अहिले निर्मला बलात्कार तथा हत्याकाण्डले देशै तरङ्गित बनाएको छ। झण्डै दुई महिना बित्न लागिसक्दा भने हत्याराको अत्तोपत्तो लागेको छैन। प्रहरीले दोषी आरोप लगाई सार्वजनिक गरेका अभियुक्त डिएनए नमिलेपछि रिहा भइसकेका छन्। बलात्कार र त्यसपछि हत्याका घटना देशमा धेरै भए होलान्। तर यसरी सिङ्गो देशलाई नै तरङ्गित बनाउने गरी, शक्तिवानहरुले मिलेर निरीह शक्तिहीनहरुलाई पेलेर प्रमाणसमेत नष्ट गरी अपराध लुकाउने कामबाट हुने काण्ड थोरै छन्। ती मध्ये एउटा कुख्यात घटना हो पोखराको नमिता-सुनीता हत्याकाण्ड।
०३८ साल जेठ १८ गते काठमाडौं, लाजिम्पाटका दुई सम्पन्न परिवारका छोरी नमीता, सुनीतासँगै नीरासमेत पोखरा जान्छन्। पहिलो पटक घुम्न आएकी नमिता र सुनीता केही दिनसम्म मस्तले घुम्छन्। २४ गते बिहान सबेरै उनीहरु बेगनास ताल घुम्न जाने योजना बनाएर घरबाट हिँड्छन्। तर ती तीनजना केटीहरु फेरि कतै देखा नपर्ने गरी गायब हुन्छन्।
खोज्छन्, खोजिपाउन् पावर लगाउँछन्। तर अहँ।
पोखरामा नमीता, सुनीता हराएको कुरालाई लिएर सनसनी फैलँदै जान्छ। अनेक आशङ्काहरु उठाइन थाल्छन्। हराएको पाँच दिनपछि जेठ २९ गते नमिता-सुनीताका पिता माधवराज, उनकी श्रीमती र नीराकी आमा प्लेनबाट पोखरा पुग्छन्। एयरपोर्टमै कसैले एउटी केटीको लाश फेला परेको खबर सुनाउँछ। अस्पताल पुगेर हेर्दा त्यो लाश नमीताको थियो।
सेती नदी किनारमा टाउको पूर्व फर्किएको र शरीर उत्तानो परेको अवस्थामा थियो त्यो महिला देह। प्याजी रङ्गको पाइजामा (पञ्जाबी पोशाक) थियो उनको शरीरमा। कम्मरमाथि लगभग निर्वस्त्र थिइन् उनी। पानीले बगाएर होला, उनका स्तनहरु प्रष्टै देखिन्थे, जसले गर्दा त्यो लाश महिलाकै हो भन्ने ठम्मिएको थियो। ती महिलाले हाफ बाउला भएको कुर्ता लगाएकी थिइन्। उनको कपाल कालो र एक हातजति लामो थियो।
त्यसको ठ्याक्कै ९ दिनपछि, अर्की उस्तै निर्दोष चेली उस्तै–उस्तै शैलीमा नदी किनार बालुवामाथि चीर निद्रा सुतेको अवस्थामा फेला परिन्। सेती नदीको ५० गज उत्तर, पानीको बेग चल्मलाउने भन्दा अन्दाजी ४ हात बाहिर बगरमा मनोरम आकांक्षाहरुमा डुबुल्की मार्ने उमेरकी उनी ढलेकी थिइन् घोप्टो परेर। उनले कलेजी रङ्गको हाफ–बाहुले कुर्ता र तल्लो भागमा कालो बुट्टे अण्डरवेयर लगाएकी थिइन्। देबे्र हातको माझी औंलामा चादीको सानो पत्थरवाला औंठी, साईंली औंलामा सुनको औंठी र दाहिने हातमा सेतो धातुको नचिनिने बाला देखिन्थ्यो। उनी थिइन्, नमीताकै दिदी सुनीता।
यही हत्याकान्डको विषयमा प्रहरी अनुसन्धानका कागजात र पीडितको डायरीसमेत समेटेर केही वर्ष अघि बजारमा आएको थियो ‘दरबार कान्डपछि दबाइएको अर्को हत्याकान्ड’ पुस्तक। पुस्तक नपढेकाहरुका लागि माइसंसारमा यसबारे जानकारी राख्न पाए हुने जस्तो लागेर लेखक तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ (हाल प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष)सँग अनुमति लिई पुस्तक अंश पाँच वर्षअघि माइसंसारमा साभार गरिएको थियो। अहिले निर्मला काण्ड चर्चामा आएको बेला त्यतिबेला पढ्न नभ्याउनु हुनेहरुका लागि सान्दर्भिक लागेर यहाँ पुरानो ब्लगको लिङ्क राखेको छु।
पढ्नुस्-
दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड भाग १
दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड भाग २
दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड भाग ३
दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड भाग ४
दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड भाग ५
Rukumangadh Katwal in a recent interview (in connection with Nirmala) was praising Panchayat era police.
शाह कालमा दरबार लाई कानुन लाग्दैनथ्यो । नमिता सुनीता हत्याकाण्डमा प्रत्यक्षदर्शीले बयान दिन जांदा भोलि आउ भनेर पठाइयो । त्यसै रात ति बयान दिन जाने लाई बेपत्ता पारियो ।
बिरेन्द्र जस्तो फितलो राजाले त्यस्को सजाय त पायो तर हत्यारा ज्ञाने अझै खुलेआम घुमीरहेको छ ।
प्रजातन्त्र पछिको यो हत्याकाण्डमा चाहिँ दोषी पत्ता लाग्ला भन्ने आशा छ ।
नमिता सुनिता काण्ड लाइ पनि पुन छानबिन गर्न सकिन्छ | तर गर्दैन , किनभने नेताहरु आफै ग्यांगस्टार छ , सबै को राजनीति गुण्डा गर्दी , हत्या , बिदेसी खुफिया संग दलाली आदि को जग मा उभिएको छ | उदाहरण को लागि , प्रचण्ड आफै डन जस्तो , ओली ले हिजो चरी डन पालेको जगजाहेर छ, उनीसंग महेश बस्नेत आदि पनि छन् , तेस्तै दिपक मनगे , चक्रे मिलन , घैते , गणेश लामा र अरु कैयेउ डन हरु राजनीतिक सिर्स नेताको गहना हुन् |
अनि बलात्कार , सम्पूर्ण सरकारी अफिस , नगरपालिका , प्रदेश सबैतर भ्रास्ताचार , गैरकानुनी ठेक्का को खबर ले भरिएको पानाहरु , डर भय त्रास जनताले पाउने बोनस हुन् |
गणतन्त्र सडक मा ओर्लियेपानी , प्रजातन्त्र , लोकतन्त्र , कानुनीराज , समानुपातिक बिकास
बन्द कोठा भित्र बन्दि छ | मानु तेस्ले आजिबन काराबास को सजाय पाएको छ |
देश मा येउतै कुरा बजिरहेछ त्यो हो ओलीको, प्रचंदेको , सेरेको , बाबुराम को थोत्रो गाला |
नेपालि जनता तेही सुन र दिपिका पादुकोंन र एक दर्जन देशी हिरोइन को चाक् हेरेर बस |
कस्तो बिबसता ?
हुन् त् माकुने , प्रचण्ड हरु पनि सिनेमाको सोखि भनेर छापाले लेख्थे |
नेपालमा कानुन व्यक्तिको स्तर हेरेर मात्रै लागु हुन्छ/ समाजमा अपराध बढेको कारण उतिबेला पनि तेही थियो अहिले पनि तेही नै हो/ पदमा ठुला र जातमा ठुला भनिने तेस्ता अपराध त् कति गरे गरे तर उनीहरु माथि उहिले पनि सायदै मात्र कार्यवाही भयो होला त्यो पनि नाम मात्रको/
नेपालमा ब्यबस्था बदले पनि कुरा त् अहिले पनि अवस्था त् तेस्तै नै छ/जातपातको “पात” लाई पद बा पहुँच मान्ने मान्ने हो भने समाजले जातपात नमान्ने भय पनि कानुनले चाहि जातपात अझै मानेको देखाउछ/ यसले नेपालमा शासन ब्यबस्था बदले पनि शासन गर्नेको नियत प्रविती नबदलेको मात्र अनुहार र पहिरन बदलेको संकेत गर्छ/ कुरो यस्तो होईन भने कहिले न टुंगिने तारेख र कथित ठुलाहरुले अख्तियार मिचेको र अपराध भयको विवरण भयको फाइलहरु कहिले नपल्तिने गरि चाङ्ग लाग्नेनै थियन/
मैले किताब त पढेको छैन । त्यतिबेला म १६ बर्षको थिए र सम्झना भए अनुसार धिरेन्द्र, निर शाह र अरु दरबारीया हरु स॓गलग्न थिए ज्ञानेन्द्र चाहिँ नाईके थियो भन्ने हल्ला थियो त्यतिबेला ।
धिरे त दरबार हत्याकाण्डमा कुकुर सरह मारियो तर ज्ञाने अझै जिउदै छ ।