहरु निको गराउन प्रयोग गरिने आधुनिक औषधिहरु पनि नसालु, लाग्ने हुन्छन/ गाँजा पनि ती आधुनिक औषधिहरु जस्तै अलि नसालु र लाग्ने तेस्तै रोगमा प्रयोग हुँदै आयको प्राकृतिक औषधि हो/ यहि कुरा बुझेरै बिगतमा गाँजामा परिबन्ध लगाउने कयौं मुलुकहरुले गाँजा माथि लगायको प्रतिबन्ध हताउन्दै आयको हो/ नसाको दुर्ब्यस्यनिले प्रयोग गरे भन्दैमा रोग निको गर्न लठ्याउने औषधिहरुमा बन्देज लगाउने हो भने त् अप्ठ्यारो स्थिति नै आउने हुन्छ/
नेपालमा उहिले गाँजाको प्रयोग खुलेआम हुन्थ्यो/ कोहि औषधिको रुपमा प्रयोग गर्थे कोहि चुरत- तमाकुको बिकल्पमा/ गाँजाको दुरुपयोग गर्ने र गाँजाको दुरुपयोग गर्न उक्साउने त् पाखण्डी बाबाहरु मात्रै हुन्/ गाँजा पनि अरु धुम्रपान जस्तै प्रयोग गर्नेको निमित ….अन्यको लागि अलि अप्ठ्यारो हुने बानि हो/
तेसैले अन्य धुम्रपानमा जस्तै गाँजाको प्रयोगमा पनि कुनै न कुनै किसिमको ब्यबहारिक नियम कानुन त् बन्नै पर्थ्यो, गाँजालाई अफिम हिरोईन जस्तै ठाने मानेर बन्देजनै लगाउनु त् मात्र “चटकेको नकल्चि बाँदरको चर्तिकला” हो/ घर खेतमै सस्तोमा मात्रै होईन बिना मुल्यमै पाउने जडिबुटीले रोग निको गर्ने कुरा पनि कसैको निमित ठुलै घाटाको कारण बन्छ, तेस्ताले फैलायाको हल्लाको कारणले पनि हो गाँजालाई अफिम हेरोईन जस्तै ठाने मानेर बन्देज लगायको/
गाँजा न खाँदा त् नेताज्यू हरु तेत्रो गफ दिनुहुन्छ , गाँजा खाएपछि उहाहरुले सुर्य मा नै रकेट पठाउनु हुन्छ |
गाजा न खाँदा घर घर ग्यास आयो , मेट्रो रेल चलिरहेछ काठमान्डू मा , मेलाम्चिको को पानि काठमान्डू मा बढी भएर कलैया तिर लगिदैछ | सुरुङ्ग मार्ग बाट हेटौडा अब बल्खु बाट २ घन्टामै पुगिने भएको छ | फास्ट ट्रयाक बाट खोकना हुदै आउदा चै ३ घण्टा जति लाग्छ |
अब भारत सग तेल मा निर्भर हुनु छैन , कोराला नाका , तातोपानी , र तिब्बत बाट आउने रेल ले आबस्यक परेमा देश को आवस्यकता पुरा गर्ने भएको छ |
निजगढ , पोखरा मा अन्तरास्ट्रिय विमानस्थल भएकोले , अब काठमान्डू ओर्लेर भ्याली बाहिर जानु बाध्यता छैन |
the above data is wrong . गाजा is illegal all over Australia
अ भेरी प्रोग्रय्स्सिव थोउत बाई बिरोध खतिवडा !
नमस्कार
बिदेशीहरु सुबिधासम्पन्न हुनु सुरुमा गाजाँ खेतीपाती नै थियो । हाम्रो देश सुबिधा युक्त भयो भने हामीलाई दास बनाउन नसकिने हुनाले यस्तो नियन्त्रित नियम लागू गरे। जसको हामी सोझा लाटो हरु सजिलै मान्न तयार हुनु नै आजको अभिसाप हो भन्ने लाग्छ। अब अरुको निर्णय भन्दा आफ्नो निर्णय लाग्न अनुरोध छ। धन्यवाद
मेरो मान्यता पनि नेपालमा नगदे खेतीको रुपमा गाँजालाई पहिलो प्राथमिकता दिइनु पर्छ।