Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के वीरेन्द्र बियरले पूर्वराजपरिवारलाई रोयल्टी तिर्छ? बियर बनाउने कम्पनीलाई सोधेको, यस्तो जवाफ आयो

Posted on April 24, 2018 by Salokya

दिवंगत राजा वीरेन्द्रको स्केच र नाम राखेर उत्पादन भएको बियर बारे माइसंसारमा ब्लग राखेपछि धेरैले धेरैथरिका चासो राखे। कसैले भने, वीरेन्द्रको सम्मानै गरेको हो। कसैलाई लाग्यो अपमान भयो। सम्मान,अपमान भन्या मान्छेको मनको भावनाको कुरा हो। जसलाई जे पनि लाग्न सक्छ। एउटा अर्को प्रश्न पनि उठ्यो, ‘हैन अर्काको नामको बियर बनाएपछि के हकवालालाई रोयल्टी दिन्छ?’ सीधै भन्नुपर्दा ज्ञानेन्द्र परिवारले रोयल्टी पाउँछ त? यो प्रश्नको चाहिँ जवाफ खोज्न मन लाग्यो। बियर उत्पादन गर्ने कम्पनीको वेबसाइट हेरेँ। त्यहाँ सम्पर्क ठेगाना रहेछ। त्यसैमा इमेल गरेर सोधेँ- के वीरेन्द्रको नामलाई ब्रान्डको रुपमा प्रयोग गरेवापत् रोयल्टी तिर्नुहुन्छ परिवारलाई? जवाफ यस्तो आयो।

कम्पनीको डोमेनमा रहेको इमेलबाट एड्रियन वेबरले जवाफ फर्काए। त्यसमा रोयल्टीबारे केही उल्लेख छैन। बरु वीरेन्द्र कस्तो बियर हो भन्ने बखान गरिएको छ। उनका अनुसार वीरेन्द्र सिजनल बियर मध्येको एउटा हो। यसमा नेपाली टिमुर मसला प्रयोग गरिएको छ।
भनाईको अर्थ वीरेन्द्र बियर उनीहरुको नियमित उत्पादन हैन रे सिजनल अर्थात् केही महिनाका लागि मात्र उत्पादन भएको हो रे। अनि अहिले त झण्डै सोल्ड आउट भइसक्यो रे। मतलब अहिले त्यहाँको बजारमा किन्न खोजे पनि पाइन्न रे।
राजा वीरेन्द्रको बारेमा जान्न चाहनेहरुले यो बियरको निकै प्रशंसा गरेको पनि उनले इमेलमा बताए।

लौ अब राप्रपाका विद्यार्थीहरुलाई पनि ढुक्कै भो होला नि त। उनीहरुले यो बियरको उत्पादन बन्द नगरे नरम हैन कडा संघर्षमा उत्रने विज्ञप्ति निकालेका थिए। पढ्नुस् विज्ञप्ति। अब कम्पनीले नै उत्पादन बजारमै नपाइने गरी सोल्ड आउट भइसक्यो भनेपछि संघर्षमा उत्रनु परेन नि।

वीरेन्द्र बियरको विषय सामसुम भो अब यत्तिकैमा।

उता एउटा अमेरिकी ब्रुअरीले गान्धीको नाममा बियर उत्पादन गर्दा भारतीय अदालतमा मुद्दा परेको थियो र कम्पनीले माफी नै माग्नु परेको बारे बीबीसीले समाचार बनाएको थियो। पढ्न यहाँ क्लिक गर्नुस्।  कम्पनीले हाम्ले कहाँ अपमान गर्न खोज्या हो र सम्मानै गर्न खोजेका हौँ नि भन्ने तर्क पनि गरेको थियो।

1 thought on “के वीरेन्द्र बियरले पूर्वराजपरिवारलाई रोयल्टी तिर्छ? बियर बनाउने कम्पनीलाई सोधेको, यस्तो जवाफ आयो”

  1. madan bajracharya says:
    April 25, 2018 at 2:00 am

    सरकारले बीरेन्द्रलाई तानासाही र राजतन्त्र भनेको खराव भनेर घोसित अघोसित तरिकाले बिरेन्द्रलाई यक किसिमले अपराधि नै मानेर बिरेन्द्रको सम्पति नै रास्त्रियकरन ( जफत !!!) गरेर बिरेन्द्रको सम्पतिको मात्रै स्वामित्व ग्रहण गरेकोछ बिरेन्द्रको व्यक्तित्वको स्वामित्व ग्रहण गरेको छैन/
    यस्तो अबस्थामा ल मानि लिउ त्यो कम्पनीले रोयल्टी तिर्न तयारनै भय पनि त्यो रोयाल्टी लिने अधिकार बीरेन्द्रको उपलब्धिलाई पनि नमान्ने सरकारलाई होला जस्तो त् लाग्दैन/ त् कसले पाउला त्यो रोयाल्टी?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme