Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रधानमन्त्री बिरामी परेपछि सरकारी मिडियालाई नियास्रो लागेछ, एक महिना पुरानो भाषणको समाचार दियो आज बल्ल

Posted on October 28, 2018October 28, 2018 by Salokya


प्रधानमन्त्री केपी शर्मा ओली विगत दुई दिनदेखि बिरामी भएर निवासमै आराम गरिरहेका छन्। आइतबार क्याबिनेट बैठकमा छोटो समय उपस्थित हुनुबाहेक उनी कुनै पनि सार्वजनिक कार्यक्रम, भेटघाट, बैठकमा सहभागी छैनन्। तर सरकारी समाचार एजेन्सी राससले आइतबार दिउँसो २ बजेर ३६ मिनेटमा “नेपालका लागि सबै मित्र हुन्, शत्रु छैनन् : प्रम” शीर्षकमा एउटा समाचार फाइल गर्‍यो। शायद् सबै मिडियाका न्युजरुम अचम्ममा परे होलान्- बिरामी भनिएका प्रधानमन्त्रीले कहाँ बोलेछन्?

समाचार पढ्दा थाहा भो, यो त एक महिनाअघिको समाचार पो रहेछ। प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन न्युयोर्क गएका बेला एसिया सोसाइटीले आयोजना गरेको अन्तर्क्रियामा सहभागी भएका थिए। मिति थियो २५ सेप्टेम्बर। आज २८ अक्टोबर। अर्थात् एक महिनाभन्दा बढी भइसक्यो यो कार्यक्रम।

प्रधानमन्त्रीको भाषणको समाचार लेख्न नपाएर सरकारी समाचार एजेन्सीलाई साह्रै छटपटी भएको जस्तो छ। त्यही नियास्रो हटाउनलाई होला एक महिनाभन्दा पुरानो कुरालाई समाचार बनाएछ त्यो पनि बाइलाइनसहित।

पत्रकारिताको विद्यार्थी हुँदा New कुरा News हुन्छ भनेर पढिएको थियो। राससले त Old कुरा पनि News हुन्छ भनेर देखाइदियो।

पत्रकारिताको यो नयाँ परिभाषाका लागि श्री राष्ट्रिय समाचार समितिलाई सबैले अभिनन्दन गर्नु वेश होला।

राससको यो समाचारको पूर्ण पाठ अन्नपूर्ण पोस्टले प्रकाशन गरेको छ। यहाँ क्लिक गरी पढ्न सक्नुहुन्छ।

1 thought on “प्रधानमन्त्री बिरामी परेपछि सरकारी मिडियालाई नियास्रो लागेछ, एक महिना पुरानो भाषणको समाचार दियो आज बल्ल”

  1. बासु says:
    October 29, 2018 at 6:04 pm

    कापाबुपाकोकची भने झैँ भएछ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme