Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

श्रीपेचमात्र हैन नारायणहिटीमा श्रीपेच लगाउने राजा पनि राखेर पर्यटक तान्ने योजना पनि छ कि?

Posted on October 16, 2018 by Salokya


प्रधानमन्त्री केपी शर्मा ओलीले संग्रहालय बनाइएको नारायणहिटी राजदरबारमा गएर सोमबार श्रीपेच प्रदर्शनको उद्घाटन गरे। विगतका केही वर्षहरुमा बिचरो श्रीपेचले निकै उतारचढाव भोग्नुपर्‍यो। गणतान्त्रिक आन्दोलनका क्रममा क्रुद्ध प्रदर्शनकारीहरु नारा लगाउँथे, ‘श्रीपेच हामी जलाउँछौँ, देश हामी चलाउँछौँ।’

आन्दोलनकारीले जिते। देश उनीहरुले चलाए। अनि फेरि हल्ला चल्यो, श्रीपेच त गायब छ। ज्ञानेन्द्रले लगेर बेचे कि के हो? ज्ञानेन्द्रले चाहिँ नारायणहिटीबाट आफ्नो अन्तिम सम्बोधनमा ‘शाहवंशको विरासतको रूपमा रहेको श्रीपेच र राजदण्ड चिरकालपर्यन्त सुरक्षित रूपमा राख्नेगरी संरक्षणका लागि आजकै मितिमा नेपाल सरकारको जिम्मामा रहनेगरी मैले हस्तान्तरण गरेको छु’ भनेका थिए।

श्रीपेचलाई सार्वजनिक प्रदर्शनमा राख्ने भनेको पनि वर्षौँ भयो। सुरक्षाको कारण देखाउँदै मिति सार्ने क्रम जारी रह्यो।

अन्ततः १० वर्षपछि सोमबार श्रीपेच, राजदण्ड र अन्य सामान प्रदर्शनीमा राखियो। त्यसको उद्घाटनका लागि स्वयं प्रधानमन्त्री केपी शर्मा ओली आए।

श्रीपेच उद्घाटनको तरिका पनि रमाइलै थियो। रातो कपडाले श्रीपेच राखिएको शिशाको बाकस छोपेर राखिएको थियो। अनि त्यसको अगाडि यस्सो एउटा रातो रिबन राखिएको थियो। प्रधानमन्त्रीले कैँचीको धार रिबनमा राखेर काट्न तयार भइसकेका थिए। तर उनी रोकिए। छेउमै उभिएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई सोधे, म्याम आउनु भो?

लौ, प्रम पत्नी राधिका शाक्य खै त? यत्रो श्रीपेच सार्वजनिक गर्ने कार्यक्रममा पत्नी नहुनु त भएन नि।

पर्यटन मन्त्री पछाडि हटे। प्रम पत्नीका लागि ठाउँ खाली गराइयो। पत्नीलाई छेउमा राखेर प्रधानमन्त्रीले कैँची चलाए। रिबन यता स्वात्त के काटिएको थियो, उता श्रीपेच छोपेर राखिएको शिशाको बाकसको रातो कपडा खस्यो। ज्ञानेन्द्रले राज्याभिषेकमा लगाएको श्रीपेच देखियो।

श्रीपेच त राखियो नारायणहिटीमा। पर्यटक पक्कै तानिएलान्। के थाहा, अब श्रीपेच लगाउने राजा पनि नारायणहिटीमा राखेर थप पर्यटक तान्ने योजना पनि पो छ कि !

2 thoughts on “श्रीपेचमात्र हैन नारायणहिटीमा श्रीपेच लगाउने राजा पनि राखेर पर्यटक तान्ने योजना पनि छ कि?”

  1. Vivek Dhakal says:
    October 16, 2018 at 8:36 am

    राम्रो लाग्यो पोस्ट |

    Reply
  2. Tara Lafa says:
    October 16, 2018 at 4:46 am

    Jatiy ekatmakta ma kaidi baneko sanghiyta

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme