Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पूर्वराजाको भाइटीकामा चार फरक दृश्य

Posted on November 10, 2018November 10, 2018 by Salokya


दरबार हत्याकान्डमा शान्ति र शारदाको हत्या भएपछि तत्कालीन राजा ज्ञानेन्द्रका दिदीबहिनीहरुमध्ये शोभा मात्रै जीवित छिन्। राजा महेन्द्रका जीवित सन्तान ज्ञानेन्द्र र शोभामात्रै हुन्। हरेक वर्ष पूर्वराजा ज्ञानेन्द्र टीका लगाउन बहिनीको कमलादीस्थित शोभागृह पुग्ने गर्छन्। अरुको भन्दा के फरक हुँदो रहेछ त शाह परिवारको भाइटीका? चार फरक दृश्य यस्तो छ-

१) साइत फरक
पञ्चाङ्ग निर्णायक समितिले बिहान ११ बजेर ५५ मिनेटको साइत शुभ रहेको बताएको थियो। यही समयमा प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मले टीका लगाए। तर पूर्वराजाका लागि अलग्गै शुभ साइत निकालिएको थियो। बिहान ९ बजेर ५१ मिनेट अर्थात् अरुको भन्दा दुई घण्टा अगाडि नै साइत अनुसार ज्ञानेन्द्रले टीका लगाए।


२) गाई र फूलको घेरा
पूर्वराजालाई बीचमा सोफामा राखेर चारैतिर घेरा बनाइएको हुँदो रहेछ। त्यो घेरामा गाई र फूलको आकृति बनाइएको हुन्छ।


३) जल परिक्रमाको यन्त्र
अरुले भए करुवाबाट पानी चुहाउँदै गर्ने जल परिक्रमा आफै निहुरेर गर्छन्, यहाँ भने एउटा गजबको यन्त्र हुँदो रहेछ। भ्याकुम क्लिनरको स्टाइलमा घुमाउन मिल्ने रहेछ।


४) मसला प्लास्टिकको प्याकेटमा हैन सुनको बाकसमा
भाइटीकाको एउटा विशेषता विभिन्न मसलाहरुसहितको पोका हो। कागज र प्लास्टिकको प्याकेटमा अरुले यस्ता मसला पाउँछन्, शाह परिवारले सुनको बाकसमा मसला पोका पाउने रहेछन्।

5 thoughts on “पूर्वराजाको भाइटीकामा चार फरक दृश्य”

  1. manoj says:
    November 15, 2018 at 1:33 pm

    गाई चै राप्रपा पाटी को होला

    Reply
  2. Sonam says:
    November 10, 2018 at 9:34 pm

    It’s really pathetic to see that you feel inferior to other humans just because you were born in other family than so called “shah”.
    Whether it is dog or lion it is again animal.
    And is it bad to progress in life? What’s wrong with earning more money and getting rid of “chappal”?
    And don’t get started about corruption and all. Royal family has far long list of corruption of 200 years than these leaders who are in power for not even few decades.
    You need to change your slavery mindset and believe that you are the king of your own life not some person who claims to be the king just because he was born in some family.

    Reply
  3. राजन says:
    November 10, 2018 at 12:00 pm

    ऊ बेलामा भन्ने चलन थियो, जनताले “शुभ घडी” मा टिका लगाउछन् र राजाले “दमन घडी” मा । राजा र रैतीमा फरक भई हाल्छ नि ।

    Reply
  4. आशिष जी says:
    November 10, 2018 at 7:56 am

    बाघ बूढो भए पनि बाघ नै हो। राजसी परम्परामा हुर्केको मान्छे सधैं त्यही परम्परामा जिउँछ। हिजो चप्पल ल्याउन न पाउने कावडीहरु आज महलमा बस्या छन्। कुकुर जाती नै उन्नत जातको किन न होस् त्यसले गु खान छोड्दैन र बाघ जाती बूढो भए पनि घाँस खाँदैन।

    Reply
    1. राजन says:
      November 11, 2018 at 2:44 am

      तपाईंलाइ त राजदरबारको सबै थाहा रहेछ ।
      पहीलेको त्यहाँको च्यामे त पर्नु भएन?
      नेताको रीस किन गर्नु । ज्ञाने-पारे ले चुनाव लडेर जितेर देखाओस् न ।

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme