Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

संसदीय व्यवस्थाको रमाइलो- कांग्रेसलाई कम्युनिस्टले सिकाउँदैछन् संसदीय सर्वोच्चता

Posted on January 25, 2019 by Salokya


संसदीय व्यवस्थाको एउटा रमाइलो आज देखियो। रमाइलो देख्ने क्रममा आज एउटा नयाँ अंकमात्र देखिएको हो। २०४६ सालपछिको संसदमा कांग्रेसले त्यतिबेलाका प्रतिपक्षी एमालेलाई पेलेर विधेयक पास गर्थे। संविधान सभाको बेलामा कांग्रेस र एमाले मिलेर माओवादीलाई पेलेर बजेट पास गर्नेदेखि संविधानसमेत बनाए।

माओवादीले बजेट पेश गर्न जान लागेका अर्थमन्त्रीको ब्रिफकेससमेत खोसेर फुटाए। तत्कालीन सरकारले त्यो ब्रिफकेसलाई म्युजियममा राख्ने भनेर औपचारिक रुपमै घोषणा गरेको थियो। तर त्यसले हावा खायो।

अब अहिले त्यही एमाले र माओवादी मिलेर नेकपा बनेको छ र त्यही कम्युनिस्ट दलले कांग्रेसलाई संसदीय सर्वोच्चता सिकाउँदैछ। अल्पमतले बहुमतलाई बन्धक बनाउन हुन्न भनेर पहिले कांग्रेसले भन्थ्यो, अहिले कांग्रेसलाई कम्युनिस्टले भन्दैछ।

त्यसो त मुठभेडको स्थिति नल्याइदिएको भए राम्रो हुन्थ्यो। सहमतिमा गए राम्रो हुन्थ्यो। भइसकेको सहमति पालन गरे राम्रो हुन्थ्यो। तर त्यो नभइसकेको स्थितिमा गर्ने के त?

संसदीय व्यवस्थामा संसदकै सर्वोच्चता हुने हो। जे गरेर भए पनि जसो गरेर भए पनि बहुमत आखिरमा नेकपाकै छ। नेकपाले चाहेको विधेयक पास हुन्छ। संविधानमा अपरिवर्तनीय भनेर लेखिएको चिज बाहेक सबै कुरा दुई तिहाई बहुमतबाट नेकपाले परिवर्तन गर्न सक्छ। यही हो विधि। यही हो प्रक्रिया। यही हो प्रजातन्त्र र लोकतान्त्रिक प्रक्रिया।

देश र जनताको अहित हुने कुनै कानुन ल्याउन लागेमा प्रतिपक्षले गर्ने खबरदारी नै हो। यस्तो यस्तो कारणले यो कानुन देश र जनताको अहितमा छ भनेर प्रतिपक्षी जानु पर्ने जनतामा हो। जनतालाई बुझाउनु पर्ने हो र अर्को चुनावमा सजाय दिन माग गर्ने हो।

प्रतिपक्षीको काम सरकारलाई खबरदारी गर्ने नै हो। सरकार त प्रभावकारी भएको छैन नै, प्रतिपक्षले पनि गतिलो काम गर्न नसकेको प्रष्टै भइसकेको छ। अब यही विषयमा कांग्रेसले के गर्ला त? सडक र सदनमा विरोध चर्काउने उद्घोष गरिएको छ। कार्यकर्ताको मात्र विरोध हुने हो कि जनता पनि उत्रने हुन्? हेर्न यही बाँकी हुने भो।

3 thoughts on “संसदीय व्यवस्थाको रमाइलो- कांग्रेसलाई कम्युनिस्टले सिकाउँदैछन् संसदीय सर्वोच्चता”

  1. Shankar says:
    January 26, 2019 at 10:27 pm

    शक्ति हात मा हुदा अधिनायक बन्ने , बिपक्षी ले चै प्रजातान्त्रिक अभ्यास को कुरा गर्ने , नैतिकता को कुरा गर्ने पुरानै नेपालि चलन जस्तै भयो |
    तर पनि आम नेपालि ले गम्भीर भएरै सोच्नु पर्छा पंचायत काल देखि हाल सम्म केयेउ नेपालि पी यम बने , तर किन भ्रास्ताचार ज्यु का त्यु, काम मा ढिला सुस्ती उस्तै , देश लुट्ने , धन थुपार्ने क्रम रोकिएन | के यी सब राजा हरु , पियम मध्ये कुनैले चाहेनन् बा गर्न सकेनन ?
    के सबै लोभीपापी भएर येसो भएको हो बा केहि तत्त्व छ , हिजो त् राजा लाइ तैले २५० बर्स देश लुतिस भन्न पाइन्थ्यो , आज त् त्यो अबस्था छैन , त् नेपाल किन जहीको त्यहि ? झन् तल तल किन ?

    Reply
  2. madan bajracharya says:
    January 26, 2019 at 7:32 am

    कांग्रेसीले २००७मा सिंहदरवार पस्नु अघि नेपालमा ३ बर्ष भित्र नया प्रजातान्त्रिक संबिधान बनाउने भनेको थियो/ तर संबिधान बनाउने नाम पनि लियन/ तेती बेला उनीहरुले संबिधान बनाउन चाहेको भय सजिलै बनाउन सक्थे किनभने रानाहरु त् गईनै सकेको थियो र त्रिभुवन त् उनीहरु र उनीहरुको प्रभु भारतको निमित खेलौनानै थिय/ तापनि संबिधान नै नबनाई कांग्रेसीले भारत सिट सन् १९५०को सम्झौता गर्नु नेपालको उतर सिमानामा भारतको सैनिक चौकी राख्न दिनु कोशी गण्डकी सम्झौता गर्नु जत्तिको अधिनायक बाद त् अरु केहि हुने सक्दैन/

    सायद कसैले पनि भुलेको छैन होला २०४५को आन्दोलन भारतलाई टनकपुर बाँध बनाउन नदियकोले गरेको नाकाबन्दीको सामना गर्दै गरेको बेला भयको थियो आन्दोलन पछि बनेको कांग्रेसीको सरकार प्रमुखले सदन बिपछ्य दलहरु मात्रै होईन आफ्नै दलाई समेत नसोधी भारतलाई नेपालको भूमिमा टनकपुर बाँध बनाउन दिने सम्झौता गर्ने सम्झौता गरेको थियो/ त् यो ओलीले गोबिन्द केसी सिट गरेको सम्झौता पालना नगर्नु भन्दा कम अधिनायकबाद कुरा हो?

    कांग्रेसको पटक पटकको शासन देखे भोगे अनुसार भन्ने हो भने कांग्रेसीले आरोप लाग्नेलाई पनि आरोप लगाउने नैतिक अधिकार गुमाईसकेको अनुभूति हुन्छ/ उसले देस र अरुलाई के गरे के नगरे भन्ने कुरा छादुं आफ्नै दलका लाइ पनि बाकि राखेको छैन/

    ई कुरा भनेर ओलीको नेतृत्वको सरकारले डाक्टर गोविन्द केसी आफु सिट गरियको सम्झौता पालना होस् भनेर अनशन बसिरहेकी बेला बहुमतको बलमा विधेक पास गरेको कुरा जायज छ भनेको होईन/ डाक्टर केसी झुक्ने बिक्ने खालको व्यक्ति होईन र सम्झौता गरेर धोखा दियाकोमा उसले अनशन नत्यागी प्राण दिन पनि सक्छ / यदि यसो भयो भने यो सरकार बहुमतकै चितामा सति जानु पर्ने पनि हुन् सक्छ/ ओलीले यो भुल्नु हुँदैन कि नागरिकले देउपाकोलाई बिगत सम्झेर बहुमत नदियको थियो भने ओलीलाई बिगत भुलेर बहुमत दियको थियो त्यो पनि मात्र उसले बोलेको भरमा/ ओलीले बहुमत पायर सत्ताको नेतृत्वमा त् पुगे तर उसले अहिले पनि मात्र बोलेकै छ त्यो पनि नुन तेल ग्यास आदि झिनो मसिनो कुरा/ कालापानी कब्जायाको सिमाना मिचेको बारम्बार नेपालको सिमाना भित्र समेत आयर भारतको सिमा सैनिकले मच्चायाको आतंकको बारेमा देउपाले भारतले नाकाबन्दी गर्दा पनि नाकाबन्दी गरे नभने जस्तै ओलीले पनि केहि बोलेकै छैन/ तेस्को हिसाव नागरिकले भोलि नगर्ला भनि ओलीले सोचेको हो भने भिर बात खस्ने गोरुलाई जे भनिन्छ तेही मात्रै भन्न सकिन्छ ओलीलाई पनि/

    Reply
  3. Buddhi Purja says:
    January 25, 2019 at 11:05 pm

    अब केका लागि आन्दोलन गर्ने ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme