Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

को हुन् पूजा लामा? #Nepaleaks का खोज पत्रकारले खोज्न नसकेकी युवती

Posted on January 17, 2019 by Salokya


नेपालको खोज पत्रकारिता केन्द्रले अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘दी इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस्’ (आईसीआईजे) सँगको सहकार्यमा अफसोर कारोबार गर्नेहरुको नाम हिजो साँझ सार्वजनिक गर्‍यो। खासमा यसमा अफसोर लिक्स डाटाबेसमा भएका नेपालीहरुको नामहरुबारे विस्तृत विवरण हुन्छ होला भन्ने अपेक्षा मैले गरेको थिएँ। अफसोर लिक्समा ७ लाख ८५ हजारभन्दा बढी अफसोर कम्पनीहरुको विवरण छ। यसलाई पनामा पेपर्स, अफसोर लिक्स, बहमान लिक्स र पाराडाइज पेपर्स नाममा समय समयमा सार्वजनिक गरिएको थियो।

तर यो डाटाबेसमा भएका नेपाली नामहरुको विवरण नेपालिक्समा भेटिएन। बरु यो डाटाबेसमा नभएका र यत्तिकै सर्च गर्दा पनि भेटिने विवरणहरुलाई ‘लिक्स’ नाममा सार्वजनिक गरिएको पनि देखियो। खोज पत्रकारिता केन्द्र जस्तो संस्था कसरी यसमा चुक्यो, थाहा भएन। यसबारे विवरण अर्को ब्लगमा लेख्दै गरौँला।

अहिले भने एउटा नामको बारेमा चर्चा गरौँ। २०७३ को वैशाख ३० गते मैले पहिलोपोस्टमा एउटा समाचार लेखेको थिएँ- एक्सक्लुसिभ : अफसोर कारोबार गर्ने थप नेपालीको खुलासा

हामीसँग अफसोर लिक्समा सार्वजनिक रुपमा खोज्न मिल्ने बाहेक अरु केही पनि कागजात र तथ्याङ्क थिएन। त्यसैले यसमा भएका नामहरुको पृष्ठभूमिहरुबारे थप खोज गर्न सकिएन। खोज पत्रकारिता केन्द्रले आइसिआइजेसित नै सहकार्य गरेको दावी गरेको थियो। त्यसैले त्यहाँबाट प्राप्त कागजातहरुलाई लिएर थप अनुसन्धान गर्ने अपेक्षा थियो।

दुई वर्षअघि अफसोर लिक्स खोज्दै गर्दा हामीले एउटा नाम भेटेका थियौँ- पूजा लामा।

उनी सन् २००३ को जुन १२ देखि हलाम ग्रुप लिमिटेडकी डाइरेक्टरको रुपमा देखिएकी छिन्। उनी डाइरेक्टर हुनुभन्दा अघि ब्रिटिस भर्जिन आइल्यान्डसमा दर्ता भएको यो कम्पनीका डाइरेक्टर भने सन् २००२ को फेब्रुअरी १ देखि माइकल डेभिड रिक्स थिए।

यतिसम्मको जानकारी त हामीले फेला पारेका थियौँ। कागजातहरु हेर्न पाएको भए पूजा लामाको ठेगाना र सम्पर्क नम्बर पनि हेर्न पाइने थियो होला। वा अन्य कुनै सम्पर्क सूत्र पनि पक्कै भेटिन्थ्यो होला।

तर खोज पत्रकारिता केन्द्रले यो नामबारे पत्तै पाएन जस्तो छ। को हुन् त पूजा लामा जो ट्याक्स हाभेन राष्ट्र ब्रिटिस भर्जिन आइल्यान्डमा दर्ता गरिएको कम्पनीकी डाइरेक्टर थिइन्? यो प्रश्न अब प्रश्नकै रुपमा मात्र रहने भयो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme