Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कुलमानको अफिसमा बत्तीमै झण्डा फरर, फोटोले चित्त नबुझे भिडियो पनि छ

Posted on November 8, 2018November 8, 2018 by Salokya

यसपालि तिहारमा काठमाडौँ भरका अरु घर र अफिसहरुमा गरिएको झिलिमिली बत्तीलाई फिक्का बनाइदिएको छ कुलमान घिसिङको अफिसले। नेपाल विद्युत प्राधिकरणको रत्नपार्कस्थित मुख्य कार्यालयमा यस्तो गजबको लाइटिङ छ कि त्यो बाटो हिँड्नेहरु त्यहाँ नअडी बस्न सक्दैनन्। त्यो हेरेपछि फोटो नखिची मनै मान्दैन। कोही फोटो खिचिरहेका, कोही सेल्फी खिचिरहेका। मोटरसाइकल र गाडी चलाएर आएकाहरु समेत साइडमा राख्दै लक्ष्मीपूजाको दिन यो गजबको झिलिमिलीलाई आफ्नो मोबाइल र क्यामेरामा कैद गर्दै थिए। झिलिमिली बत्तीमा जब नेपालको राष्ट्रिय झण्डा फहराउन थाल्छ, तब त्यो हेरिरहेका दर्शकहरु चिच्याएर ताली बजाएको समेत देखियो। विद्युत प्राधिकरणको अफिसमा यसरी झिलिमिली पारिएको यो पहिलो पटक रहेछ। यसअघि बिजुली बाँड्ने अफिसमा यस्तो झिलिमिली हुँदैन थियो। उल्टो चार वर्षअघि त प्राधिकरणले तिहारको बेला पिक आवरमा झिलिमिली बत्ती बाले लाइन काटिदिने धम्कीसमेत दिएको थियो। परम्परामाथि नै प्रहार गर्ने खालको चेतावनीलाई कसैले टेरेन। तर लोडसेडिङ भने कायमै रह्यो।

कुलमानले विद्युत प्राधिकरणको नेतृत्व सम्हालेपछि तीन वर्षअघि अघोषित रुप काठमाडौँमा बत्ती जान छाड्यो। लक्ष्मीपूजाकै दिनदेखि यस्तो भएको थियो।

त्यतिबेला भएको विद्युतको म्यानेज राम्रोसित गरी लोडसेडिङ गर्न नपर्ने बनाइएको थियो भने अहिले उत्पादित बिजुली, भारतबाट आयातित बिजुली गरेर माग र आपूर्तिको सन्तुलन मिलाइएको मात्र छैन, विद्युत ढुक्कले खपत गर्नुस् समेत भन्नु परेको छ। विद्युत खपत गर्नुस् भन्ने सन्देश दिन नै कुलमानले यसरी आफ्नो अफिसमा गजबको झिलिमिली गर्न लगाएका हुन्। यो झिलिमिली गर्न भारतको कोलकाताबाट ६ जना प्राविधिकको टोली आएको छ। पाँच लाख रुपैयाँमा पाँच दिनका लागि भाडामा ल्याइएको रहेछ यो बत्ती।

यसमा राखिएको बत्ती एलइडी लाइट नै हो। तर कुन बत्ती कुन बेला कस्तो रङको बल्ने भनी प्रोग्रामिङसहितको चिप्स राखिएको हुन्छ। त्यसैका आधारमा बत्ती बल्ने र निभ्ने भएपछि बत्तीमै राष्ट्रिय झण्डादेखि विभिन्न सन्देशसहितको अक्षरसमेत देखाउन सम्भव भएको हो। छोटो समयमा तयारी गर्नुपरेकोले मात्र नत्र यो भन्दा अझ राम्रो गर्न सकिने यो झिलिमिली बाल्ने टिममा रहेका इन्जिनियर खेमराज भण्डारीले बताए।

हेर्नुस् भिडियो

यो पनि हेर्नुस्
कुलमानको अफिसमा बत्तीमै झण्डा फरर
तिहारमा पनि सिंहदरबारअगाडि अन्धकार

3 thoughts on “कुलमानको अफिसमा बत्तीमै झण्डा फरर, फोटोले चित्त नबुझे भिडियो पनि छ”

  1. cheeju shrestha says:
    November 8, 2018 at 9:34 am

    यो सबै पिक्सेल एलईडि PIXEL LED अनि कन्ट्रोलर ले गर्दा सम्भव भएको हो

    Reply
  2. Pingback: तिहारमा पनि सिंहदरबारअगाडि अन्धकार « Mysansar
  3. Pingback: तिहारमा सबैको झिलिमिलीलाई फ्लप पार्ने रत्‍नपार्कको यो ‘लाइटिङ’ « Mysansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme