Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सन्दीपलाई प्रधानमन्त्रीले बनाइदिए ‘डल्ला फ्याँकुवा’

Posted on May 25, 2018May 25, 2018 by Salokya

भर्खरै आइपिएल खेलेर फर्केका सन्दीप लामिछानेलाई क्रिकेटमा बलरका रुपमा चिनिन्छन्। यो अंग्रेजी शब्द भयो। हुनत क्रिकेट नै अंग्रेजहरुले खेलेर लोकप्रिय बनाएको खेल हो। तर पनि नेपाली शब्द हुँदाहुँदै अंग्रेजी शब्द किन ‘युज’ गर्नु। सकेसम्म नेपाली ‘वर्ड’ ‘युज’ गरेर ‘प्योर’ नेपाली ‘ल्याङ्गवेज’लाई ‘प्रमोट’ गर्नुपर्छ क्या (गन्नुस् है कतिवटा अंग्रेजी शब्द युज भयो 🙂

प्रधानमन्त्री केपी शर्मा ओलीज्यु ठेट नेपाली शब्द बोल्नमा माहिर हुनुहुन्छ। उहाँकै भाषणलाई मात्र पछ्याए पनि ठेट नेपाली शब्द प्रशस्तै पाइन्छ। अब हेर्नुस् न, बिहीबार उहाँले सन्दीपलाई ‘डल्ला फ्याँकुवा’ बनाइदिनुभो।

खासमा क्रिकेटमा बलर भनेको डल्ला फ्याँक्ने न हो। मान्छेहरु कुरै नबुझी आलोचना गर्नतिर लागे। अझ अघिल्लो ब्लगमा प्रधानमन्त्रीको भनाईलाई सापटी लिएर डल्लाबारे लेखेको त ‘तेरो घटिया सोच देखियो ब्लगर’ भन्दै मुख पो छाडे कमेन्टकर्ताहरुले। बिचराहरुले नेपाल र नेपाली बस्ने ठाउँभरी फैलिएको प्रधानमन्त्रीको भाषणै नसुन्या रैछ। सुनेको र अझ भूपू एमाले परेको भए सात जुनीको पाप लागेको सम्झँदै बस्न बेर छैन। बिचराले पाप कसरी पखाल्ने हो, एक पल्ट बालकोट परिक्रमा नगरेसम्म त के धोइन्थ्यो र पाप।

नेपाली भाषालाई प्रवर्द्धन गर्ने प्रधानमन्त्रीको सोच गजबको छ। सन्दीपलाई बलरको साटो डल्ला फ्याँकुवा नै भन्नुपर्छ। आखिर प्रधानमन्त्रीज्युले भने जस्तो पाँच वटा डल्ला फ्याँकेरै हो उनी चम्किएको। पाँच वटा डल्ला यस्ता फ्याँके कि डल्ला पिटुवा (ब्याट्सम्यान) निश्कासित (आउट) भए। अनि न हो उनी चम्किएको।

सन्दीपको डल्ला हनाई शैली (बलिङ स्टाइल) लाई लेगब्रेक गुगली भनिन्छ। यसलाई पनि अब ठेट नेपाली भाषामा खुट्टा भाँच आचीगली भन्नुपर्छ।

अरु क्रिकेटका शब्दलाई यसरी नेपाली भाषामा बोल्न र लेख्न थालौँ-

Arm Ball – पाखुरे डल्ला
Stump – त्रिखुट्टी
Ball Tampering – डल्ला बिगारुवा
Batting- डल्ला हनाई
Batsman- डल्ला हनुवा
Bouncer- डल्ला उफ्राई
Bye- फोसा रन
Dead Ball – मर्‍या डल्ला
catch- समात
Duck- हाँस
Economy rate – अर्थतन्त्र दर
Inside-out shot – भित्र बाहिर हनाई
Leg-cutter – खुट्टा कटुवा
Net Run Rate – कूल दौड दर
No-ball- यत्राको डल्ला
Powerplay – शक्ति प्रदर्शन
Retire- राजीनामा

अरु पनि नेपालीकरण गर्नसक्नुहुन्छ भने गर्नुस् है। जय डल्ला

14 thoughts on “सन्दीपलाई प्रधानमन्त्रीले बनाइदिए ‘डल्ला फ्याँकुवा’”

  1. Nirajan says:
    June 4, 2018 at 9:54 am

    Hahaha

    Reply
  2. SAROJ says:
    May 29, 2018 at 1:21 pm

    Economy rate – सस्ताे दर

    Reply
  3. Bijay says:
    May 28, 2018 at 4:13 am

    तेसो त पहिले आफ्नो संस्था को नाम नै नेपाली कारण गर्नु पर्यो. अब त्यो
    नेपाल कम्युनिस्ट पार्टी अन्दरलाइन लाइ के भन्ने? आफ्नो आंग को भैसी नदेखिएपनि अलि अलि चिलाएको त अवस्य होला…
    बरु ” नेपाल साम्यवादी गुट तल रेखांकित ” राखे कसो होला?

    Reply
  4. Prakash says:
    May 26, 2018 at 4:13 pm

    leg break = खुट्टा भाच्ने
    Wicket Keeper = त्रिखुट्टी रक्षक
    run out = दौड बाहिर

    Reply
  5. madan man bajracharya says:
    May 26, 2018 at 1:15 am

    सब्दमा मात्रै हुने अरु भाषामा राखियको “नाम” लाई आफ्नो भासामा वाक्यमा उल्टाउनु बोकाको के काटेर खसी बनाउनु जस्तै हो/ नामको अर्थ जे सुकै भय पनि नामको रुपमा दियको सब्द्को अर्थ अनुसारकै तेस्तो सब्दलाई आफ्नो नाम दिने ब्यक्ति बा बस्तु बा क्रितिको परिचय हुँदैन/ तेसैले सबै भाषाको व्याकरणको नियमले नामको रुपमा दियको सब्दलाई जस्ताको तस्तै कुनै अछ्यर पनि परिबर्तन नगरी अर्थ सर्त केहि पनि नलगाई सम्बोधन गर्नु पर्ने नियम बनायको छ/ यसो नगरे बिबाद मात्रै होईन सम्मान गर्नु पर्नेको अपमान पनि हुन्क सक्छ/

    माथि बलर सब्दलाई नेपालि करनको नामा नेपालि भासामा उल्टाउने समुदायमा पुरुषलाई कुमार र महिलालाई कुमारी नाम पनि दिन्छन/ कुमारको अर्थ कुनै स्त्री सिट यौन सम्पर्क नगरेको पुरुष हो र कुमारीको अर्थ कुनै पुरुष सिट यौन सम्पर्क नगरेको महिला हो/ अब बलर नाम जनाउने सब्द्लाई आफ्नो भासामा अर्थ खुल्ने सब्द बा वाक्यमा नाम दिय जस्तै कुमार बा कुमारी नाम जनाउने सब्द्लाई अरु भाषा बोल्नेले ती सब्द को अर्थ खुल्ने सब्द मा सम्बोधन गरे हाँसो उठ्ने हुन्छ बा रिस उठ्ने हुन्छ?

    Reply
  6. Ratna says:
    May 25, 2018 at 8:31 pm

    मेरो विचार मा Batting लाई मुङरो हनाइ र batsman or batter लाई मुङ्रे ठिक होला r

    Reply
  7. Ishan says:
    May 25, 2018 at 5:04 pm

    मीतब्यायी हैन मितव्ययी हो! शब्दकोश त हेर्नै पर्ने भएछ!

    Reply
  8. Ramesh Adhikari says:
    May 25, 2018 at 12:51 pm

    यो word ले भने मनै छोयो
    No-ball- यत्राको डल्ला

    Reply
  9. N. Baidya says:
    May 25, 2018 at 11:25 am

    Superb ! Hahahaha….!!! संस्कृत मा क्रिकेटलाइ “लम्ब दण्ड गोल पीण्ड धरपकड प्रतियोगिता” भन्छन भन्ने सुनेको; नेपाली भाषा का शब्द नि औधी रमाइलै हुने रैचन……!!!!

    Reply
  10. Shankar says:
    May 25, 2018 at 10:43 am

    सन्दिप डल्ला फेकुवा , ओली हल्ला फेकुवा |

    Reply
  11. amrit says:
    May 25, 2018 at 10:25 am

    no ball = यत्राको डल्ला ( मर्छु मा त हाँसेर)
    अरु पनि छन् त
    BAT – डन्डी ( उ क्या डन्डी बिओ को जस्तो )
    fielding – चौर हेराई
    fielder – चौरे
    wide ball – बडेमन को डल्लो

    Reply
  12. jag says:
    May 25, 2018 at 9:23 am

    Bye- फोसा रन- यो चै पूर्ण नेपाली भएन कि ?

    Reply
  13. Arun says:
    May 25, 2018 at 8:05 am

    economy भनेको अर्थतन्त्र मात्र हुँदैन । मीतब्यायी पनि हो । शब्दकोश पनि हेर्दै गर कहिलेकाहिँ ।

    Reply
    1. Salokya says:
      May 25, 2018 at 11:00 am

      अनि यहाँ सब भएकै कुरा मात्र अनुवाद गरेको भन्ठान्नु भएछ? नमस्ते छ है 😛

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme