Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

१२ वर्षअघि वर्तमान प्रम ओलीको सम्पति यति रहेछ

Posted on May 28, 2018 by Salokya


प्रधानमन्त्री केपी शर्मा ओलीको अहिलेको सम्पति विवरण सार्वजनिक भइसकेको छ। १२ वर्षअघि तत्कालीन गिरिजाप्रसाद कोइरालाको सरकारमा उपप्रधानमन्त्री हुँदा उनको सम्पति विवरण फेला परेको छ। त्यतिबेला माइसंसारमा यो सम्पति विवरण छापिएको रहेछ। यता क्लिक गर्नुस् पढ्न। विवरण अनुसार उनको बैँकमा ६४ हजार रुपैयाँ मात्रै नगद रहेछ। तर ऋण भने १६ लाख रुपैयाँ रहेछ।

अनि अहिलेको सम्पति विवरण अनुसार ऋण कति पनि छैन। बैँकमा नगदमात्रै ५२ लाख रुपैयाँ छ। ऋण चुक्त भनेपछि १२ वर्षमा कूल कमाई ५२‌‌+१६= ६८ लाख मान्नुपर्‍यो। अर्थात् खाइपाइलाइ सबै खर्च कटाइ पनि प्रति वर्ष साढे ५ लाख रुपैयाँ बचत हुने रहेछ। राजनीति त यस्तो राम्रो पेशा पो रहेछ।

त्यतिबेला प्रस्तुत भएको सम्पति विवरण-

-भक्तपुर बालकोट वडा नं.४ मा एक रोपनी जग्गाभित्र बनेको साढे दुई तले पक्की घर

-झापा पृथ्वीनगर गाविस वडा नं.९ मा १० कठ्ठा जग्गा

-करिब सात तोलाको सुनका गहना,

-एउटा निशान कार

-स्ट्याण्डर्ड चार्टर्ड बैङ्कमा रू.५० हजार,

-नेपाल बङ्गलादेश बैङ्कमा करिब रू.छ हजार

-राष्ट्रिय वाणिज्य बैङ्कमा रू.आठ हजार नगद

-भक्तपुर बालकोटको घर निर्माणका लागि एभरेष्ट बैङ्क बानेश्वरबाट रू. १० लाख र नेपाल राष्ट्र बैङ्कबाट करिब रू. छ लाख ऋण

अहिले प्रस्तुत भएको सम्पति विवरण


2 thoughts on “१२ वर्षअघि वर्तमान प्रम ओलीको सम्पति यति रहेछ”

  1. Yam pun says:
    May 29, 2018 at 11:32 am

    झापा छिर्नु भन्दा पहिला पहाडको सम्पत्ति विवरण र काठ्मान्डौ छिर्नु भन्दा पहिला झापाको सम्पत्ति विवरण पढ्न पाए अझ कति रोचक र ज्ञानवर्धक हुन्थ्यो होला । राज्यको ढुकुटीबाट उपचार खर्च भनेर १७ करोड हसुर्ने मान्छेको सम्पती विवरण सहि होला भनेर कसरी पत्याउनु र ???

    Reply
  2. Karki says:
    May 29, 2018 at 1:57 am

    अझ सुरुमा मनमहोन सरकारको पालाको सम्पत्ति विवरण छैन? त्यो नि हेर्न पाए राम्रो time-series देखिन्थ्यो…देखाकै येति बढेछ नदेखको कति होला..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme