प्रधानमन्त्री केपी ओली शनिबार स्वदेश फर्किए। उता प्रम पूँजिपतिहरुको क्लब डाभोसमा आफ्नो उपस्थिति जनाउँदै गर्दा यता नेपालमा नेकपाका दुई पाइलटमध्येका एक पाइलटले नेकपाकै लेटरप्याडमा एउटा विज्ञप्ति बम प्रहार गरिसकेका थिए। प्रचण्डकै हस्ताक्षरसहितको त्यो विज्ञप्तिमा अमेरिकाको निन्दा गरिएको थियो।
‘नेकपा बोलिभियाली रिपव्लिक अफ भेनेजुएला जनतालाई विभाजन गरी आन्तरिक हिंसा भड्काउने र प्रजातन्त्र, सार्वभौमिकता र शान्तिलाई चुनौती दिने किसिमले त्यहाँको आन्तरिक मामिलामा अमेरिका र यसका समर्थकहरुले गरेको हस्तक्षेपको निन्दा गर्दछ,’ प्रचण्डद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको थियो।
आज प्रधानमन्त्री स्वदेश फर्कँदा सधैँ झै विमानस्थलको भिआइपी कक्षमा पत्रकार सम्मेलन भयो। पत्रकारहरुले के छाड्थे, सोधिहाले- ‘यसमा सरकारको भनाइ के हो ? यहाँलाई त्यो अवगत छ कि छैन ? छ भने यहाँको टिप्पणी के हो ?’
प्रमले जवाफ दिएनन्। बरु किस्सा सुनाए भट्टराई लडेर घाइते भएको कुरा।
उनले भने, ‘मैले सुनेको छु अलिकति । तर, म भर्खर आइपुगेको छु । नेपाल कस्तो देश हो भने एकपल्ट कोही भट्टराई लडेर घाइते हुनुभएछ । भट्टराई लडेर घाइते ! त्यसबेला कृष्णप्रसादजी प्रधानमन्त्री हुनुहन्थ्यो । भट्टराई भन्नेवित्तिकै उहाँलाई बुझिने अवस्था । भट्टराई लडेर घाइते भनेपछि धुमधाम भयो । हामी पनि चिन्तित भयौं । के भएछ भनेर बुझ्नु त पर्यो । हतार-हतार बुझ्दाखेरि त भट्टराईजीलाई त केही पनि थाहा छैन । भट्टराई त भट्टराई नै, तर अर्कै भट्टराई हुनुहुँदोरहेछ । तर, संकेत केही त्यस्तो हुन्छ । त्यसकारण, मिडियामा अस्ति मेरो फोटोसमेतै अलिअगाडि जीप दुर्घटनामा संखुवासभामा निधन भन्ने तपाईहरुले पढ्नुभो होला । यस्ता देशमा राम्ररी नबुझिकन, नपढिकन प्रतिक्रिया दिनु वाञ्छनीय होला जस्तो मलाई लाग्दैन ।’
भन्नुको मतलब नेपालमा हावा हावा कुराको पनि हल्ला हुन्छ। कतै भट्टराई लडेर घाइते भने जस्तै प्रचण्डको नाममा अर्कैले वक्तव्य त दिएको हैन? के प्रधानमन्त्रीले त्यसै भन्न खोजेका हुन् त? नभए उनले सुनाएको किस्साको अर्थ के त?
यस्ता देशमा नबुझिकन, नपढिकन प्रतिक्रिया दिनु वाञ्छनीय होला जस्तो लाग्दैन भनेर प्रधानमन्त्रीले भने।
अब के प्रधानमन्त्रीले प्रचण्डको वक्तव्यका बारेमा बुझ्नुपर्ने हो? फेरि पढ्नुपर्ने हो?
गलत वा फर्जी भनौँ भने नेकपाको आधिकारिक भेरिफाइड फेसबुक पेजबाट सेयर भएको वक्तव्य हो हजुर
प्रधानमन्त्रीको बोली सुनौँ-
मावोबादी र यमालेको मिलाप मात्र कुर्सिको मिलाप हो नीतिको होईन/ नितिगत रुपमा इनिहरु कहिले पनि नमिलेको कुरा यमालेको नेतृत्वको सरकारलाई प्रचन्द्रले अविस्वाशको प्रस्ताव राखेको र यमालेको मधेशाबादिलाई हेर्ने नीतिको तेतिबेला बिरोध गर्दै गरेकोले स्पस्ट गर्छ/ प्रचन्द्रले जिन्दावाद भन्न पनि मुर्दावाद भन्न सक्छ; आफ्नो महानायक हो पनि अर्कै के के भन्न सक्छ भन्ने कुरा उसले गिरिजालाई भारतलाई पहिला र पछि …भने बात पनि थाह हुन्छ/
नेपालको राजनीतिमा कुनै पनि नीति अपनायर आफ्नो……कायम राख्नु मावोबादीको कहिले पनि नबदलिने नीति हो/ त्यो उनीहरुको बाध्यता पनि हो/ उनीहरुको यो बाध्यताको कारण सबैलाई थाह छ/ उनीहरुले जनयुद्धको ताका र जनयुद्ध पछि पनि जे जत्ति गरेको थियो ती सबै कुराको जवाफदेही हुन् बात बच्न पनि मावोबादीलाई आफु राजनीतिमा सकेमा सबै भन्दा शक्ति शालि हुने तेसो हुन् नसके अर्को शक्तिशाली पार्टी सिट मिल्ने पर्ने अवस्था छ/ यसको निमित उनीहरुले हिजो मुर्दावाद भनेकालाई जिन्दावाद. महान रास्त्रवादी भनेकालाई तानासाह, अबिस्वाशाको प्रस्ताव राखेर सट्टा बात निकालेका सिट अंगालेकोहो/
उनीहरुको अहिले अमेरिकाको बिरोध उनीहरुको तेस्तै नीति अन्तर्गतको कुरा मात्रै पनि
हुन् सक्छ/ यसको कारण छ; नेकपामा अहिले दुई जना अध्यछ्यहरु छन्/ यस्तो कुरा गर्न वा लेख्न दुई जनैको बिचमा सहमति पनि हुनु पर्छ र त्यो कुरा नेकपाको केन्द्रिय समितिमा छलफल गरेर पास भयको पनि हुन् पर्छ/ तेतिकै म यो हुन् त्यो हु भनेर लेख्न सकिंदैन/