Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के देख्नुपरो नि, फेसबुक स्टायटसबारे दूतावासको लेटरहेडमा एक पाने विज्ञप्ति

Posted on February 6, 2019February 5, 2019 by Salokya


दुई तिहाईको सरकार चलाउने पार्टीका नेताले शक्तिराष्ट्र अमेरिकालाई ठाडै चुनौति दिएको देख्नुभएकै छ। राष्ट्र र परराष्ट्र दुवै शक्तिशाली भएको मान्नुपर्‍यो अब। परराष्ट्र मन्त्रालय अन्तर्गत रहने विदेशमा रहेका दूतावास पनि कम्ता शक्तिशाली छैनन् अहिले। कसले फेसबुकमा के लेख्छ भनेर हेरेर त्यसबारे ध्यानाकर्षण भएको भन्दै दूतावासकै लेटरहेडमा एक पाने विज्ञप्तिसमेत जारी गर्ने दिन आएको छ अब।

भर्खरै स्पेनको म्याड्रिडमा रहेको नेपालको दूतावासले यस्तै विज्ञप्ति जारी गरेर तीनछक्क पारिदिएको छ। कुरो बुझ्दा कम्ता रमाइलो छैन यो प्रकरण। भयो के भने सोमबार गैर आवासीय नेपाली संघ अर्थात् चल्तीको भाषामा एनआरएनका युरोप क्षेत्रका उपसंयोजक एकराज गिरीले फेसबुकमा एउटा स्टायटस लेखे।

त्यही स्टायटसको प्रतिक्रिया स्वरुप नेपाली दूतावासले एक पेज लामो विज्ञप्ति निकाल्यो। विज्ञप्तिमा आक्रोशको भाषा गजब छ।

विज्ञप्तिको दोस्रो वाक्यमा क्षमायाचना गरेको उल्लेख छ। गल्ती भएको रहेछ। सक्किगो त। तर हैन, रिसले आँखा नदेख्ने बनाएछ। विज्ञप्तिका केही भाषा हेर्नुस् त-

-राजदूतावास र मुलुकलाई बदनाम गराउने उद्धेश्यले प्रकाशित गरिएको स्ट्याटसप्रति दूतावासको घोर आपत्ति रहेको छ।

-नेपाली भएर विदेशमा नेपाल सरकार र नेपाल सरकारको प्रतिनिधित्व गर्ने दूतावासजस्तो साझा निकायको वदनाम गर्ने कार्य निन्दनीय भएकोले यस्ता घृणित कार्यमा संलग्न नहुन सम्बन्धित सबैलाई अपिल गरिन्छ।

-उक्त कार्यमा दूतावासप्रति द्वेष प्रकट गर्ने मनसायबाट विषयलाई अतिरञ्जित गर्ने दुष्कार्य भएको राजदूतावासको ठहर छ ।

– सामाजिक सञ्जालमा प्रकाशित उक्त स्ट्याटस दूतावासको छबि र प्रतिष्ठामा आँच पुर्याउने एवं दूतावासका कुटनीतिक कर्मचारीको वदनाम गर्ने अभिप्रायबाट प्रेरित हुन सक्ने देखिएकोले यस्ता भ्रामक विषय सम्प्रेषण गर्ने तत्वलाई सबै मिलेर निरूत्साहित गर्न अनुरोध गरिन्छ।

-दूताबास र मुलुकप्रति वितृष्णा जगाउने गरी सामाजिक सञ्जालमा संप्रेषण गरिएको स्ट्याटसप्रति गैरआवासीय नेपाली संघ (NRNA), केन्द्रीय कार्यालय र गैरआवासीय नेपाली संघ (NRNA), राष्ट्रिय समन्वय परिषद्, स्पेन समेतको ध्यानाकर्षण हुन अनुरोध छ ।

दूतावासको यत्रो आक्रोशपूर्ण विज्ञप्तिपछि तपाईँलाई स्टायटस चाहिँ कस्तो थियो भनेर हेर्न मन लाग्यो होला। आज स्क्रिनसट लिँदासम्म यो स्टायटसमा जम्मा २८ कमेन्ट र चार सेयरमात्रै थियो। ८५ जना जतिले रियाक्ट गरेका थिए। अर्थात् यो त्यति भाइरल भएको स्टायटस पनि हैन रहेछ।

कन्टेन्ट हेर्ने हो भने पनि त्यस्तो विधि उपद्रो रिस उठ्नु पर्ने केही रहेनछ। प्रिन्टिङमा केयरलेसका कारण यस्तो सानो गल्ती भएको हुनुपर्दछ भनेर मात्रै लेखिएको रहेछ। बाबाबाबा…यति लेख्दा दूतावासका राजाहरुलाई कति असह्य भएछ नि….

तपाईँलाई यसमा कसको दोष बढी जस्तो लाग्छ? आफ्नो प्रतिक्रिया तल कमेन्टमा वा तलको पोलमा भोट गरी दिनसक्नुहुन्छ।

1 thought on “के देख्नुपरो नि, फेसबुक स्टायटसबारे दूतावासको लेटरहेडमा एक पाने विज्ञप्ति”

  1. राजन says:
    February 6, 2019 at 5:37 am

    त्यो साला ट्रम्प लठ्ठक ले अमेरिका चलाएको बेलामा चुनौती दिएको ठिकै हो । तेस्कै आफ्नै पार्टीले गन्दैन त्यसलाई ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme