Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजदेखि ब्लक भए पोर्नसाइट

Posted on September 27, 2018September 28, 2018 by Salokya


गएको शुक्रबार सूचना तथा सञ्चार मन्त्रालयले अश्लील तथा यौनजन्य सामाग्री बन्द गर्न निर्देशन दिए पनि आजदेखि बल्ल केही आइएसपीहरुले पोर्न साइटहरु बन्द गरेका छन्। केही आइएसपीहरुमा भने अझै पनि पोर्न साइट खुलेको छ। वर्ल्डलिङ्क, क्लासिटेक जस्ता आइएसपीहरुले त्यस्ता साइट ब्राउज गर्दा नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनमा साइट ब्लक गरिएको सूचना राखेका छन्। नियामक निकाय दूरसञ्चार प्राधिकरणले मंगलबार बल्ल सूचना निकाली यस्ता साइट बन्द गर्न निर्देशन दिएको थियो।

कुन कुन वेबसाइट ब्लक गरिएका हुन् भन्ने चाहिँ सार्वजनिक भएको छैन। न कति वटा वेबसाइट ब्लक भए भन्ने नै सार्वजनिक भएको छ। केही साइटहरु अझै पनि खुला नै छन्।

२०६९ सालमा भने प्राधिकरणको निर्देशनमा ब्लक गरिएका साइटहरुको सूची नै सार्वजनिक भएको थियो।

यस्तो थियो प्राधिकरणको सूचना

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सूचना

सरकारले यो विज्ञप्तिमा अपराध संहिता ऐन उल्लेख गरेको छ। यो ऐन पूर्ण रुपमा लागू हुने हो भने अश्लील किताब वा ब्लु फिल्म आफूसित राखे मात्र पनि एक वर्ष कैद हुनसक्छ।

यो कानुन अनुसार शारीरिक कामोत्तेजना बढाउने वा काम वासनामा आशक्त गराउने वा चरित्रहीन बनाउने कुनै अश्लील किताब, पर्चा, रेखाचित्र, तस्बिर, रेकर्ड वा अरु कुनै वस्तु बनाउन, मुद्रण गर्न वा प्रकाशित गर्न वा विद्युतीय सञ्चार माध्यमबाट प्रचार प्रसार गर्न हुँदैन।

ऐनको दफा १२१ को (घ)ले यस्तो सामग्री आफूसँग बोक्न पनि नहुने लेखेको छ। अर्थात् कसैले ब्लु फिल्म पेन ड्राइभमा राखेर बोकी हिँडेको छ भने पनि यो दफा आकर्षित हुने भो।

उपदफा २ अनुसार यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ।

4 thoughts on “आजदेखि ब्लक भए पोर्नसाइट”

  1. आशिष जी says:
    September 29, 2018 at 1:36 pm

    अरु भन्या त्यस्तै हो। त्यो वेबसाइट को लिस्ट को लागि सालोक्य जीलाई धेरै धेरै धन्यबाद। ?

    Reply
  2. Suraj Singh says:
    September 28, 2018 at 4:08 pm

    Ntc ra ncell ra kaile band garne khoi ? Then only success hunchha .

    Reply
  3. Suresh Gurung says:
    September 28, 2018 at 3:25 pm

    सबै भन्दा पपुलर। xvideos.com, pornhub.com, xnxx.com त खुल्लै छ, के बन्द गरेको भन्ने एस्लाई? बन्दनै गरे पनि – खाने मुखलाई जुँगाले छेक्दैन भने जस्तै…. VPN, TOR browser हरु प्रयोग गरेर हेर्नेले हेरिहालछन् केरे .

    Reply
  4. raw says:
    September 28, 2018 at 4:11 am

    लेखेर राख्नुस वा share गर्नुस
    गाँजा तान्नेले कैले झगडा गर्दैन र porn. हेर्ने ले कैले rape. गर्दैन /
    किनभने जसले मज्जा लिन जानेको छ उसले बिगार्ने सोच्ने सक्दैन .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme