Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एउटा टोपी जसले पूरै नेपाली सेनालाई हायलकायल बनाइदियो

Posted on January 19, 2019 by Salokya


पूरै देशको सुरक्षाको जिम्मेवारी बोकेको नेपाली सेना जाबो एउटा टोपीका विषयमा प्रतिरक्षात्मक अवस्थामा पुगेको कल्पना पनि गर्न नसकिने विषय हो।

तर भयो त्यस्तै।

यो साता एउटा टोपीले प्रधानसेनापतिलाई हायलकायल नै बनायो। त्यही टोपीको विषयमा प्रतिरक्षात्मक ढंगले विज्ञप्ति जारी गर्न हिजो नेपाली सेना बाध्य भयो। शुक्रबार दिउँसो ४ बजेर ४० मिनेटमा ७९ नम्बरको प्रेस विज्ञप्ति जारी गर्दै नेपाली सेनाले प्रतिरक्षा गर्‍यो। खासमा भएको के थियो त?

यो प्रसंगको सुरुवात यो फोटोबाट भएको हो।

फोटोमा दिल्लीबाट फर्कँदै गरेका प्रधान सेनापति पूर्णचन्द्र थापालाई बलाधिकृत रथी हेमन्तराज कुंवरले स्वागत गर्दै गरेको देख्न सकिन्छ।

तपाईँहरुलाई थाहा छँदैछ नेपाली सेना र भारतीय सेनाबीच एक विशेष प्रकारको सम्बन्ध रहेको छ। त्यसैले भारतमा नयाँ प्रधानसेनापति हुने बित्तिकै र नेपालमा नयाँ प्रधानसेनापति हुने बित्तिकै अर्को देशमा गएर मानार्थ प्रधानसेनापतिको उपाधि राष्ट्रपतिबाट लिन्छन्। यतिबेला नेपालमा प्रधानसेनापति परिवर्तन भएको हो। त्यसैले पूर्णचन्द्र थापा भारतको स्थल सेनाको मानार्थ प्रधानसेनापतिको उपाधि लिन भारत गएका थिए।

त्यहीँबाट फर्कने क्रममा प्रधानसेनापतिले टोपी भारतमै छाडेर आएको भन्दै यो फोटोसहित समाचार दैनिक लगायतका केही अनलाइनले समाचार बनाए-

एकपछि अर्को अनलाइनले यो समाचार कपिपेस्ट गर्न थालेपछि सेनालाई टेन्सन भयो। अन्ततः प्रतिरक्षा गर्दै यस्तो विज्ञप्ति निकाल्यो-

नेपाली सेनाको ध्यानाकर्षण

१. मित्रराष्ट्र भारतको औपचारिक भ्रमण सम्पन्न गरी मिति २०७५ माघ ०२ गते स्वदेश फिर्ता हुने सिलसिलामा प्रधान सेनापतिको पोशाकलाई लिएर पूर्व जर्नेल तथा सैनिक विज्ञ एवं अर्को प्रसंगमा सैन्य मुख्यालय श्रोतको हवाला दिदैँ केहि अनलाईन समाचार माध्यम मार्फत गरिएको अनर्गल प्रचार र वास्तविकतालाई तोडमोड गरी प्रकाशित समाचार प्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ ।

२. भ्रमणको सिलसिलामा प्रधान सेनापतिबाट भारतीय सेनाका विभिन्न सैनिक क्याम्प तथा तालिम केन्द्रहरुको भ्रमण कार्यालय पोशाकमा भएको र भ्रमण समापन गरी स्वदेश फिर्ता हुने दिन पनि सेन्ट्रल कमाण्डको भ्रमण सम्पन्न गरी कार्यालय पोशाकमा नै स्वदेश फिर्ता हुनु भएको जानकारी गराउँदछौ ।

३. साथै, केही अनलाईन मिडियाले तर्क गरे बमोजिम टोपी (फरेज क्याप) भारतमा छुटेको भन्ने समाचारमा कुनै सत्यता नभएको तथा समाचारमा दाबी गरिए अनुसार प्रधान सेनापति लगायत सम्पूर्ण भ्रमण दलका सदस्य चुस्ता पोशाकमा नभई कार्यालय पोशाकमा स्वदेश फिर्ता हुनु भएको नेपाली सेना थप प्रष्ट पार्न चाहन्छ ।

४. सामान्यतया हवाई यात्राको दौरान सिभिल पोशाक लगाउने र आगमन पश्चात् सम्मान गारत कार्यक्रमको लागि सेरेमोनियल (ट्युनिक) पोशाकमा सम्मान गारत लिने विगतको प्रचलन अनुसार नै प्रधान सेनापतिले सम्मान गारत लिनु भएको समेत जानकारी गराउन चाहन्छौ । तसर्थ, यसरी वास्तविकता भन्दा भिन्न हुने गरी प्रकाशित भएका भ्रमपूर्ण एवं कसैको पूर्वाग्रहबाट प्रभावित अनर्गल समाचारबाट भ्रममा नपर्न नेपाली सेना सबैमा हार्दिक अपिल गर्दछ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme