Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेकपा बोइङको उडानमा चकलेट बाँडियो, चानचुने हो र – रोयल स्विस

Posted on May 19, 2018 by Salokya
http://www.mysansar.com/wp-content/uploads/2018/05/video-1526749793.mp4

समृद्धिको लक्ष्यसहित अघि बढेको कम्युनिस्ट पार्टीहरुले एकता नहुँदै केक कल्चर भित्र्याएका थिए- माओवादीले जनयुद्ध दिवसका दिन होस् कि एमालेका नेताहरुको बर्थ डे अवसरमा होस्, धमाधम केक काटेको समाचार आइरहेको थियो। पार्टी एक हुँदा भने केक काटिएन। शायद् काट्नुले त टुक्रनुको अशुभ संकेत गर्छ भनेर हो कि। पार्टी एक भएको खुसियाली त फेरि मनाउनै पर्‍यो। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ आइडिया ल्याएछन्- चकलेट बाँड्ने। चकलेट पनि चानचुने हो र- रोयल स्विस। हुन त टेम्पो चलाए जस्तो हो र, बोइङमा बाँडिन्छ त चकलेछ। फरक के भने एयर होस्टेसले हैन, होस्टाहरुले बाँडेछन् चकलेट।

एकीकृत भएको नेपाल कम्युनिस्ट पार्टी को पहिलो संसदीय दलको बैठकमा ओलीले प्रचण्डलाई मुख मिठो गराए- चकलेट दिएर।

एकछिनपछि बैठकमै कमरेडहरुले ग्वाम ग्वाम चकलेट खाएको देखियो।

http://www.mysansar.com/wp-content/uploads/2018/05/video-1526750046.mp4

फोटो : अंगद ढकाल

चकलेट नेताहरुले मात्र हैन, पत्रकारहरुले पनि पाए। पत्रकारहरुले सगौरव त्यसको फोटो फेसबुकमा पनि टाँसे। नेताको नून खाएको भए गुण तिर्नुपर्थ्यो होला, चिनी खाएको त तिर्नुपर्दैन नि, कि कसो?

फोटो : अंगद ढकाल

भिडियो हेर्नुस्-

3 thoughts on “नेकपा बोइङको उडानमा चकलेट बाँडियो, चानचुने हो र – रोयल स्विस”

  1. Kiran Rijal says:
    May 20, 2018 at 12:58 pm

    ह हा हा हा , मन पर्यो सैलोक्य जी , सारै मन पर्यो लेखन सैली , एक्लै हासे / ने क पा (underline ) बोइङ्ग का Air Hosta हरु ले चकलेट बाडेको /

    यो पनि सारै मन पर्यो :– “नेताको नून खाएको भए गुण तिर्नुपर्थ्यो होला, चिनी खाएको त तिर्नुपर्दैन नि, कि कसो?”

    Reply
  2. Suamn says:
    May 20, 2018 at 8:20 am

    रोयल काट्न भयानाचन नत्र स्विस चक्लाते दिन्ठेया होला

    Reply
  3. madan man bajracharya says:
    May 20, 2018 at 3:10 am

    दुई पार्टीका मिले खुसि भयर चकलेट खाउन बा रगत नै; हामीलाई मतलव छैन/ हामीलाई मतलव मात्र उनीहरु दुई जनाको पार्टी मिलेर भारत सिट गरेको सबै असमान सन्धिहरु र भारतले पालना नगरेको सन्धिहरु सबै खारेज गरेर नेपाललाई धनि बनाउने श्रोतहरु सबै सुम्पेर भारतले दिय मात्रै खान पाउने अबस्था बात नेपाललाई मुक्त गर्छ बा गर्दैन भन्ने कुरामा मात्रै छ/

    दिल्लिकालाई आफ्नो “प्रभु” मान्नेहरुले दिल्ली सम्झौता गरेर नेपाललाई धनि बनाउन सक्ने श्रोत अवशर सुम्पेकोले मात्रै नेपाल गरिव बन्न बाध्य भयको थियो/ अहिले मिलेका दुवै दलहरुले नेपालको श्रोतहरुको मालिक भारत हुने तेस्ता सबै सन्धिहरु खारेज होस् भनेर नारा लगायको थियो संघर्ष पनि गरेको थियो/ तर तेतिबेला मुख “जय नेपाल” भन्दै नेपालि झुक्किने के के नाम राखेर नेपालमा “जय भारत तन्त्र” लाद्नेको आफुखुसी तन्त्र चलेकोले नेपालको श्रोतको मालिक भारत हुने असमान सन्धिहरु ई दुई दलहरुले खारेज होस् भन्दैमा खारेज हुने अबस्था थियन/

    अहिले ई दुई दलहरुको २/३ बहुमत भयको सदन र सरकार बनेकोले ई दुई दलहरुले चाहेमा भारत सिट भय गरेको सबै असमान सन्धिहरु सजिलै सिट गर्न सक्छ/ अब हेर्नु छ हिजो तेस्तो सन्धिहरु खारेज हुँदै नहुने अबस्थामा चाहि तेस्तो सन्धिहरु खारेज होस् भनेर नेपालि भोकै हुने नेपालीकै रगत बग्ने आन्दोलन समेत गरेका ई दलहरुले ती सन्धिहरु खारेज गर्छ बा गर्दैन/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme