Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

किन राताम्मे भयो आज काठमाडौँ र पाटन दरबार स्क्वायर?

Posted on September 27, 2018September 27, 2018 by Salokya

काठमाडौँको गद्दी बैठक दरबार र पाटन दरबार आज अघिपछिभन्दा फरक थियो। लाइट मिलाएर यी दरबार राताम्मे बनाइएको थियो। काठमाडौँ र पाटनमात्रै हैन विश्वका अन्य विभिन्न शहरमा पनि आज राताम्मे बनाइएको थियो। किन? कारण अलि गहकिलै रहेछ। 

टिबी अर्थात् क्षयरोग सम्बन्धी संयुक्त राष्ट्र संघको पहिलो उच्चस्तरीय बैठक (UNHLM) आज अर्थात् २६ सेप्टेम्बरमा बस्दै रहेछ। यस बैठकले सन् २०३० सम्ममा विश्वलाई क्षयरोगमुक्त बनाउने प्रतिबद्धतालाई मूर्तरूप दिनका लागि लाखौं मानिसहरूको ज्यान जोगाउन तथा क्षयरोगको रोकथाम गर्न छिटो तथा संयोजित कदम चाल्ने कार्यविधि निर्धारित गर्ने रहेछ।

क्षयरोगमाथि प्रकाश पार्नका लागि न्यूयोर्कमा हुने क्षयरोग सम्बन्धी संयुक्त राष्ट्र संघको उच्चस्तरीय बैठक (UNHLM) मा राष्ट्र प्रमुख तथा सरकार प्रमुख, क्षयरोग लागेर बाँचेका व्यक्ति, प्रभावित समुदाय, प्राविधिक साझेदार, अनुसन्धानकर्ता, निजी क्षेत्रका प्रतिनिधि र अन्य प्रमुख सरोकारवालाहरू उपस्थित हुँदैछन् । संयुक्त राष्ट्र संघको महासभामा क्षयरोगलाई सम्बोधन गरिएको यो पहिलो पटक रहेछ।

यो अभियान राष्ट्र प्रमुखद्वारा अनुमोदित एउटा राजनीतिक घोषणा बन्दै रहेछ। क्षयरोग विश्वमा मृत्युको नवौं मुख्य कारण हो र अहिले विश्वको प्रमुख प्राणघात संक्रामक रोगको रूपमा देखिंदैछ । क्षयरोगबाट सन् २०१७ मा मात्रै १६ लाख मानिसको मृत्यु भएको थियो भने आर्थिक र समाजिक रूपमा पनि गहिरो असर पारेको थियो।

विश्वलाई क्षयरोगमुक्त बनाउन वृहत् विश्वव्यापी अभियानको थालनीका लागि आयोजित यस ऐतिहासिक कार्यक्रममा विश्वका अन्य सहरहरूसँगै युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको नेपालका दुईवटा महत्त्वपूर्ण सम्पदा क्षेत्रलाई पनि रातो बत्तीले प्रकाशमय बनाइएको थियो। यसको आयोजना स्वास्थ्य मन्त्रालय र डब्लुएचओले गरेको रहेछ। हेरौँ केही फोटोहरु-



 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme