Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मुस्ताङमा भेटिएको गायिका अञ्जु पन्तको पोस्टर, गायिका देखाएर इसाई धर्मको पो प्रचार !

Posted on November 13, 2018 by Salokya


यसपालि मुस्ताङ घुम्न जाँदा ठाउँठाउँमा अञ्जु पन्तको पोस्टर भेटियो। मुक्तिनाथ मन्दिरबाट झोङ जाने बाटोमा रहेको सुनसान गाउँमा समेत पोस्टर टाँसिएको रहेछ। ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएँ तिमीलाई…’ गीतले चर्चाको शिखरमा पुगेकी गायिका हुन् अञ्जु पन्त। जम्मा साढे १३ हजार जनसंख्या भएको त्यसमाथि पनि धेरैजसो जाडो सुरु हुन थालेकोले मुस्ताङबाट अन्यत्र झरेकोले जिल्लाभरमा ५ हजारको हाराहारीमा जनसंख्या भएको मुस्ताङमा कन्सर्ट? अचम्म लागेर पोस्टर नियालेर हेरेँ। अझ प्रवेश निःशुल्क समेत लेखिएको रहेछ।

पोस्टरमा वरिष्ठ गायिका अञ्जु पन्त भन्दै फोटो राखिएको छ। साथमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम लेखिएको छ। आयोजकहरुको नाममा IFGF नेपाल र मुस्ताङ इसाई समुदाय लेखिएको रहेछ। IFGF भनेको International Full Gospel Fellowship को छोटो रुप हो। यसको उद्देश्य जति सक्दो धेरै देशमा जति सक्दो धेरै चर्चहरु बनाउने हो।

मुस्ताङमा पछिल्लो पटक जनगणना हुँदा १३ हजार ४५२ जनसंख्यामा सबभन्दा बढी बौद्ध धर्मावलम्बी (८ हजार+) त्यसपछि हिन्दु (५ हजार+) थिए भने क्रिश्चियनको संख्या १५२ थियो। मुस्ताङ इसाई समुदाय पनि यो कार्यक्रमको आयोजक रहेछ।

अतिथिका रुपमा राखिएको अर्को फोटो दानियल हानाफीको रहेछ। उनी इसाई धर्म प्रचारक हुन् र नेपालसँगै भारत, पाकिस्तान, अफ्रिका क्षेत्रको प्रत्यक्ष सुपरभाइज गर्छन्।

कार्यक्रममा ‘रोगी बिरामीहरुको निम्ति प्रार्थना गरिनेछ’ पनि लेखिएको छ। नेपालमा इसाई धर्म परिवर्तन गर्नेहरु मध्ये अधिकांश यस्तै प्रार्थना र रोग निको हुनेबाट प्रभावित भएका हुन्छन्।

पोस्टर हेर्दा थाहा भयो यो त अञ्जु पन्तलाई देखाएर इसाई धर्म प्रचारको एउटा कार्यक्रम पो रहेछ। त्यसो त उनले आफू इसाई धर्मावलम्बी भएको सार्वजनिक पनि गरिसकेकी छिन्। २०७१ सालमा ‘दुर्गा माताको आर्शिवादले, सोचे झै पुग्दै जाओस्’ बोलको गीतमा हिन्दु शब्द रहेको भन्दै गाउन नमानेको घटना सार्वजनिक भएपछि उनको निकै आलोचना भएको थियो। पछि उनले यस विषयमा माफी समेत मागेकी थिइन्।

6 thoughts on “मुस्ताङमा भेटिएको गायिका अञ्जु पन्तको पोस्टर, गायिका देखाएर इसाई धर्मको पो प्रचार !”

  1. Gagan pun says:
    November 17, 2018 at 9:02 am

    यस्ता खालका कार्यक्रम हरु आयोजना गर्नु पर्छ,,,त्यसैमा पनि नेपाल सम्बिस्धान ले पनि हरेको धार्मिक अनि धर्म गतिबिधि लाई स्वतन्त्रता दिएको छ मात्रै सोच बदलौ बिना मतलब तनाब मा न आउनु हुन अनुरोध गर्दछौ ,,,

    Reply
  2. डमर says:
    November 15, 2018 at 12:41 pm

    स्वेच्छा ले धर्म परिवर्तन सकरात्मक छ तर बिदेशी दलाल हरु ल्याएर प्रलोभन मा पारेर पैसा मा धर्म परिवर्तन गर्न गराउन बन्देज हुनुपर्छ संलगन बिदेशी हरु लाइ तुरुन्त देश निकाला गरिनु पर्छ अन्यथा भबिस्य मा बिकराल स्थिति आउला भन्न सकिदैन

    Reply
  3. Himal says:
    November 14, 2018 at 8:41 pm

    नेपाल को कानुन ले दियको धर्म निरिपचे र धार्मिक सोतान्त्रता सबै को लागि नैसर्गिक अधिकार हुन् यक ले अर्कालाई सम्मान गरौ

    Reply
  4. madan bajracharya says:
    November 13, 2018 at 11:31 pm

    संसारको सबै भन्दा पुरानो भन्ने हो बा पहिलो धर्म भनिन्छ/ यसको मान्यता अनुसार समस्त प्राणीहरु, यो धरती आकाश को श्रीस्तिकर्ता हिन्दु भगवाननै हो/ यति मात्रै होईन प्राणिहरुको सोच बिचार, बोलि र कार्य भगवानकै इछ्या अनुसार हुन्छ/ अनि इश्वर निराकार र निरन्जन हुन्छ, इश्वर कहिँ पनि कुनै पनि रुपमा प्रकट हुन् सक्छ/ भगवानको निमित कुनै भाषाको आवस्यक पनि हुँदैन र कुनै पनि भाषा बोल्ने बुझ्नेलाई उनीहरुले बोल्ने बुझ्ने किसिमले नै आफ्नो प्रकट सक्छ/कसैको रुप सोच र कार्य फरक हुनुमा हिन्दु धर्मकै मान्यता अनुसार पनि “इस्वर कै मर्जि हो” /

    हिन्दु धर्मको मान्यता अनुसार बुझ्ने हो भने पनि मुस्लिम र अल्लाह, क्रिस्चियन र जिजस पनि तिनै हिन्दु भगवानकै अर्को श्रिस्ति हो/ त् किन हिन्दुहरु मुस्लिम र अल्लाह, क्रिस्चियन र जिजस यति अनुदारवादी भैरहेछ? कतै सबैको अस्तित्वको सम्मान गर्नु पर्ने भनेर सिकाउने हिन्दु धर्मको अस्तित्व बचाउने भनेर “आफू मात्रै उच्च ठान्ने तुच्छ प्राणीले” मास्ने कोशिस त गरिरहेको छैनन्?

    नेपालमा हिन्दु धर्म परिबरण गरिनु को मूल कारण आफुलाई मात्रै उच्च अरुलाई तुच्छ ठान्ने बहिस्कार र बर्जित गरिनु नै हो/ यसमा हिन्दु धर्मको साँच्चैको अनुयाईहरु आज सतर्क हुनु अत्यन्त जरुरि देखियको छ/

    मेरो बिचार र बुझाईमा धर्म न अरुको हुन्छ नआफ्नो मात्रै/ माने सबैको नमाने कसैको पनि होईन/ भाषानै आज बुझ्ने मनाउने जान्ने कुराको माध्यम हो/ भाषा र सब्द फरक हुँदैमा वास्तविकता र अस्तित्वको आधार त् फरक हुँदैन/ मलाई पनि क्रिस्चियन बनाउन अनेकौं प्रयाश गरेका थिय,संसारको बास्तविक धर्म क्रिस्चियन र जिजस मात्रैलाई इश्वर मान्ने अरु सबैलाई …..मान्नेहरुले/ हरायक आईतवार मेरो अपार्तामेंत्मा उनीहरु आउथे र मलाई बाइबल पढाउने र उनीहरुको जिजस मात्रै गद भयको कुरा मनाउने प्रयाश गर्थे/ मैले उनीहरुलाई बारम्बार म बुद्धिस्ट भयकोले नाम फरक हुँदैमा धर्म र इस्वरमा फरक नमान्ने भयकोले क्रिस्चियन नै बन्नु पर्दैन भनेर टाल्दै आयको थिय/ त् यक दिन उनीहरुले म कहा उनीहरुको “पास्चर” लाई नै लियर आयो/ उसले पनि मलाई क्रिस्चियन र उनीहरुको गद मात्रै सहि भयको बुझाउन घन्टौं प्रयास गरे/ अन्तमा उसलाई मैले “क्रिस्चियनहरुलाई तिर्खा लाग्दा पिउने “….” र अरु धर्म मान्नेले तिर्खालाग्दा पिउने “….” उहिनै कुरा भय पनि नाम फरक हुनुको कारण के हो? भनेर सोधे/ उसले भाषा फरक भयकोले हो भने/ मैले उसलाई तिमीले गद भनेको र अरुले अल्लाह बा भगवान भनेको कारण पनि त् तेही नै हो त् तिमीले गद भनेकै मात्र सहि कसरि भयो भने पछि जवाफ पनि न दिई फर्के/ तेसपछी कुनै ले मलाई क्रिस्चियन बनाउन बाइबल पढाउँन प्रयास गरेन/

    Reply
  5. Gyan says:
    November 13, 2018 at 8:18 pm

    एस कारणले मैले अन्जु पन्तको गीत सुन्दैन र सुन्यो भने पनि इर्रिटेड लागेर आउछ / गीत सुन्यो भने तेही पहिलाको घटना सम्झिन्छु / जसमा अन्जुद्वारा हिन्दु धर्मालम्बीहरुलाई humiliate गरिएको छ / याद रहोस अन्जु पन्तलाई आजको स्थानमा ल्याई पुर्याउन सबै धर्मालम्बीहरुको खासगरी हिन्दु समुदायको नै साथ् र सद्भाव रहेको हो / न कि कुनै ईसाई वा कुनै चर्चको पास्टर ले मात्र गर्दा भएको होस् / गाएक सबैको हुनुपर्दछ र साबर्जनिक छबि भएको ब्यक्तिले सबैको मर्म र भावनालाई कदर र सम्मान गर्न जान्नु पर्दछ / नत्र यो संसारमा थरी थरीका गीत संगीतहरु छाय्प्छाप्ति छन् जसले भरपुर मनोरंजन प्रदान गर्दछन / तिम्रो त्यो Depressant गीत सुनीराख्नन कुनै जरुरी छैन /

    Reply
  6. Shankar says:
    November 13, 2018 at 6:44 am

    ”होचाकी जोइ सबैकी भाउजु ” भनेजस्तो | नेपालि गरिब , कम्जोर , लापर्बाह भन्ने था पाएपछि यहा को धर्म , संस्कृति जे मा पनि आक्रमण हुनु नौलो हैन | सित्तैमा येंजिवो ले पैसा दियो , धनि देश ले अनुदान दियो भनेर आखा चिम्लेर हात थापेपछि चुप लाग्नुनै पर्ने भएको त् होलानी |

    उसो त् धोतिलाउने देउता , जामा लाउने देउता , इसराइल मा जन्मेको देउता ,मक्का मदिनाको देउता सब मान्छेकै कल्पना हुन् | तर पनि मान्छे जहा जुन देउता मानेर बसेको छ , तेसैमा तेसैगरी बस्न दिए के बिग्रिन्थ्यो ?
    यो प्रचार प्रसार भोलि तनाब सिर्जना गर्ने कुनियत ले भएको छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme