Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ग्रिनकार्डका लागि डलर तिरेर बिहे गर्दा अमेरिकामा फन्दामा परे नेपाली युवक

Posted on January 20, 2019January 19, 2019 by Salokya


गएको जुन १ तारिख २०१८ मा एउटा म्यारिज वेबसाइटमा विज्ञापन छापियो- कोही ग्रिनकार्डको खोजीमा छ भने रकम तिर्नुस्, म बिहे गर्न तयार छु।

क्यालिफोर्निया बस्ने २७ वर्षीय एक नेपाली युवकले यो विज्ञापन देखे। केटीको नाम थियो मोरेना मुशेरो। इलभ श्रेष्ठले यो विज्ञापन देखेपछि जुन १३ तारिखमा इमेल गरे। उनीहरुबीच १३ हजार डलरमा कुरा मिल्यो। एकै पटक तिर्न नपर्ने, किस्ताबन्दीमा तिरे हुने।

कुरो मिलेपछि श्रेष्ठ नर्थ क्यारोलिनाबाट बेँगोर आए। जुन २४ तारिखमा दुई जना बीच बिहे भयो र भोलिपल्ट उनी नर्थ क्यारोलिनामा फर्किए।

यहाँसम्म सब कुरो ठीकै भइरहेको जस्तो भएको थियो।

कुरो त्यतिबेला बिग्रियो जतिबेला प्रहरीले गत साता श्रेष्ठलाई क्यालिफोर्नियाबाटै पक्राउ गरे।

उनीमाथि फर्जी बिहे गरेको फर्जी बिहेको षड्यन्त्र गरेको अभियोग लगाइयो। सन् २०१५ मा ६ महिनाको भिजिटर भिसामा अमेरिका आएका उनी जनवरी ११ मा संघीय अदालतमा उपस्थित भए र ५० हजार डलर धरौटी तिरेर हिरासतमुक्त भए। अब जनवरी २८ मा अर्को पेशी छ।

उनी फँस्ने काम भने त्यही उनकी नक्कली दुलही मोरेना मोशेरोले गरिन्। उनैले स्थानीय प्रहरीलाई आफूले फर्जी बिहे गरेको बताएकी थिइन्। उनी अझै जेलमा नै छिन्।

ग्रिनकार्डको लोभमा फर्जी बिहे गर्दा नेपाली युवकलाई आपत परेको छ। उनलाई लगाइएको आरोपमध्ये कुनै प्रमाणित भएमा पाँच वर्षसम्म जेल सजाय र २ लाख ५० हजार डलरसम्म जरिवाना हुनसक्छ। त्यतिमात्र हैन उनलाई नेपालमा डिपोर्ट पनि गर्न सकिने स्थानीय न्युजपोर्टल bangordailynews ले लेखेको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme