Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेकपा एमाले नामको दल दर्ता गर्ने हो? एक वर्ष कुर्नुस्, सम्भव छ

Posted on June 10, 2018 by Salokya

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भयो र नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामको नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ। नयाँ दल दर्ता भइसकेपछि छाडिसकेको नाम के हुन्छ त? के अरु कसैले दर्ता गर्न पाउँछन् त? धेरैलाई योबारे जिज्ञासा लागेको होला।

यसबारे कानुनी प्रावधान खोजी गर्दा तत्काल यो सम्भव नभएको देखियो। तर अर्को चुनावसम्ममा भने कसैले नेकपा एमाले नामको ब्रान्ड बनिसकेको नाममा दल दर्ता सम्भव हुने रहेछ। कसरी? कानुनी प्रावधान यस्तो छ।

सबभन्दा पहिला निर्वाचन आयोगले ने क पा दर्ता गर्दा दिएको पत्र हेरौँ। यो पत्रमा

एकीकरण भई माग गरेको बाहेकका नाम, झण्डा र चिह्न कुनै दलले प्रयोग गर्न नपाउने व्यवस्था गर्ने भनिएको छ यसमा। अर्थात् अब नयाँ दलले माग गरेको एमालेको सूर्य चिह्न उसले प्रयोग गर्न पाउँछ। त्यसबाहेक नेकपा एमाले, नेकपा माओवादी केन्द्र, गोलाकारभित्र हँसिया हथौडा चुनाव चिह्न कुनै पनि दलले प्रयोग गर्न नपाउने भएको छ। मिडियामा यही खबर आयो।

तर यो प्रयोग गर्न नपाउने कहिलेसम्म त? निर्वाचन आयोगको पत्रमा सीधै उल्लेख छैन। त्यसमा राजनीतिक दलसम्बन्धी ऐनको दफा १० को उपदफा ७ बमोजिम भनिएको छ। के छ त त्यो ऐनको दफा र उपदफामा? हेर्नुस्-

दफा १० को उपदफा ७ ले स्पष्ट रुपमा एकीकरण भएको मितिले एक वर्षसम्म मात्र कसैले प्रयोग गर्न नसक्ने उल्लेख छ। एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको २०७५ साल जेठ ३ गते हो। अर्थात् २०७६ जेठ ३ गतेसम्म कसैले पनि नेकपा एमाले नाम प्रयोग गर्न पाउने छैन।

त्यसपछि भने यो प्रतिबन्ध हट्छ। कसैले पनि नेकपा एमाले नामको प्रयोग गरी दल दर्ता गर्न सक्छन्।

भनेपछि अर्को चुनावमा नेकपा एमाले नामको अर्को दल आउन सक्छ। तर त्यो दलले सूर्य चुनाव चिह्न भने पाउने छैन।

ल है, कसैलाई नेकपा एमाले नामको दल दर्ता गर्न मन छ भने २०७६ जेठ ३ गते निर्वाचन आयोगमा लाइन बस्न गइहाल्नुस्। सम्भव छ।

तर के थाहा, दुई तिहाई बहुमत भएको सरकारले यो उपदफा नै संशोधन गरी परिवर्तन गर्न पनि सक्छ। अथवा निर्वाचन आयोगमा आफ्नै कोही मान्छेलाई यो नामको दल दर्ता गर्न लगाएर होल्ड गरिराख्न पनि सम्भव छ।

एक वर्ष त छिट्टै बितिहाल्छ, हेरौँ न त कसले के गर्दा रहेछन्। रमाइलै हुन्छ। कि कसो?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme