Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

वीरेन्द्र बियर : कमल थापा चुप, विद्यार्थी तात्तिए- कडा संघर्षको चेतावनी

Posted on April 20, 2018April 20, 2018 by Salokya

Turbinenbräu नामको स्विस कम्पनीले दिवंगत राजा वीरेन्द्रको नाम र फोटोसमेत हालेर वीरेन्द्र बियर बनाएर बेचेको बारे हिजो माइसंसारले लेखेको ब्लगपछि राजावादी पार्टीका रुपमा चिनिएको राप्रपाका अध्यक्ष कमल थापा चुप रहे पनि पार्टीको विद्यार्थी संगठनले भने आज विज्ञप्ति निकालेर विरोध गरेको छ। विज्ञप्तिमा ‘यदि यो विषय साँचो हो भने यो नेपालको राष्ट्रिय अस्मिता र पुर्खाहरुमाथिको नांगो बलात्कार हो’ भनिएको छ। लौ भो त अब, कुरा साँचो हो कि हैन नै कन्फ्युज रहेछन् उनीहरु। पहिला साँचो हो कि हैन बुझेर विज्ञप्ति निकालेको भए हुने। अनि विज्ञप्तिमा ‘नांगो बलात्कार’ पनि लेखिएको रहेछ। बलात्कार मात्र भने बुझिहाल्थे, नांगो किन लेख्नुपरेको होला! बलात्कार पनि नांगो, ननांगो हुन्छ र। 

विज्ञप्तिमा भनिएको छ- यस विषयमा सत्य तथ्य बुझी उक्त गलत कार्यलाई बन्द गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालय, नेपालस्थित स्वीस राजदूतावास, जेनेभास्थित नेपाली प्रतिनिधीको कार्यालय, उत्पादक कम्पनी लगायत सम्बन्धित पक्षको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं।

‘यदि यो गलत कार्य समयमा नै बन्द नभए राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कडा संघर्षमा उत्रने चेतावनी दिन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ।

संघर्ष चाहिँ कहाँ गर्ने हुन् कुन्नि? स्विट्जरल्यान्डै गएर गर्ने कि काठमाडौँमा? काठमाडौँमा फेरि आजभोलि जहाँ पायो त्यहीँ प्रदर्शन गर्न पाइन्न। सरकारले प्रदर्शन गर्न पाउने ठाउँ तोकिसकेको छ। गाह्रो पो छ त राजावादी बन्धुहरुलाई।

हेर्नुस् विज्ञप्ति

9 thoughts on “वीरेन्द्र बियर : कमल थापा चुप, विद्यार्थी तात्तिए- कडा संघर्षको चेतावनी”

  1. lok sigdel says:
    April 22, 2018 at 5:04 am

    कोदोको तीनपाने मा बिरेन्द्र लाइ डुबाएर हत्या गर्न खोजिएको होइन किनकि उहाको मिर्तू भैसकेको छ विदेशको एक कम्पनीले बिरेन्द्र एक भद्र र शालीन व्यक्ति थिए भनेर उहाको नाम बाट बिएर को नाम राखेर कम्पनी नै चलाईसक्यो भने हामी नेपाली प्रसंसा को सट्टा तोडफोड को कुरा गर्छौ बरु तस्बिर मात्र होइन सो कम्पनी लाइ तस्बिर मुनि राजाको बारेमा केहि राम्रा र परसंसा गर्न लाएक कुरा लेखेर बेच्न पत्राचार गर्ने कि ?

    Reply
  2. Basant Rana says:
    April 22, 2018 at 4:36 am

    बहाना मात्र चाहिन्छ नेपालीलाई मंगल ग्रह मा ढुङ्गा हान्ने बेर लाग्दैन

    Reply
  3. Bihari Shrestha says:
    April 21, 2018 at 7:11 pm

    King Birendra was Nepal’s head of state. Trying to commercialize his name for a commercial product undoubtedly amounts of belittling the dignity of the nation. Therefore, the government of Nepal must take it up with the Swiss government and make sure that this national insult is done away with instantly, and the responsible company apologizes to Nepal formally.

    Reply
  4. Shankar says:
    April 21, 2018 at 3:25 pm

    आत्तिनु पर्दैन जनमानस |कडा कडा झोल पिएर येसो साइट सिन गर्नेलाई नै कडा संघर्स भनेका न हुन् तिनले |

    Reply
  5. prana says:
    April 21, 2018 at 8:35 am

    मेरो विचारमा यसरि एउटा बीयरको नाम नै राख्नु भनेको ठुलो सम्मान हो | राजा बिरेन्द्रलाइ हामि पनि सम्मान गर्छौं, राप्रपाको विद्यार्थीले बिरेन्द्रको ठेक्का लिन पाउंदैन | मुर्खहरु | यस्तै मोटो बुद्धिले त हो जमानत जफत हुने गरि चुनाव हारेको |

    Reply
  6. prithvi narayan says:
    April 21, 2018 at 4:07 am

    लौ भएन त फसाद? फेरि र्हितिक रोशन काण्ड हुने भो |

    Reply
  7. binaya khadka says:
    April 21, 2018 at 2:10 am

    नेपालको सित्हैमा पर्चार भयको छ| यो त निकै राम्रो कुरो हो| किन बिरोद गर्नु पर्यो|

    Reply
  8. bijay says:
    April 20, 2018 at 10:53 pm

    ह़ा ह़ा स्विडेन ले नेपाली राजाको नाममा बीयेर बनाए
    अनि नेपालीले चै त्यसको बिरोधमा नेपालकै सत्यनास गर्ने भए /
    त्यसै गोरु खाली भएका हुन् र नेपाली ??

    Reply
  9. madan bajracharya says:
    April 20, 2018 at 9:19 pm

    राप्रपा र तेस्मा आबद्ध बिद्यार्थी संगठन राजाबादी हुन्/ राजावादी हुनु र नहुनु अपराध होईन बरु अधिकार नै हो/ नेपालको राजतन्त्रमा गुण र दोष दुवै भयको हामीले देखे भोगेकै हो/राजतन्त्र कसैलाई राजा मन परे कसैलाई मन परेन/ मन नपरेकामा नेपाली मात्रै होईन दिल्लीको नेताहरु पनि भयको हामि सबैले बुझेकै कुरा हो/ राजालाई मनपराउने कुरो मनमै सिमित रह्यो तर मन नपराउनेको पहुँच दिल्ली सम्मै पुगे/

    २००७ साल देखि नेपालको राजनीतिमा “जिस्का साथ् दिल्ली उसिका नेपालमे राज” हुने कुरा हुँदै आयको थियो र यसैको आधारमा (दिल्ली सम्झौता!!!) नेपालमा राजा र राजतन्त्र उन्मुलन भयो, नेपाली नागरिकहरुको बहुमतले राजा र राजतन्त्र उन्मुलन भयको थियन, कांग्रेस र यमाले तेतिबेला राजावादीनै थियो र मावोबादी समेतले दिल्ली सिट नझुक्ने नेपालको राजा महान रास्त्रवादी भन्दै थियो/ तर दिल्लीसम्झौता गरेर फर्के पछि यकायक कांग्रेस यमाले मावोबादी सबै राजा र राजतन्त्रको बिरोधि बन्दै राजा तानाशाही भयको भन्दै राजतन्त्र नै उन्मुलन गरे/ यस्तो गरिंदा चाहि अहिले बियरको बोतलमा राजाको तस्विर राखेकोमा बिरोध गरेर उफ्रिनेको समुहले केहि बोलेनन् गरेनन त् अब के भन्ने इनिहरुलाई?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme