Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मन्त्रीले ३० गते भनेर झुक्याएको पुष्टि : संयुक्त बैठक राष्ट्रपतिले ३ गते बोलाइन्

Posted on June 16, 2018June 16, 2018 by Salokya

‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०७५ पारित गर्ने प्रयोजनका लागि संघीय संसदको दुवै सदनको संयुक्त बैठक संवत् २०७५ असार ३० गते अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बोलाउन सम्माननीय राष्ट्रपतिज्यु समक्ष सिफारिश गर्ने निर्णय गरियो।’

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद्को बैठकपछि यस्तै भनेका थिए आइप्याड हेर्दै। त्यतिबेलै हामीले ब्लग लेखेका थियौँ, खासमा यो असार ३ गते हुनुपर्ने कसरी ३० गते भो भनेर। राष्ट्रपति कार्यालयबाट आएको विज्ञप्तिपछि मन्त्रीले झुक्याएको पुष्टि भयो।


यो हो राष्ट्रपति कार्यालयको विज्ञप्ति। सरकारले असार ३० गते सिफारिश गरेको भए राष्ट्रपतिले असार ३ गते बोलाउन कसरी मिल्छ र। मिल्दै मिल्दैन।

त्यसैले मन्त्रीले असार ३० गते भनेर झुक्याएको पुष्टि भएको छ। मन्त्रीले यस्तो भनेका थिए सुन्नुस्-

मन्त्री झुक्किएका हुन् कि मन्त्रीले झुक्याएका हुन्, त्यो चाहिँ थाहा भएन। फेरि यस्तो प्रश्न उठाउन पनि मिल्दैन होला, प्रश्न सोधे त कार्यक्रम नै बन्द हुने खतरा जो छ।

तर मन्त्रीकै भनाईका आधारमा सबै मिडियामा असार ३० गते कै समाचार आइहाल्यो। मन्त्रीले सच्याउने कि मिडियाले? अन्यौल।

अनि मन्त्रीले त भाले भारतलाई फर्काउने पनि भनेका थिए, केको भाले हो सोध्ने हिम्मतसम्म कसैले गर्न सकेनन्। प्रश्न सोध्दा डराउनु पर्ने स्थिति जो छ।

3 thoughts on “मन्त्रीले ३० गते भनेर झुक्याएको पुष्टि : संयुक्त बैठक राष्ट्रपतिले ३ गते बोलाइन्”

  1. man says:
    June 19, 2018 at 7:04 am

    कम्प्युटर चलाउने त होइन बरु ट्याब्लेट लिएर फिलिम हेरेर बसला जस्तो छ मन्त्रि ज्यु ले.
    ३ को ३० कसरि भयो भनेर सोद्यो भने फेरि मैले हालेको हो र ० कम्प्युटर आफैले हालेको भन्ला जस्तो छ / हा हा हा मन्त्रि हरुलाई तालिम दिने होइन बरु प्रौढ सीक्ष्या दिए बेस होला/ यी सम्पूर्ण बुजुर्ग मन्त्रिहरुको भावनामा बदला, रीस र डाहा मात्र भएको हुनाले सबैले खालि बिनास को मात्रै सोच्नेछन्. बिकासको होइन

    Reply
  2. Pradeep MS says:
    June 17, 2018 at 5:14 pm

    “अनि मन्त्रीले त भाले भारतलाई फर्काउने पनि भनेका थिए, केको भाले हो सोध्ने हिम्मतसम्म कसैले गर्न सकेनन्। प्रश्न सोध्दा डराउनु पर्ने स्थिति जो छ।”
    🙂

    Reply
  3. madan man bajracharya says:
    June 16, 2018 at 8:55 pm

    झुठो समाचार दिने संचार मन्त्रि ; कानोको नाम नेत्र बहादुर!!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme