पञ्चायत कालमा गाइजात्राको रौनक बेग्लै थियो। अरु बेला बोल्न र लेख्न पाइन्नथियो। गाइजात्राको एक दिन भने अभिव्यक्ति स्वतन्त्रता थियो। त्यसैले गाइजात्राको दिन रङ्गीचङ्गी मसीमा छापेर पत्रिकाहरुले गाइजात्रा विशेषाङ्क निकाल्थे। ती विशेषाङ्कका चोटिला व्यङ्ग्य पढ्न कम्ता रमाइलो हुँदैन थियो। पञ्चायतको पतनसँगै वर्षदिन भरी नै गाइजात्रा जस्तो हुन थाल्यो। अनि गाइजात्रे विशेषाङ्कको महत्त्व पनि हराउँदै गयो। बहुदल आइसक्दा पनि केही पछिसम्म भाँडभैलो नामको विशेषाङ्क निस्किन्थ्यो। त्यो पनि बन्द भएपछि फिल्म म्यागेजिन ‘कामना’ले मात्र एकलौटी रुपमा पत्रिकाको गाइजात्रे विशेषाङ्कको परम्परा धानिरहेको छ। यस पटक १५० रुपैयाँ मूल्य तोकिएको विशेषाङ्क हेर्दा यसको पनि मिति पुगिसके झैँ लाग्यो। एउटै कार्टुन दोहोर्याएको मात्र हैन चार चार ठाउँमा छापेर पाठक ठगिएको छ। कार्टुनहरु पनि नहेरे छुट्ने जस्ता वा अहा भनेर मनै छुने खालका केही पनि देखिएनन्। व्यङ्ग्य लेखहरु पनि खासै चोटिला देखिएनन्। बुझ्दै नबुझी बनाएका कार्टुन र दोहोराइ तेहराई राखिएका कयौँ कार्टुनहरुले पाठकलाई हेपेको स्पष्ट हुन्छ। अरु पत्रिकाहरुले गाइजात्रा विशेषाङ्क निकाल्न छाडेकोले एकाधिकार पाएँ भन्दैमा त्यसरी भाउ बढाउन अनि क्वालिटीमा बेवास्ता गर्न त नहुने हो। हेरौँ केही कार्टुन।
विषय नबुझी कार्टुन बनाए यस्तो बिजोग हुन्छ। सेयर लगानीकर्ताले ट्याक्स छल्ने कुरा सम्भवै छैन। ब्रोकरहरुले चाहिँ भ्याट नतिरेको विवाद थियो। नोक्सानमा सेयर बेच्दा पनि लाभकर तिर्नुपर्नेगरी सरकारको निर्देशन आएपछि लगानीकर्ता आन्दोलनमा उत्रिएका थिए। पछि सरकार यसमा पछि हट्न बाध्य भयो। यो कार्टुन एक हैन दुई हैन एउटै पत्रिकाको चार ठाउँमा छापिएको छ।
एउटै कार्टुन पनि कतै एक कोलममा कतै दुई कोलममा छापेर पाठक ठगिएको छ
करलाई पनि व्यङ्ग्य गरिएको छ। शौचालयमा पनि कर तिर्नुपर्ने स्थिति अब आउन सक्छ।
रेल र पानीजहाजबारे धेरै कार्टुन बनेका छन्।
कीर्तिकिशोर जोशीका कार्टुनहरु चाहिँ पहिल्यै समाचारपत्रमा प्रकाशित भइसकेका राखिएका छन्।
प्रहरीलाई पनि व्यङ्ग्य चर्को छ।
गोरेसमेत कार्टुनमा छाएका छन्।
काठमाडौँका निकम्मा मेयरलाई व्यङ्ग्य गर्न भने बेकार ठानेर हो कि धेरै छैन
शक्तिबाट हटेसँगै बाबुराम भट्टराईप्रति व्यङ्ग्य कम भएको छ।
यो अंकमा अश्लील कार्टुन हराएको छ। अघिल्ला अंकहरुमा हेर्नै अप्ठेरो लाग्ने खालका अश्लील कार्टुन हुन्थे। यसपालि त्यस्ता कार्टुन कोर्ने डिकेडका कार्टुन अटाएका छैनन्।
र अन्त्यमा व्यङ्ग्यहरु मध्ये यो एउटा रचना चाहिँ रमाइलो लाग्यो-
यो “सिटि बियर ” भनेको अस्लिल होइन र ?