Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विदेशबाट फर्केकाले ल्याउने टिभीमा कति कर तिर्नुपर्छ? नयाँ बजेटको व्यवस्था यस्तो छ

Posted on June 1, 2018 by Salokya

हरेक पटक बजेट आउँदा विदेशमा रोजगार वा अन्य उद्देश्यले गएकाहरुलाई टिभीसम्बन्धी व्यवस्थाबारे चासो हुन्छ। विदेशमा टिभी एकदम सस्तो देखेपछि किनौँ किनौँ लाग्छ। तर नेपालमा बेस्कन कर लगाएर महँगो बनाइदिने डर पनि हुन्छ। यसपालिको बजेटले के व्यवस्था गरेको छ त?

गत वर्षकै जस्तो वैदेशिक रोजगारमा गई कम्तिमा एक वर्ष काम गरी फर्कने नेपालीले ल्याएको जुनसुकै प्रकारको (एलसिडी, प्लाज्मा वा एलइडी) ३२ इन्चसम्मको टिभीमा लाग्ने सम्पूर्ण कर महसुल छुट दिइने उल्लेख छ। त्योभन्दा ठूलो इञ्चको टिभी ल्याएमा यो छुट पाइने छैन। इञ्च गनेर लिइने शुल्कमा भने परिवर्तन भएको छ। 

आर्थिक विधेयक २०७५ मा लेखिएको छ-

यसअघि टिभीको इन्च अनुसार शुल्क तोकिएकोमा अब भने एलसिडी, प्लाज्मा वा एलइडी टेलिभिजनमा भन्सार महसुल, अन्तःशुल्क र मूल्य अभिवृद्धि करको सट्टा समदरमा एकमुष्ट ५५ प्रतिशत भन्सार महसूल असुल गरिनेछ।

अर्थात् एक लाखको टिभी हो भने ५५ हजार रुपैयाँ भन्सार तिर्नुपर्नेछ।

 

7 thoughts on “विदेशबाट फर्केकाले ल्याउने टिभीमा कति कर तिर्नुपर्छ? नयाँ बजेटको व्यवस्था यस्तो छ”

  1. kiran joshi says:
    June 5, 2018 at 3:08 am

    बिदेशी नागरिक ले ल्याएमानि ??

    Reply
  2. sagar says:
    June 2, 2018 at 4:03 pm

    नेपालमा पैसा ख्वाए आफ्नो नियम आफै बनाउन पाइन्छ | भन्सार कमिसन ख्वाउने खाने दाउ होला |

    Reply
  3. SHUKA DEV says:
    June 1, 2018 at 11:40 pm

    मैले ५५ इन्च को LED १०७५ कतारी रियल मा किनेको छु आज को बजार मुल्लिय अनुसार ३१,५५२ रुपैया नेपाली पर्न आउछ भने ! एसको भंसार कति तिर्नु पर्छ ? क्रिपया बताइदिनु होल्ला !

    Reply
  4. राजन says:
    June 1, 2018 at 4:55 pm

    डिभी परेर अमेरिका मा एक वर्ष भन्दा बढी बस्ने ले 32″ सम्म छुट पाउँछन् कि नाई ??

    Reply
  5. Indra Prasad says:
    June 1, 2018 at 3:04 pm

    मैले offer मा 50 इन्च को TV किनेको छु, एसको bill मा $199 छ .
    ओरिगिनल price $499 theo , अब नेपाल भन्सार ले मलाई $199 मा 55% लगाउछ हो ?

    Reply
  6. Agendra says:
    June 1, 2018 at 1:53 pm

    एकमुष्ट ५५% महसुल के का आधारमा तिर्नु तिराउनु पर्छ ? स्पष्ट भएन ! अर्थात् त्यो टिभिको स्वदेशी बजारमा चलेको मुल्यलाइ आधार लिने हो कि जुन मुलुकमा खरिद गरिएको हो त्यही मुल्यलाइ रुपैयाँमा बदलेर निर्धारण गर्ने ? सक्कली र नक्कली इन्भोइस छुट्ट्याउन सक्छन् शुल्क असुल्ने कर्मचारीले ? उपहार परेको, कसैले दिएको वा आफैंले प्रयोग गरिरहेको टिभी घर लैजानु परेमा कसरी लिन्छन् महसुल ? (३२इन्च भन्दा ठुलोको कुरा)

    Reply
  7. Suman Thapa Magar says:
    June 1, 2018 at 1:30 pm

    …अलि राम्रो संग प्रस्टाइदिनुस न…उदहारणमा भन्नु भएको छ कि एक लाख रुपैया पर्ने को ५५% ले ५५००० रुपैया भनेर..त्यो एक लाखलै कसरी आधार मान्ने?? …कि विदेश बाट टि.भी.संगै लिएर आएको बिल आधार मान्ने हो ? कि नेपालमा रहेको बजार टि.भी. को बजार भाउ को आधार मा मान्ने हो??…

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme