Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फोटो अफ दि डे : गृहमन्त्री बादलको दयाहाङ राईवाला ‘लुक्स’, टोपी लगाएर तातोपानी अनि पुत्त निस्केको पेट

Posted on November 14, 2018 by Salokya


१५ वर्षअघि म्याग्दीको सदरमुकाम बेनी चर्चामा थियो। अहिले फेरि बेनी चर्चामा छ। १५ वर्षअघि माओवादीले सयभन्दा बढीको ज्यान जाने गरेर गरेको आक्रमणले बेनीको चर्चा राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा भएको थियो। अहिले चाहिँ त्यतिबेलाका माओवादी नेताहरु तातोपानीमा डुबेका फोटोहरुले बेनी चर्चामा छ। द नर्थ फेस लेखेको टोपी लगाएर तातोपानीमा तत्कालीन माओवादीका सैन्य कमान्डर र हालका गृहमन्त्री बादल डुबेको फोटो हिट छ सोसल मिडियामा। बादलको अर्को फोटो पनि हिट छ। यो फोटोमा पुत्त निस्केको भुँडी छाम्दै गरेका बादल कलाकार दयाहाङ राई जस्तै पो देखिएका छन्।

उहिले र अहिलेको तुलना खासमा नगरे हुन्छ। द्वन्द्वका कुरा सम्झिराख्ने नै हैन। सम्झियो भने लहरो तान्दा पहरो झर्छ। कहाँ राज्यविरुद्ध लडेका माओवादीका प्रमुख नेताहरु। कहाँ राज्यकै गृहमन्त्री र सरकारमा रहेको पार्टीका अध्यक्ष। त्यतिबेला माओवादीले बेनीमा आक्रमण गरी झण्डै १२ घण्टा कब्जामा लिएका थिए। अहिले भने राज्यसत्ता पूरै हातमा हुँदा पनि बेनी नगरपालिकामा पर्ने तातोपानीमा मंगलबार जम्मा ३ घण्टामात्रै कब्जा गर्न सके। बिहान साढे नौ बजेदेखि ११ बजेसम्म र दिउँसो ३ देखि साढे ४ बजेसम्म यी भिआइपीहरु नुहाउने भएकोले अरुलाई त्यहाँ नुहाउन र जान दिइएको थिएन।

नेपाली सेनाको हेलिकप्टर चढेर गृहमन्त्री पत्नीमात्र हैन बहिनी ज्वाइँसहित आएका रहेछन्। त्यसैगरी प्रचण्डसित छोरी र पत्नी छन्। सोसल मिडियामा चर्चा चाहिँ फोटोकै छ। कुण्डमा नुहाउँदा अरुलाई जान दिइएको थिएन। भनेपछि भिआइपीकै आसेपासेले फोटो खिचेका हुन्। यस्तो बिजोगको फोटो खिच्न चाहिँ किन अनुमति दिँदा रहेछन् नेताहरुले?

दिवंगत भइसकेका सुशील कोइरालाकै उदाहरण हेरौँ। उनी प्रधानमन्त्री हुँदा कन्याएकोदेखि लुङ्गी लगाएकोसम्मका फोटो खिचेर उनकै आसेपासेहरुले फेसबुकमा हालेका थिए (बिर्सनुभएको भए पुरानो ब्लग हेर्न यता क्लिक गर्नुस्)


अहिलेको फोटो पनि कम छैन। गृहमन्त्री जस्तो मान्छे, यसो सचिवालयमा एक जना प्रोफेसनल फोटोग्राफर राख्नु, राम्रो फोटो खिच्ने। उसले खिचेका फोटोहरुलाई राम्रोसँग एडिट गरेर मिडियामा दिनु। आफ्नै छवि राम्रो हुने काममा चाहिँ खर्च गर्न किन कञ्जुस्याइँ गर्छन् होला कुन्नि। अनेक थरिका खर्च राज्यकोषबाट लिन्छन्, यस्तोमा पनि लिन त मिल्छ होला नि।

सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डको पारा पनि उस्तै हो। उनको आफ्नै साइटले यस्तो फोटो राखेको थियो-

प्रचण्डकी श्रीमती त बिचरी बिरामी छिन्। छोरा प्रकाशको मृत्यु भएदेखि उनको स्वास्थ्य अवस्था बिग्रेको थियो। पत्नीकै लागि प्रचण्ड तातोपानी आउनु ठीकै हो। तर यी गृहमन्त्री चाहिँ तीन तीन दिन किन बेनीमा बस्नुपरेको होला। अरु केही काम नभएर तातोपानी कुन्डमा भुँडी देखाएको, टोपी लगाएर डुबेको फोटो सार्वजनिक गर्नलाई त पक्कै हैन होला। उनी र उनको परिवारलाई कुनै रोग लागेको त थाहा छैन हामीलाई।

6 thoughts on “फोटो अफ दि डे : गृहमन्त्री बादलको दयाहाङ राईवाला ‘लुक्स’, टोपी लगाएर तातोपानी अनि पुत्त निस्केको पेट”

  1. Sandip says:
    November 16, 2018 at 8:26 am

    १७०० होइन १७०००

    Reply
  2. कालू सुनार says:
    November 14, 2018 at 9:02 pm

    उहिले मंगोलिया का जिमू लखापले यस्तो गरे भन्ने सुनिन्थ्यो आज हाम्रा जिमू लखाप नेता ले सखाप पारे

    Reply
  3. sanumaya says:
    November 14, 2018 at 3:02 pm

    साथीहरुले केही काम पाएनछन. देशमा अरु सबै समस्याहरु पनि सल्टिएछन
    क्यारे, तब पो नुहाएको फोटो भाइरल हुन थालेछ.

    Reply
  4. Kamal says:
    November 14, 2018 at 10:30 am

    यी १७०० नेपालीको ज्यानमारा हरु लाई तातो पानी हैन तातो तेल को कराई मा चोबल्नु पर्ने . कोहि नेपाली रहेनछ मर्द को सन्तान . तिनै ज्यानमारा हरु को नै पाउ चाटेका छन्. थुक्क .
    हाम्ले सजाय दिन नसके पनी यमराज ले चाही नछोडोस.

    Reply
  5. madan bajracharya says:
    November 14, 2018 at 7:48 am

    ई भिआईपि भनिनेको आचरण र जीवनी अनि उनीहरुको आमनागरिक प्रतिको अवधारणा र व्यवहारलाई लिने हो भनेइनिहरु उही नेपालको उहिलेको आफु ठुलो,जनता रैती र रास्ट्रको सम्पति आफ्नो बपौति ठान्ने “क” बर्गको राना शाहेवहरु को डुप्लिकेट हुन् भने केहि फरक पर्दैन/ उहिलेको ती भिआईपि र अहिलेको ई भिआईपिहरुमा फरक मात्र यतिनै छ कि इनिहरु “बक्सियोस खाईसियोस” मार्काकको भाखा बोल्दैन, अरु त् सबै उहिलेकाको भन्दा ……नै छन्/ त् के को मावोबादी हुनु अहिलेका ई आफुलाई उहिलेको “क”बर्गको रानाहरुकै जस्तो स्वभाव आचरण भयकाहरु?

    Reply
  6. Shankar says:
    November 14, 2018 at 3:12 am

    ग्रिह मन्त्रि साथ् मा लिएर जादा आफ्नो सुरक्ष्या मजबुत हुने भएकोले लिएर गएको हुन् सक्छ |
    कति गरिब सिक्ष्यक लाइ परिबार संगै टि बि हेरिरहेको साझ मा थुतेर मारे , कतिलाई काटे ,
    कतिलाई कांग्रेसी भएकै आधार मा गाउ बाट लखते | कहिँ कतै तेस्को हिसाव किताब त् होला नि |
    गाउका कति गरिबहरुलाई मिलिसिया बनाएर देश को तालिम प्राप्त सेना सग लडाए , दिन को ५०-६० जना मरेको रोज खबर आउथ्यो |
    बाबुराम अमेरिका छदा पनि पिडित हरु जसका आफन्त जान मारिएका थिए ले उनि जाता भासन दिन जान्थे , उतै प्रदर्शन गर्न पुग्थे | बाबुराम हत्यारा हो भन्ने नारा लगाउथे |
    भनेपछि मोर्ने हरु किरा , मोकोड़ा र भुसुना त् पक्कै थिएँन |
    जनतामा ओली सग मिलेर पालै पालो पी यम खानेगरी एकीकरण गरेको भन्ने प्रचार गरेपनि ओली ले त् देला जस्तो छैन | येस्बात त् के पुस्टि भयो भने सुरक्श्याको लागि एमाले घुस्रन पो गए |
    तेसैले किन बादल लाइ लिएर गए ? मजबुत सुरक्ष्या को लागि |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme