Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भाइरल फोटोको शिक्षा : इन्टरनेटमा देखिएका सबै कुरा सत्य हुँदैनन्

Posted on August 29, 2018August 29, 2018 by Salokya


यो हप्ता एउटा फोटो निकै भाइरल भयो। भर्खर सिमेन्ट गरिएको बाटोमा एक जनाले मोटरसाइकल चलाएर बाटो बिगारेको फोटोमा देखिन्थ्यो। फोटो हेरेर धेरैले ‘नेपाली’हरुलाई गाली गरे। नेपालीको प्रवृत्तिलाई गाली गरे। विभिन्न खाले प्रतिक्रिया देखिए। कसैले साइन बोर्ड किन नराखेको भनेर निहुँ खोजे। कसैले के भने कसैले के। खासमा यो फोटो नेपालकै हैन रहेछ। भियतनामका साइटमा समेत यो फोटो देखिन्छ। फोटोमा नेपाली देखिने कुनै चिह्न थिएन। पछि फोटोसप गरेर यो फोटोमा नेपाली ट्राफिक पनि राखियो। 


नेपाली ट्राफिक राखेर फोटोसप गरिएको फोटो।

ट्राफिक राखिएको र नराखिएको फोटो हेर्नुस्।

हरिवंश आचार्यको भेरिफाइड एकाउन्टसमेत झुक्कियो

यो फोटो भियतनामी फेसबुक पेजमा पनि देखियो।

यो फन्नी पिक राख्ने वेबसाइटमा पनि फोटो भेटियो।

स्रोत खोज्दै जाँदा यो भियतनाम साइटमा फोटो भेटियो। तर यसमा भने फोटो दायाँको बायाँ पारिएको छ।

रमाइलो भएपछि किन मान्छे पछि पर्नु, फर्कँदासमेतको भन्दै यस्तो फोटो पनि भेटियो।

अनि टाल्दै गरेको भन्दै यस्तो फोटो पनि आयो।

हुँदाहुँदा मोटरसाइकल छेउमा भएको फोटो पनि आयो

के हो यो फोटोको वास्तविकता?
यो फोटो दुई चार दिनअघिबाट इन्टरनेटमा भाइरल भएको देखिन्छ। भियतनामी साइटमा पनि सामाजिक सञ्जालमा भाइरल भएको फोटो भनेरै राखिएको छ। रेड्डिट लगायतका साइटमा पनि यो फोटोको स्रोत खुलेको छैन। नेपालको जस्तो देखिने यो फोटोमा कुनै संकेत छैन। नेपाली ट्राफिक फोटोसप गरी राखिएको खुलेको छ। भियतनाममा पनि भाइरल भएकोले यो फोटो भियतनामको हो कि भन्ने शंका भने गर्न सकिन्छ। तर अहिले त अरु देशका साइटमा पनि यो फोटो देखिन थालेको छ।

यसबाट पाइने शिक्षा के हो त?

4 thoughts on “भाइरल फोटोको शिक्षा : इन्टरनेटमा देखिएका सबै कुरा सत्य हुँदैनन्”

  1. मुकेश यादव says:
    August 29, 2018 at 8:15 pm

    अब टायर जलाऊं त्यो सडक भत्काओं / अझ तोड फोड करौं / हाम्रो बुद्ध जनमेको देश र सगरमाथा को देश लाइ ऋतिक रोसन ले हेला करेर त्यो सडक मा मोटर साइकिल चलाएर बिगारेको हो / मैले अघि भक्खर युट्युब र इन्टरनेट मा पढेको /

    इयु टियुब मा भएको खबर सबै साँचो हो

    अब हाम्रो सारभ भौम राष्ट्र लाइ विदेशी दलाल ले के भनेको ? खै मोटर मा आगो लगाओउं र देश बन्द करौ / अझ त्यो दलाल मोटर साइकिल निर्माता र डिलर को दोष हो / गएर मोटर साइकिल डिलर को सबै मोटर साइकिल जलाई दिऔ /

    हामी खुकुरी वाला वीर गोरखाली पो त् / हामीलाई हेपने ? सबै भन्दा ठुलो हिमाल हामी कहाँ छ / रिस ना उठाउ / पसल बन्द कराएर टायर बालि दिन्छु

    Reply
  2. RP says:
    August 29, 2018 at 3:38 pm

    रोडको फोटो साचिकैको हो कि त्यो पनि फोटोशप गर्न मिल्छ?

    Reply
  3. Santosh says:
    August 29, 2018 at 2:43 pm

    तेस्का बराजू, नराम्रो संग भनो त हौ !

    Reply
  4. TekRaj Timalsina says:
    August 29, 2018 at 11:17 am

    I do not think we have concrete road anywhere in Nepal. The photo looks like of a freshly cast concrete road.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme