Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बिम्स्टेक प्रभाव : दुई दिन स्कूल कलेज बन्द, तीन दिन जोर बिजोर

Posted on August 28, 2018August 29, 2018 by Salokya


काठमाडौँमा हुन लागेको बिम्स्टेक सम्मेलनका कारण उपत्यकाका स्कूलहरु दुई दिन बन्द हुने भएको छ। स्कूल बन्द गर्ने निर्णय मन्त्रीले गरेका हुन्। आजभोलि स्कूलहरु स्थानीय तह अन्तर्गत चल्ने भएकोले शिक्षामन्त्रीको निर्णय गृह मन्त्रालय हुँदै संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालय हुँदै स्कूल बन्द गर्न स्थानीय तहहरुलाई निर्देशन गएको हो। स्कूल बन्द गरेपछि स्कूलका सवारी साधनहरु नचलाउन यो उपाय अपनाइएको हो। सम्मेलनका क्रममा समय समयमा बाटो पूरै बन्द गरेर सवारी चलाउनु पर्ने भएकोले व्यवस्थापन मिलाउन नसकेर सजिलो बाटो खोजिएको हो। दुई दिन स्कूल बन्द मात्रै हैन तीन दिन सार्वजनिक सवारी साधन नपाएर र निजी पनि चलाउन नपाएर पाहुनाहरुको लागि केही दुःख सहनु पर्ने भएको छ।

बुधबारदेखि शुक्रबारसम्म तीन दिन सबै निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुँदैछ। यस अन्तर्गत बिजोर नम्बर प्लेट भएका सवारी साधनहरुलाई फाइदा हुने भएको छ। उनीहरुले बुधबार र शुक्रबार दुई दिन सवारी साधन चलाउन पाउने छन्। जोर नम्बर भएकाहरुले भने बिहीबार एक दिन चलाउन पाउने छन् भने बुधबार र शुक्रबार चलाउन पाउने छैनन्। यो मोटरसाइकलमा समेत लागू हुनेछ। चलाएमा दिनभर सवारी साधन नियन्त्रणमा राखेर ५ सय रुपैयाँ जरिवानासमेत तिराउने छन्।

-नम्बर प्लेटको अन्तिम अंकको अधारमा जोर बिजोर लागु हुने ।
-१३ र १५ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (१,३,५,७,९) भएका सवारी साधनहरू संचालन हुने ।
-१४ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (०,२,४,६,८) भएका सवारी साधनहरू संचालन हुने ।

निम्न अवस्थाहरुमा जोर बिजोर प्रणाली लागू हुने छैन
-बिमस्टेक कार्यक्रममा जाने निमन्त्रणा भएका सवारी साधनहरुलाई -गृह तथा परराष्ट्र र बिमस्टेकमा खटिएका कर्मचारीहरुलाई – सांसदहरुको सवारी साधनहरु (परिचय पत्र हेरेर) – अत्यावश्यक सेवा, अति आवश्यक कार्य (बिरामी, विद्यार्थीको परीक्षा, एयरपोर्ट टिकेट भएका) हरुलाई -कुटनीतिक नियोगका सवारी साधनहरु -सूचना विभागबाट प्रेस पास लिएका पत्रकारहरूलाई -बिहान ६ बजेअघि र बेलुकी १० बजेपछि सम्पूर्ण सवारी साधनहरू

त्यस्तै एयरपोर्टमा पनि कडिकडाउ भएको छ। यस्तो छ सूचना

2 thoughts on “बिम्स्टेक प्रभाव : दुई दिन स्कूल कलेज बन्द, तीन दिन जोर बिजोर”

  1. Bimala says:
    September 2, 2018 at 5:47 am

    पढे लेखेका ले देश चलाएको भएपो पढाई को महत्व थाहा हुन्छ , अनपढ गवार खाते हरु ले देश चलाए पछि अरु के नै आशा गर्न सकिन्छ र, हरे मेरो देश

    Reply
  2. Karbir says:
    August 29, 2018 at 9:56 am

    संसारका कुनै पनि देशमा कोही आउदा पनि, जाँदा पनि, जन्मिदा पनि र मर्दा पनि कहिलै बिदा हुँदैन | यो नेपालमा मात्र किन हो जो आउँदा पनि बिदा हुने?????? त्यसमाथि पनि दक्षिण तिर बाट हग्ने -पाध्ने, तित्रा खेल्ने, गेरु लाउने, ठाडा-टिका घस्ने, दारी-पाल्ने जो पनि आउने अनि जो आउदा पनि बिदा हुने | कस्तो चलन ??? संबिधानमा केही लेख्न मिल्दैन यसको बारेमा?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme