Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हल्लैहल्लामा नमरेको मान्छेलाई श्रद्धाञ्जलि

Posted on June 9, 2018June 9, 2018 by Salokya


शुक्रबार राति एक्कासी हल्ला फैलियो- डा. उपेन्द्र देवकोटाको निधन भयो। विश्वासिलो स्रोत केही नभए पनि फेसबुक र ट्विटर चलाउनेहरुलाई हो कि हैन भनेर पुष्टि गरिरहने धैर्य थिएन, भटाभट श्रद्धाञ्जलि दिन थालिहाले। यसो गर्नेमा सर्वसाधारणमात्र हैन, नेताहरु पनि थिए। राष्ट्रिय सभा सदस्य कोमल ओलीले समेत फेसबुकमा स्टायटस लेखेर श्रद्धाञ्जलि दिन भ्याए। वास्तवमा देवकोटाको अवस्था गम्भीर भए पनि जीवितै थिए। जिउँदै छँदा श्रद्धाञ्जलि दिन गरिएको हतारले उनी उपचाररत न्युरो अस्पताल, बाँसबारीलाई समेत हैरान बनायो।

केहीले त मृत्यु भइसकेको समाचारसमेत लेख्न भ्याए पुष्टि नै नगरी। घटना र विचारले प्रकाशित गरेको समाचार (शनिबार बिहान भने यसलाई डिलिट गरियो)

घटना र विचार मात्र हैन नेपाल समाचारपत्रको अनलाइनले पनि उपेन्द्र देवकोटाको निधन भएको समाचार राखेको थियो (शनिबार बिहान भने गलत समाचार प्रकाशित गरिएकोमा माफी नमागी, नसच्याई समाचार डिलिट गरियो)

वास्तवमा शुक्रबार डा. देवकोटाको अवस्था गम्भीर भने भएको रहेछ। अस्ति राति भेन्टिलटरमा राखेर हिजोदेखि निकालिएको थियो। सामाजिक सञ्जालमा श्रद्धाञ्जलि दिइरहँदा उनी आराम गरेर बसिरहेका थिए।

अस्पतालको विज्ञप्ति-

3 thoughts on “हल्लैहल्लामा नमरेको मान्छेलाई श्रद्धाञ्जलि”

  1. बासु says:
    June 9, 2018 at 5:51 pm

    कुनैकुनै अनलाईन पाजीहरुलाई त कोहि बिरामी भएको त थाहा नै दिन नहुने रहेछ। ‘मर्यो’ भनेर फुकिहाल्दो रहेछ। बिरामी मान्छे मरोस् भन्ने कस्तो हतार होला ति पाजीहरुको?
    यस्ताहरुलाई घुसारेर ठड्याउने कानुन ल्याउनै पर्ला जस्तो छ, सरकार। लौ त।

    Reply
  2. Chitra Kandel says:
    June 9, 2018 at 3:07 pm

    शबासाद त हल्लै हल्लै मा दकुरे भने अरुलाई क भन्ने एथार्थ नबुझी कागले कान लग्यो भन्दै कागको पछि भाग्ने बाट हामीले के आशा राखौ खै
    Doctor साब गेट वेल सून

    Reply
  3. Kiran Rijal says:
    June 9, 2018 at 12:24 pm

    हल्लेइ हल्लाहा को देश हो हाम्रो / लाज सरम न भएका हरु./

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme