Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अमेरिकी सहयोगमा पुननिर्माण हुँदा वसन्तपुरको गद्दी बैठकमा के कुरा हरायो?

Posted on July 26, 2018 by Salokya

गएको महिना प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोगमा पुननिर्माण गरिएको वसन्तपुरको गद्दी बैठकको उद्घाटन गर्नुभयो। अमेरिकी राजदूतले बारम्बार यो पुननिर्मित गद्दी बैठकको फोटो आफ्नो सोसल मिडियामा सेयर गर्दै आइरहनुभएको छ। भूकम्पले क्षति पुर्‍याएको यो संरचना अहिले राम्रो र सफा रुपमा उभिएको देख्दा गजब लाग्छ। तर के तपाईँलाई थाहा छ, पुननिर्माण गर्ने क्रममा पहिलेको र अहिलेकोमा केही फरक भएको छ। ध्यान दिएर फोटो हेर्नुस्, शायद पत्ता लगाउन सक्नुहुन्छ। थप फोटोभित्र हेर्नुस्। 

माथि पुननिर्माण भइसकेपछिको अहिलेका फोटोहरु हुन्। तल भने पुननिर्माण हुनुअघिका फोटो छन्-

देख्नुभो त फरक?

राणा प्रधानमन्त्रीले सन् १९०८ मा युरोपेली शैलीमा बनाउन लगाएको यो दरबारको बरण्डामा बेलायती झण्डाको बुट्टा राखिएको थियो। तर पुननिर्माणपछि भने त्यो बुट्टा हटाएर अर्कै बनाइएको छ।

अमेरिकी सहयोगमा पुननिर्माण भन्दैमा बेलायती झण्डा हटाउनु आवश्यक त थिएन होला, कि कसो?

वसन्तपुर दरबार क्षेत्रकै नौ तले दरबारको पुननिर्माण चीनले गर्दैछ भने हनुमानढोका दरबारको जापानले। अब त्यता के के परिवर्तन हुने हो !

3 thoughts on “अमेरिकी सहयोगमा पुननिर्माण हुँदा वसन्तपुरको गद्दी बैठकमा के कुरा हरायो?”

  1. madan man bajracharya says:
    July 29, 2018 at 2:09 am

    शंकर ज्यु
    भत्कियको दरवार अरुले बनाउँदा पहिलाको रुप र शैली हराय झैँ संबैधानिक अर्थात जनताको प्रतिनिधिले गरेको निर्णय मान्ने पर्ने राजतन्त्र भत्काउन्दा तेतिबेला राजा ज्ञानेन्द्र बात नेपालको सबै महत्वपूर्ण कागजात र विदेश सिट भयको सबै सन्धिहरुको मूल कपि राखिने रातो बक्सा भनिने बाकस बुझि त् लिय तर त्यो सरकारको ढुकुटीमा पुग्नु अघिनै गायव भयो भनेर इन्टरनेट मा पढेको थिय/ अहिले नेपाल सिट सुगौली सन्धि र भारत सिट गरियको १९५०को सन्धिको सक्कली कपि समेत नभयको र यसैको कारणले पनि कालापानी नेपालकै भयको प्रमाण देखाउन गाह्रो भयको सुन्नमा आयको छ/

    Reply
  2. Shankar says:
    July 28, 2018 at 11:21 pm

    दर्बार पुननिर्माण अमेरिका , जापान ले गरिदिनु पर्ने , रिंगरोड चीन, रेल चीन , अरु बाटो घाटो भारत र चीन ले बनाईदिन पर्ने | अनि नेपालो को सरकार आफु र आफ्ना कार्यकर्ता लाइ १० पुस्ता पुग्ने गरि लुट्न , म्याकबूक चलाउन , बिकास को सपना देख्न र उखान टुक्का मा व्यस्त |
    यहिहैन त् नौलो जनाबाद , बहुदलीय जनबाद हुदै प्रचण्ड पथ को अन्तिम गंत्यब्य |
    देश माफिया को हातमा , भ्रास्ताचार चरम चुलीमा , ठुला ठुला सुन काण्ड , मानब तस्करी ( नेपालि चेलीहरु केनिया सम्म पुगे ) यहि उपहार हो नेपालि नेताको आफ्ना प्यारा जनता लाइ |

    Reply
  3. madan man bajracharya says:
    July 28, 2018 at 1:41 am

    शैली, संगीत, कला, शिल्पकला, धर्म, बिचार र अपराध जसले बनायो बा अनुकरण गर्यो तेसैको हुन्छ/ तेसैले ती दरवारहरुलाई हामि ब्रिटिश शैली भन्नु भन्दा नेपालि शैली नै भने उपयुक्त हुन्छ जस्तो लाग्छ/ ती दरवारहरु तेसैले राणाकालीन दरवारहरु ब्रिटिश सैलिमै बनेको भय पनि ती दरवारहरु कुनै ब्रिटिशले बनायको होईन नेपालीले नै बनायको हो/ त्यो पनि आफ्नै शिप पसिना र श्रोतले/ तर आज ती दरवार मन्दिर भत्किंदा हामी आफैले मर्मत समेत गर्न सकेनौ, अरु देसकाले मर्मत गरे/ त् अब ती अरु देसकाले मर्मत गरेको दरवार मन्दिरआदि नेपालीको शिप कलाको उदाहरण बन्न सक्दैन र ती जसरि बने पनि तेस्मा नेपालिले गौरव होईन लाज मात्रै मान्न सक्छ/ हामि किन कसरि यस्तो अबस्थामा पुग्यौं?

    उहिले चीनले समेत नेपालि बात शिल्पकला र बुद्ध धर्म सिके/ चन्द्र शमशेरको पालामा गेहेन्द्र शमशेरले ब्रिटिशले बनायको भन्दा उत्कृस्ट रेल बन्दुक मेसिन गण आदि बनायो/ अब राजनीतिकै कुरा गर्ने हो भने अहिले हामिलाई जुन बेला ब्रितिशहरु बिस्वमा उपनिवेश फ़ैलाईरहेको थियो, अहिले भारत भनिने भूभागमा रहेको ६०० भन्दा देसहरुमा जनता शासकको रैती हुने कमारा हुने ब्यबस्था चल्दै थियो तेतीबेला नै पदम शमशेरले सरकार जनताको नोकर हुने संबिधान बनाउन खोजेको थियो/ के आजको संबिधानले सकार र नेता नागरिकको नोकरी हुने अनुभूति समेत दिन्छ?

    नेपालीहरु हरायक कुरामा तेतिबेला उत्कृस्ट नै थिय/ केहि दसक अघि सम्म पनि नेपालीको घर आगन सबै कुनै न कुनै शिल्पकलाको सानो सानो उद्योग जस्तै हुन्थ्यो/ नोकरी गर्नु भन्दा आफ्नै पेशा अपनाउनुमा गौरव मान्थ्यो/ तर सिमा पारि बात सिमा पारिकी राजनैतिक स्वार्थ बोकेर आयका दिल्ली सम्झौताबादी नेताहरुको सरकार बने देखि मौलिक नेपालको जिउँदो उदाहरण बनेका नेपालि र नेपालि कला बिचार, भाषा र धर्मलाई दवाइयो भगाईयो मासियो/ हिजो सम्म आफ्नै घर आगनमा आफ्नो शिप कलाको उद्योग चलाउँदै आयकाहरुलाई आफुलाई नेपालि भन्न सेट घिनाउनेहरु बात बिस्थापित गराउंदै मलेसिया अरवको मरुभूमिमा सदन जानु पर्ने बनायो/ तेसैको नतिजा हो आज हाम्रो पुर्खाले आफ्नै पसिनाले ब्रिटिशले बनायाकै जस्तो दरवारहरु मर्मत समेत गर्न नसक्ने बनायको हो/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme