Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भदौदेखि फेसबुक, ट्विटर वा इमेलमा अश्लील बोलेमा वा सेक्सको आसयले जिस्क्याएमा तीन वर्षसम्म कैद

Posted on July 31, 2018 by Salokya

अहिले साउन महिना चलिरहेको छ। अबको दुई हप्तापछि अर्थात् भदौ १ गतेदेखि नेपालमा नयाँ कानुन लागू हुँदैछ। धेरैलाई यो कानुन बारे थाहा नहुन सक्छ। त्यसैले अबका केही दिनमा नयाँ कानुनका केही व्यवस्थाहरुबारे जानकारी दिने प्रयास गरिनेछ। केही अघि भिक्षा माग्ने कानुनबारे र अश्लील सामाग्रीबारे चर्चा गरेका थियौँ, आज अश्लील बोलेमा वा जिस्क्याएमा के हुने भन्ने बारे।

तपाईँलाई थाहा छ? भदौदेखि फेसबुक, ट्विटर वा इमेलबाट कसैलाई अश्लील बोलेमा वा सेक्सको आसयले जिस्क्याएमा तीन वर्षसम्म कैद हुनसक्ने कानुन लागू हुँदैछ। यस्तो व्यवस्था मुलुकी अपराध संहिता ऐन २०७४ ले गरेको छ। हेरौँ के छ कानुनमा?

यस्तो कानुन पहिले पनि नभएको हैन। आसय करणी भनिने यो पुरानो कानुनलाई अहिले विस्तृत बनाइएको छ। अहिलेको कानुनमा विद्युतीय माध्यम भनेर इमेल, इन्टरनेट जसमा फेसबुक, ट्विटर आदि पनि पर्छन्, त्यसलाई पनि समेटिएको छ।

ऐनको दफा २२४ मा यस्तो भनिएको छ-

यसले फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जाल, इमेल आदिबाट कसैलाई अश्लील वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक, लिखित वा सांकेतिक रुपमा पठाएमा, अश्लील चित्र वा फोटो देखाएमा, यौनका आशयले जिस्क्याएमा वा हैरानी दिएमा यौन दुर्व्यवहार गरेको मानिनेछ। यस्तो गर्नेलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ।

त्यसैले अब सावधान हुनुस्।

5 thoughts on “भदौदेखि फेसबुक, ट्विटर वा इमेलमा अश्लील बोलेमा वा सेक्सको आसयले जिस्क्याएमा तीन वर्षसम्म कैद”

  1. madan man bajracharya says:
    August 2, 2018 at 10:08 pm

    नेकपा, ओली र प्रचंद्र राम्रो हो बा नराम्रो हो अहिलेनै भनि हाल्न सकिंदैन/ किनभने इनिहरुले पनि बिगतमा केहि गल्ति गरेकै थियो/ तर इनिहरु अहिले सुध्रिने छ कि भनेर आस गर्न सकिन्छ/ तर अहिलेको सरकार र तिनका नेताहरुलाई “मार्सी चामले” भन्नेहरु त् भारतमा उधारोमा खायको बासि समोसाको मोल नेपालको श्रोतहरु बुझायर तिर्नेको पार्टीका हुन्/ नेकपा “मार्सी चामले” हुन् भने नेकपालाई मार्सी चामले भन्नेहरु बासि भारतीय समोसे हुन्/ बासि समोसे उपमा दिन सकिने पार्टी भारतमा दर्ता गरेको दलको नेपालमा अर्कै अर्कै नाम दियर “दिल्ली सम्झौता तन्त्र” चलाउँदै, नेपालीले हटाउन खोजेको मोहन शमशेरलाई नै प्रधान मन्त्रि बनाउंदै नेपाल र नेपालीको भन्दा भारत पोस्नेहरु हुन्/ तेसैले त् नेपालमा कसैलाई कोस्न बा सराप्न परेमा तेरो घरमा “तिनीहरु” पसुन भनिन्थ्यो/

    हो उहिलेनै सम्पन्न बनि सक्ने नेपाल आज बिपन्न भयको छ/ यस्तो किन भयो भनेर खोतल्नेनै हो भने दोसी त् अहिले नेकपाकालाई “मार्सी चामले” भन्नेहरुनै हुन् नि/ तिनिहरुनै पटक पटक गरेर नेपालको सत्तामा सबै भन्दा बढी रहे, तर गरे के त् उनीहरुले; सिवाय बिहारी र भारतको हित हुने काम बाहेक?

    Reply
  2. madan man bajracharya says:
    July 31, 2018 at 9:37 pm

    टेक प्रसाद ज्यु,
    प्रसाईज्युले ठिक बोले यो म भनि रहेको होईन/ मुस्लिम देसहरुमा बिशेस गरेर अरु धर्म मान्ने माथि बिभेद बा सोसन हुन् सक्ने कुरालाई नकार्न सकिंदैन/ त्याहा मेडिकल पढ्न गयको नेपालि माथि केहि घटना त् पक्कै भयो होला र कुनै कारण परिस्थितिको कारण तेस्तो शोसन भयको व्यक्तिको परिचय खुलायर भन्नु उपयुक्त नहुने भयकोले उहाले “त्याहा यस्तो हुने रहेछ” मात्रै भन्नु भयो जस्तो लाग्छ/ तेसैले उहाको कुरालाई नितान्त गलत्नै हो भन्नु भन्दा त्याहा तेस्तो पनि हुन् सक्छ है भनेर सतर्क रहनुनै राम्रो हुन्छ जस्तो लाग्छ/

    Reply
  3. prithvi says:
    July 31, 2018 at 7:41 pm

    दुर्गा प्रसाइ अर्थात मार्सी चामल लाई कार्वाइ गर्न मिल्दैन, किनकी वहाँ को दाहिने पट्टी कोली र देब्रे पट्टी नेपाल को ईतिहास कै सर्वाधिक शक्तिशाली ब्यक्ती प्रचन्ड हुनु हुन्छ । दिन दहाडे बैंक लुट्ने, अपहरण, हत्याहरु, बम बिस्फोटन गरेर आफुले गरेका यि पुरुशार्थ हरुको आज का मिती सम्म टि भि मा गर्व साथ अन्तर्वाता दिदै आउनु भएका लोकतान्त्रिक शक्ती हरु सग आबद्ध भएकाले कार्वाइ हुन सक्दैन ।

    Reply
  4. Shankar says:
    July 31, 2018 at 7:24 pm

    जसरि हुन्छ नेपालि जनता पेल्ने *जी सरकार | हैन भने पहिला अफिस हरुमा हुने खुलेआम भ्रास्ताचार , ढिलासुस्ती , धाँदली रोक | ट्राफिक व्यस्था सुगम बना | कति छ कति गर्नुपर्ने , संसार छोडेर लुतोमा हात |

    Reply
  5. Tek Prasad Timalsina says:
    July 31, 2018 at 7:10 am

    अनि खुले आम मूल धारे मिडियामा नै डाक्टर पढ्न बंगलादेश गएका सबै नेपाली चेलीहरु को अपमान गर्ने दुर्गा प्रसाई लाइ चैं के सजाए दिने त सरकार ? के त्यो चैं अपराध हैन ? गर्नु नै छ भने दुर्गा प्रसाई लै कारबाही गर, हैन भने social media censor गर्ने नौटंकी नगर |
    नाम चैं दुर्गा, अनि चेली हरु को अपमान गर्ने ||

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme