Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पारससँगै एकपछि अर्को गर्दै गर्ल्यामगुर्लुम विकेट ढलेपछि नेपाल पहिलो ओडिआईमा पराजित

Posted on August 1, 2018 by Salokya

आज नेपाली खेलप्रेमीहरुका लागि एक ऐतिहासिक दिन थियो- नेपालले पहिलो पटक वन डे इन्टरन्यासनल (ओडिआई) क्रिकेट खेल्दै थियो। तर यो खेल केही खेलाडीहरुका लागि स्मरणीय भने रहन सकेन। डेब्यु गरिरहेका खेलाडीहरु शून्य रनमै आउट हुँदा कसलाई चित्त बुझ्दो हो र। तर नेपाली इनिङ्ग्सको स्कोरकार्ड हेर्दा चार जना खेलाडीको सँगै ० रन देखिन्छ। धन्न सन्दीप लामिछानेले भने १ रन बनाएर आधा खेलाडी ० मा आउट भएको देखिनबाट जोगाए। टस हारेर बलिङको निम्तो पाएको नेपालले बलिङ त राम्रै गरेको हो नेदरल्यान्डसलाई २०० रन बनाउन नदिई समेटेर। तर ब्याटिङ चल्न नसकेर कप्तान पारस खड्कासँगै एकपछि अर्को गर्दै गर्ल्यामगुर्लुम विकेट ढलेपछि नेपाल ५५ रनले पराजित भयो।

पारस खड्काले चार विकेट र सोमपाल कामीले तीन विकेट लिएर नेदरल्यान्डसलाई ४७.४ ओभरमै १८९ रनमा अल आउट गरिदिएका थिए। नेपालले ब्याटिङ सुरु गर्दा पनि प्रभावशाली रुपमा नै गरेको थियो। नेपालले ८५ रन बनाउँदासम्म एक विकेटमात्र गुमेको थियो। ३२ ओभरमा १०५ रन बनाए खेल जित्थ्यो नेपालले। अनि नेपालसित बाँकी थियो ९ विकेट।

तर खेल पारस खड्का १८.२ ओभरमा आउट भएपछि बिग्रियो। पारस आउट भएपछिको पाँचौँ बलमा ज्ञानेन्द्र पनि बाटो लागे। स्कोर भयो ८७/३। ज्ञानेन्द्र आउट भएपछिको तेस्रो बलमा आरिफ शेख पनि ० मा आउट भए। स्कोर भयो ८७/४।

८५/१ बाट ८७/४ भइसकेपछि बिग्रिएको खेल सम्हालिन सकेन। दीपेन्द्रसिंह ऐरीले सम्हाल्न खोजेका थिए मिडिल अर्डर। तर पल्लो पट्टीबाट ब्याट्सम्यानहरु धमाधम ० मा आउट हुन थाले। दोस्रोमा सोमपाल कामी। स्कोर भयो ९४/५। त्यसपछि ० मा आउट हुने अर्का वसन्त रेग्मी। स्कोर भयो १०४/६। शरद् भेषावकर घाइते भएर लास्टमा मात्रै ब्याटिङ गर्न आएका थिए। यता नेपालको आशा बनेका ऐरी पनि एक छक्कासहित ३३ रन बनाएर आउट भएपछि स्कोर भयो १२२/७। फेरि करण केसी ० मा आउट हुने चौथो खेलाडी बने। स्कोर १२२/८।

सन्दीप लामिछाने १ रन बनाएर आउट हुँदा स्कोर थियो १२३/९। ४ रन बनाएर शरद् भेषावकर आउट भएपछि ४१.५ ओभरमा अन्ततः नेपाल अल आउट भयो। खेल ५५ रनले हार्‍यो।

यो सिरिजको अर्को खेल शुक्रबार हुनेछ। शुक्रबार हुने खेल पनि नेपाली समय अनुसार दिउँसो २:४५ मा सुरु हुनेछ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme