Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मोबाइल बैँकिङको झण्झटिलो प्रक्रिया : १६ हजार रुपैयाँ तिर्न दुई दिन

Posted on August 23, 2018August 23, 2018 by Salokya


के मोबाइल बैँकिङ सहजताका लागि हो? नेपालको सन्दर्भमा नहुन सक्छ। आफ्नै अनुभव सुनाउँछु। एक जनालाई १६ हजार ४५६ रुपैयाँ दिनुपर्ने थियो। मोबाइलबाट सजिलो होला नि भन्ने लाग्यो। हातमा मोबाइल छ, मोबाइल बैँकिङको लागि बैँकलाई वार्षिक शुल्क भुक्तान गरिएको छ। किन यसैबाट नगर्ने?

तर यति रुपैयाँ भुक्तान गर्न दुई दिन लाग्यो र कति पटक झण्झटिलो प्रक्रिया अपनाउनु पर्‍यो, त्यसको विवरण सुनाउँछु।

सबैभन्दा पहिला पैसा दिनुपर्नेको खाता नम्बर टाइप गरेर १६ हजार ४५६ रुपैयाँ लेखियो। तुरुन्तै मेसेज आयो। एक पटकमा ५ हजार रुपैयाँमात्र ट्रान्सफर गर्न सकिन्छ।

त्यसपछि ५/५ हजार गर्दै फेरि फेरि खाता नम्बर र पासवर्ड राख्दै ट्रान्सफर गर्नुपर्ने भयो।

तीन पटक गरी १५ हजार रुपैयाँ ट्रान्सफर गरेपछि लिमिट पार भयो, अब मिल्दैन भनेर मेसेज आयो। दिनमा १५ हजार रुपैयाँभन्दा बढी ट्रान्सफर गर्न मोबाइल बैँकिङबाट नमिल्ने पो रहेछ।

पैसा लिनुपर्ने व्यक्तिले भने १ हजार ४५६ रुपैयाँ तिर्न बिर्सेको हो कि भनेर मेसेज गर्‍यो।

भोलिपल्ट फेरि थप पैसा पठाएपछि बल्ल झण्झट सकियो। जम्मा १६ हजार रुपैयाँ भुक्तानी गर्न दुई दिन र यति झण्झट बेहोर्नुपर्‍यो। त्योभन्दा त एटिएम गएर पैसा निकालेर नगदै भुक्तानी गरेको भए सहज हुन्थ्यो होला। सहजताका लागि हुनुपर्ने मोबाइल बैँकिङमा यस्तो झण्झट बेहोर्नुपर्ने नियम लगाउन नेपाल राष्ट्र बैँकलाई कसले प्रेरित गरेको होला, अचम्म छ।

यस्तो छ राष्ट्र बैँकको असार ३१ गतेको निर्देशन

9 thoughts on “मोबाइल बैँकिङको झण्झटिलो प्रक्रिया : १६ हजार रुपैयाँ तिर्न दुई दिन”

  1. Basanta Kumar Dhakal says:
    September 2, 2018 at 11:21 am

    नेपालका बैंकहरुले विकसित अन्तर्रा्ष्ट्रिय बैंकिङ प्रणालीमा प्रयोग भएको मोबाइल बैंकिङ एप्लिकेसन त प्रयोगमा ल्याएका छन् । अनि, मोबाइलबाट नै बैँकमा खाता खोल्ने, पैसा जम्मा गर्ने लगायतका कार्यहरु गर्न मिल्ने हुँदा बैँकहरुको प्रत्यक्ष पहुँच नपुगेका स्थानका मानिसहरु समेत बैँकिङ सेवाबाट वञ्चित हुनु नपर्ने हो ।

    साथै, खल्ती , इसेवा जस्ता डिजीटल वालेट हरु पनि सकृय छन् ।

    तर, यथार्थमा भन्नुपर्दा NRB को यो नयाँ नियमले मोबाईल बैंकिङ र वालेटहरु प्रयोग गर्नै अल्छिलाग्दो र झन्झटिलो बनाइदिएको छ ।

    ठुलो रकम कारोबार गर्न नगदपैसा नै चाहिने भएपछि यो सरकारको क्यासलेस नेपालको सपना कसरी पूरा होला ?

    Reply
  2. Sagar Ghimire says:
    August 30, 2018 at 5:11 pm

    मोबाईल बैंकिङ र वालेटलाई निकम्मा नै तुल्याईदिएको छ नेपाल राष्ट्र बैंकको अहिलेको यो नियम ले ।

    त्यसैले, मोबाईल बैंकिङ हैन, इन्टरनेट बैंकिङ प्रयोग गर्नुस् । दिनमा एक लाख र महिनामा पाँच लाख सम्म कारोबार गर्न मिल्छ । झन्झटै साफ

    थप जानकारी ‘खल्ती’को यो ब्लगले पनि लेखेको छ ।

    https://blog.khalti.com/fintech-trends/nrb-digital-transactions/

    Reply
  3. Sharan Awal says:
    August 29, 2018 at 4:49 pm

    राष्ट्र बैंकलाइ आफ्नो आइ टि को सेकुरिटी सिस्टम प्रति बिस्वास नभएर यस्तो लिमितेशन राख्या हो .

    Reply
  4. Suresh Gurung says:
    August 24, 2018 at 2:29 pm

    Height of incompetency.

    Reply
  5. Deepak says:
    August 24, 2018 at 12:14 pm

    मैले नि मोबिले बन्किंग गर्ने गरेको थिए. अहिले त गर्दैन. जम्मा १५००० तिर्न ३ पटक गर्नु पर्ने. हावा नियेम!

    Reply
  6. khoi says:
    August 24, 2018 at 6:07 am

    खोइ के खोइ के?

    Reply
  7. Dipesh says:
    August 23, 2018 at 11:44 pm

    अध्यन नै नगरी नियम बनाएको भएर .

    Reply
  8. Anish says:
    August 23, 2018 at 11:39 pm

    एकै चोटी धेरै पैसा पठाउन नदिएको त ठिकै हो , तर पहिले पठाइसकेको account लाई save गर्न मिल्न पर्ने हो

    Reply
  9. Denis says:
    August 23, 2018 at 4:20 pm

    सुरक्षा कारणले पो हो कि?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme