Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रचन्डलाई नि फ्रेन्डसिप डे लागेछ बाब्बै, भाषणमै साथी बनाएको घोषणा गर्दिए

Posted on August 5, 2018 by Salokya


ग्रिटिङ्ग्स कार्ड बेच्नेहरुले सुरु गरेको धन्दा थियो यो फ्रेन्डसिप डे। आजकाल ग्रिटिङ्ग्स कार्डको त्यति चलन छैन। तर सोसल मिडियाको यो जमानामा फ्रेन्डसिप डे गज्जपैले चलेको छ। नेपालीहरुले पनि बाहिरबाटै यो फ्रेन्डसिप डे बारे जानेका हुन्। कतिलाई त फ्रेन्डसिप डे कहिले मनाइन्छसमेत थाहा छैन। हुन पनि कन्फ्युजै छ मनाउने कहिले भनेर। संयुक्त राष्ट्र संघको महासभाले जुलाई ३० तारिखका दिन फ्रेन्डसिप डे मनाउने प्रस्ताव पारित गरेको थियो (यहाँ क्लिक गरी हेर्नुस् प्रस्ताव वर्ड फाइलमा) तर हामीकहाँ मनाउने फ्रेन्डसिप डे चाहिँ भारत लगायतका देशमा मनाइने खालको हो- अगस्त महिनाको पहिलो आइतबार। सोसल मिडियातिर केहीले लेख्थे योबारे। यसपालि त नेकपा अध्यक्ष प्रचण्डले नै फ्रेन्डसिप डेको प्रचार गरिदिए। उनले आज भाषणमै फ्रेन्डसिप डेको दिन साथी बनाएको घोषणा गरिदिए। कसलाई बनाए त साथी?

आज उनी वीरगंज नजिकैको विश्रामपुर गाउँपालिकामा गएका थिए। त्यहाँ अायाेजित जनसभामा सम्बोधन गर्ने क्रममा भावुक भएर उनले गाउँपालिकाका अध्यक्ष अमिरीलाल पालसित मित्रता गाँसेको घोषणा गरिदिए। अझ उनीमार्फत् गाउँवासी सबैसँग मित्रता गाँसेको रे।

भो त अब, दुई तिहाईवाला पार्टीले देशैभरका जनतासित हो मित्रता गाँस्ने। फलानासित मित्रता गाँसेको भनेपछि अरुसित चाहिँ के शत्रुता हो त? पक्कै हैन। सबै हुन् नि मित्र त। भाषणमा अलि बढी नै भावुक भएपछि त्यस्तै हो। कसो नेपालमा मित लाउने दिवस छैन। नभए वर्षमा दुई चार जनासित मित लाउँथे होला भाषण गर्दै उनले।

पार्टीगत रुपमा अमिरीलाल नेपाल लोकतान्त्रिक फोरमबाट विजयी भएका हुन्। विजय गच्छदार नेतृत्वको यो पार्टी कांग्रेसका विलय भइसक्यो। भनेपछि प्रचण्डले कांग्रेसी नेतासँग पो मित्रता घोषणा गरेका रहेछन्। सकारात्मक नै हो प्रमुख प्रतिपक्षीसँग मित्रता गाँस्नु। फेरि यसो गर्दा नेकपाभित्रका नेताहरु झसङ्ग होलान् नि फेरि।

यस्तो थियो उनको भाषण-

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme