Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कान्तिपुरमा अब नयाँ प्रधान सम्पादक को?

Posted on July 12, 2018 by Salokya


कान्तिपुर र काठमाण्डु पोस्ट दुवैका प्रधान सम्पादकहरुले मंगलबार न्युजरुममा आन्तरिक रुपमा र बुधबार सामाजिक सञ्जालमा सार्वजनिक रुपमा नै आफूहरुले राजीनामा दिएको घोषणा गरे। तर ती पत्रिकाहरुको बिहीबारको अङ्कमा राजीनामा बारे कुनै समाचार छापिएको छैन। दुवै पत्रिकाका प्रिन्टलाइनमा प्रधान सम्पादकहरुको नाम कायमै छ। योसँगै दुवै पत्रिकामा नयाँ प्रधान सम्पादक को नियुक्त हुने, चासो बढेको छ।

कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्माले बुधबार दिउँसो राजीनामाको घोषणा गर्दै गरेको ट्विट

हामी- म र @akhileshU – ले कान्तिपुर र काठमान्डू पोष्टको प्रधानसम्पादक पदबाट हिजो राजीनामा दिएका छौं । अहिलेको घडी र विगत १० बर्षको उतारचढावपूर्ण यात्रामा सदैव साथ दिनुहुने श्रद्धेय पाठकहरू, साथी, सहयोगी, शुभेच्छुक एवम् कान्तिपुर परिवारका सबै सहकर्मीहरुप्रति हाम्रो आभार ?

— ??????? ?????? (@sudheerktm) July 11, 2018

त्यसो त कान्तिपुरमा सम्पादक नभएको हैन। गएको वार्षिकोत्सवमा हरिबहादुर थापालाई सम्पादकमा पदोन्नति गरिएको थियो।

प्रधान सम्पादक सुधीर शर्मा को प्रस्तबमा कांतिपुर दैनिक को सम्पादकमा प्रमोसन हनुभाएका हरि बहादुर थापा लाई हार्दिक बधाई । यो टीम ले कांतिपुर लाई अझ सशक्त बनाई रहनेछ । https://t.co/mEfryUGJL9

— kailash sirohiya (@KailashSirohiya) February 18, 2018

तर थापाको नाम प्रिन्टलाइनमा भने आएन। थापा नारायण वाग्ले, प्रतीक प्रधानसहित थुप्रै नाम चलेका पत्रकारहरु विनोद ज्ञवालीसँगै कान्तिपुरबाट बाहिरिँदा पनि कान्तिपुरमै रहेका थिए। उनलाई प्रधान सम्पादक बनाइन्छ भन्ने अनुमान विपरीत बुधबार कैलाश सिरोहियाले गरेको ब्युरो चिफहरुको मिटिङमा त्यस्तो घोषणा भएन।

उनले कान्तिपुरको नेतृत्वमा संक्रमण काल रहेको बताए। जसरी प्रधानमन्त्रीले राजीनामा दिँदा पनि अर्को नियुक्ति नहुँदासम्म उनैको काम चलाउ नाम भइरहन्छ, त्यसैगरी दुई प्रधानसम्पादकहरुको राजीनामा स्वीकृत भएको भनिएको छ।

नयाँ प्रधान सम्पादक को बन्दैछन् त? अहिलेसम्म यसबारे कुनै जानकारी सार्वजनिक भएको छैन। तर बजारमा केही नाम भने चर्चामा आएका छन्। ती मध्ये एक हो शिव गाउँले। गाउँले नेपाल पत्रकार महासंघका पूर्व सभापति हुन् र लेफ्ट विचारधाराका हुन्। नारायण वाग्लेहरुले छाड्दा नै सम्पादकको खोजी हुँदा उनको पनि नाम आएको थियो। तर त्यतिबेला उनी बनेनन्।

तर बजारमा हल्ला भए जस्तो भारतीय लगानीसहितको शक्तिशाली व्यवस्थापक आउने भए उनी सम्पादक नबन्न सक्ने चर्चा पनि चलेको छ। हल्लामा कान्तिपुरकै पूर्व पत्रकार गोपाल खनालको नामको पनि गाइँगुइँ सुनिएको छ।

कान्तिपुरका पूर्व सम्पादकहरुमध्ये नारायण वाग्ले अहिले खाली छन् भने युवराज घिमिरे अन्नपूर्ण पोस्टबाट राजीनामा दिँदै अहिले देशसञ्चार अनलाइनमा छन्। काठमाण्डु पोस्टका पूर्व सम्पादक प्रतीक प्रधान अहिले बाह्रखरी अनलाइनमा छन्। त्यसैगरी काठमाडौँ पोस्टमै रहेका अमित ढकाल अहिले सेतोपाटी अनलाइनमा छन् भने पहिले कान्तिपुरमा रहेका गुणराज लुइँटेल हाल नागरिक दैनिकमा सम्पादक छन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme