Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तिहारमा पनि सिंहदरबारअगाडि अन्धकार

Posted on November 7, 2018November 9, 2018 by Salokya

आज लक्ष्मीपूजा र दीपावली। झिलिमिली बत्ती बालेका फोटोहरु सोसल मिडियादेखि अनलाइन मिडियासम्म पनि छाएका छन्। तपाईँलाई लाग्दो हो- पूरै काठमाडौँ यसरी नै सजिएको छ। जताततै झिलिमिली नै झिलिमिली छ। मलाई पनि त्यस्तै लाग्थ्यो। तर भद्रकाली मन्दिर नजिकैको शालिकबाट हेर्दा सिंहदरबार त अन्धकार रहेछ। भद्रकालीबाट सिंहदरबार देखिने त्यो बाटोमा एउटा पनि बत्ती बलेको छैन भनेर लाजगाल नपरोस् भनेर मात्रै हो कि, मात्र एउटा सोलार बत्ती बलेको छ।

यो ठाउँमा केही अगाडि सोलार बत्ती बाल्न थालिएको थियो। सोलारको प्यानल, ब्याट्री अनि बत्ती। बिजुली बत्तीको जस्तो उज्यालो नभए पनि ठीकै थियो। कुन चाहिँले ठेक्का पाएर बत्ती जडान गरेको होला। ठेक्का अवधि सकियो होला।

सोलारको बत्ती एक चोटी राखेपछि सधैँ यत्तिकै बल्ने हो र, त्यसको ब्याट्रीमा पानी हालिरहनुपर्‍यो, सोलार प्यानल पुछिरहनु पर्‍यो। त्यो गर्ने कसले?

त्यही भएर त होला दीपावलीको दिन पनि सिंहदरबार अगाडि त अन्धकारै। तर कसैलाई वास्ता छैन। सडक बत्ती नबले पनि के भो र। गाउँगाउँमा बत्ती पुगेकै छैन राजधानीमा त्यो पनि सिंहदरबार अगाडि बत्ती नबलेर के भो र !

सिंहदरबार नजिकैको टेलिकमको अफिस  भने झकिझकाउ छ।

सिंहदरबारअगाडिको बाटो यस्तो अँध्यारो छ कि, गाडीले हान्ला भन्ने डर हुन्छ।

यो पनि हेर्नुस्
कुलमानको अफिसमा बत्तीमै झण्डा फरर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme