Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अब झण्डा राखेर विज्ञापन बनाउन नपाइने, बनाए पाँच वर्ष कैद

Posted on January 22, 2019 by Salokya


तपाईँहरुले एउटा विज्ञापन याद गर्नुभएको होला, आऔँ सबै मिली देश बनाऔँ भन्दै झण्डा उचाल्दै गरेको। त्यो मात्र हैन, अरु धेरै विज्ञापनहरुमा नेपालको राष्ट्रिय झण्डाको प्रयोग गरिएको देख्न सकिन्छ। विज्ञापनहरु त यस्ता छन् कि देश बनाउने ठेक्का सिमेन्ट कम्पनीहरुले नै लिएका छन् जस्तो। तर अब यसरी झण्डा राखेर विज्ञापन बनाउनु गैरकानुनी हुने भएको छ। यसो गरे पाँच वर्षसम्म कैदमात्र हैन पाँच लाख रुपैयाँसम्म जरिवाना पनि हुने भएको छ।

यो कानुन अहिले लागू भइसकेको छैन। यस्तो व्यवस्थासहितको कानुन अहिले संसदमा रहेको छ। राष्ट्रिय सभामा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले पुस २४ गते विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक,२०७५ प्रस्तुत गरेका छन्। यो विधेयकको व्यवस्था जस्ताको तस्तै लागू भएमा झण्डा राखेर विज्ञापन बनाउनेले पाँच वर्षसम्म कैद सजाय भोग्नु पर्ने हुनसक्छ।

राष्ट्रिय झण्डा मात्र हैन राष्ट्रिय विभूतिको प्रयोग गरी पनि विज्ञापन बनाउन पाइने छैन।

विधेयकको दफा ५ को उपदफा १ र २ मा विज्ञापन गर्न नहुने विषयहरु प्रष्ट्याइएको छ। त्यसैमा पर्छ नेपालको राष्ट्रिय झण्डा, राष्ट्रिय  गान, नेपालको निशान छाप वा त्यसको कुनै वा सबै भाग वा राष्ट्रिय विभूतिको प्रयोग गरी वा त्यसको अवमूल्यन हुने गरी विज्ञापन गर्न नपाइने विषय।

गरेमा के सजाय हुन्छ त?

सरकार वादी हुने यस्तो मुद्दा जिल्ला अदालतले हेर्ने व्यवस्था विधेयकमा गरिएको छ।

भनेपछि विज्ञापन बनाउनेहरु अब सतर्क हुने बेला आयो। यसरी विज्ञापन गरे सीधै जेल-

1 thought on “अब झण्डा राखेर विज्ञापन बनाउन नपाइने, बनाए पाँच वर्ष कैद”

  1. madan bajracharya says:
    January 22, 2019 at 8:15 pm

    नागरिकको रास्त्रवाद र सरकारको रास्त्रवाद तुलना गर्न समेत सकिंदैन/ नेपालीको नेपाल हो भनेर फरफराउनु पर्ने हो, नेपालीले गौरव गर्न सक्ने हरायक स्थानमा फर्फराउनु पर्ने हो/ तर फ़र्फ़राउञ्छ कुर्सीमा बसे पछि नेपालको दछिंन सिमानाको जंगी पिलर समेत नदेख्नेको घर कम्पाउन र गाडीमा मात्रै/ नेपालको सिमाना छुटाउने हरायक जंगी पिलर रास्ट्रिय झण्डाको प्रतिकनै हो/ यो त् भारत र भारतीयले उठाउँदै फाल्दै गरेको कुरा देखेको नदेखे गरेर यसलाई “ठिक” मान्नेहरुको निमित नेपालको रास्ट्रिय झण्डालाई मात्र उनीहरुको व्यक्तित्वको सान देखाउने निजि बस्तु बनेकोछ/ तेसैले हो……

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme