Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मेस्सी र रोनाल्डोका फ्यानहरु ‘भामोस’ भन्दाभन्दै ‘खामोस’

Posted on July 1, 2018 by Salokya


अन्तिम १६ को पहिलो दिनका खेलहरुले अहिलेको विश्वका चर्चित दुई खेलाडीहरु लियोनेल मेस्सी र क्रिश्चियानो रोनाल्डोका फ्यानहरुलाई ‘खामोस’ (चुप) बनाएको छ। यसअघि उनीहरु भामोस (कम अन) भन्दै हल्ला गर्ने गर्थे। पहिलो खेलमा सात गोल भयो। तर चार वटा गोल फ्रान्सका तर्फबाट भएबाट खेल अर्जेन्टिनाले हार्‍यो। दुवै खेलमा न मेस्सीले गोल गरे, न रोनाल्डोले। मेस्सीले कार्ड पाएनन्, रोनाल्डोले भने रेफ्रीसँग विवाद गर्दा प्रतियोगिताको दोस्रो यल्लो कार्ड पाए। आजको खेलसँगै अघिल्लो विश्वकपका फाइनल खेल्ने दुवै टिम बाहिरिएको छ। अर्जेन्टिना दोस्रो चरणमा बाहिरियो भने जर्मनी समूह चरणबाटै बाहिरियो। अघिल्लो विश्वकपका सेमिफाइनलिस्ट मध्ये अब ब्राजिलमात्र बाँकी छ, नेदरल्यान्ड्स त विश्वकपका लागि छनोट नै भएन।


अर्जेन्टिनाको हारसँगै सोसल मिडियामा रुवाबासी भएका भिडियोसमेत भाइरल भयो।

नेपालमा अर्जेन्टिनाका धेरै फ्यानहरु छन्। उनीहरुका लागि विश्वकपको रौनक अब बाँकी रहेन। रोनाल्डोका फ्यानहरु पनि धेरै नै छन्। मेस्सी र रोनाल्डोका फ्यानहरु एकअर्काका कट्टर दुश्मन जस्तो व्यवहार गर्छन् जबकि दुवै राम्रा खेलाडी हुन्। तर दुवै टिमका फ्यानहरु एकै पटक निराश भएकोले धेरै बकबक सुन्न नपर्ने भएको छ। चार वर्षको यो मेलामा अर्को पटक मेस्सी र रोनाल्डो हुन्छन् कि हुन्नन् निश्चित छैन। तर एउटा नयाँ स्टार भने उदाएको छ- एमबाप्पे। फ्रान्सका यी १९ वर्षीय खेलाडीले चार मिनेटको अन्तरमा गरेका दुई गोलले नै अर्जेन्टिना पराजित हुन पुगेको हो।

सन् १९८६ मा विश्वकप जितेयता ओ मिना, हारेर गयो अर्जेन्टिना.. बोलको बालगीतले जस्तै अर्जेन्टिनाले जित्न सकिरहेको छैन विश्वकप। उता, युरोपकप जिते पनि रोनाल्डोको टिमले विश्वकप भने जित्न सकेन।

अब नेपालमा धेरै फ्यान ब्राजिलका छन्। ब्राजिलको खेल सोमबार बल्ल छ। त्यतिञ्जेल विश्वकप उनीहरुले नै जिते बराबर हो अहिलेलाई।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme