Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पिएमज्यु, झण्डा त भूँइमा लत्रियो नि, सम्मान भएन – सरकारले नै बनाएको नियम उल्लङ्घन भयो

Posted on April 17, 2018 by Salokya


नयाँ वर्षको बेला पोखरा घुमघाममा व्यस्त भएकोले प्रधानमन्त्री केपी ओलीज्युको राष्ट्रका नाममा सम्बोधन टेलिभिजन र पत्रपत्रिकामा हेर्न पाइएन। साथी उत्तमले झण्डा कसरी राख्नुपर्छ भन्ने नियम रारामा उल्लंघन भए जस्तो लाग्यो हेर्नुस् है भने। यसो हेरेँ अहिले, काठमाडौँ पोस्टमा छापिएको फोटोमा टेबल र कुर्सीमा प्रधानमन्त्रीज्यु बस्नुभएको रहेछ र पछाडि नेपालको राष्ट्रिय झण्डा राखिएको रहेछ। झण्डालाई दुई वटा ढुंगाले च्यापेको जस्तो देखिएको छ। झण्डा भूइँमा लत्रिएको छ। के यसरी झण्डा राख्न पाइन्छ त? सरकारले नै बनाएको नियम हेरेँ। राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९ सरकारले बनाएको रहेछ र यो २०६९ साल जेठ २२ को राजपत्रमा प्रकाशित छ।

कार्यविधिको दफा ८ मा राष्ट्रिय झण्डाको प्रयोग गर्ने विधि उल्लेख छ। उपदफा गमा समानान्तरमा भूइँमा नलत्रने र कतै नछुने गरी आधार (बेस) सहितको डन्डामा राख्ने उल्लेख छ। यो पदाधिकारीको आसनको दाहिनेपट्टी कुर्सीमा राख्नुपर्छ। त्यसैगरी कुनै व्यक्तिले राष्ट्रिय झण्डा राख्दा पनि डन्डामा भूइँमा नलत्रने किसिमले ठड्याएर  राख्नुपर्ने नियम छ।

राष्ट्रवादी प्रधानमन्त्रीज्युले नै यसरी राष्ट्रिय झण्डाको सम्मान नदेखिने गरी काम गर्नु उचित हैन। झण्डा राख्ने काम प्रधानमन्त्रीज्युले पक्कै गर्नुभएन। तर स्वकीय सचिवलाई ह्रस्वदीर्घ नमिलाई ट्विट गर्दासमेत गाली गर्ने प्रधानमन्त्रीज्युले आफ्नै आँखा अगाडि त्यसरी लतारेर झण्डा राखेको देख्दादेख्दै चुप किन बस्नुभयो, कतै उहाँलाई सरकारले नै बनाएको नियम थाहा नभएको पो हो कि ! फेरि यो लेख्दा देशमा झण्डै दुई तिहाई बहुमत पाएको वाम गठबन्धनका साथीहरुको छाती भत्भती पोल्ला, कृपया गाली बक्नुअघि यो राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९ एक पटक पूरै पढ्नुहोला। लिङ्क गृह मन्त्रालयको साइटमा छ। यहाँ क्लिक गरी हेर्न सकिन्छ।

5 thoughts on “पिएमज्यु, झण्डा त भूँइमा लत्रियो नि, सम्मान भएन – सरकारले नै बनाएको नियम उल्लङ्घन भयो”

  1. madan bajracharya says:
    April 20, 2018 at 11:36 am

    मित्रहरु
    महाकाली सन्धि हुँदाखेरी ओली र संबिधान बनाउने देखि भारतको नाकाबन्दी गरेको बेलाको आयको फरकपनले ओलिको व्यक्तित्वमै ठुलो परिबर्तन ल्यायाकोछ/ यस्तो कसरि किन भयो र अहिले ओलीको पालामा जे भयो ती कुराहरु मात्र हेरेर ओलीको यस्तो हो तेस्तो हो भन्नु अलि छिटो हुन्छ जस्तो मलाई लाग्छ/ किनभने बिगतमा दिल्लीमा सम्झौता गरेर र दिल्लीमा सम्झौता गरेर नेपालको राजनीतिमा आयको नेता र परिबर्तनले हाम्रो नेपाल भन्नेको प्रतिनिधित्व गरेको देखिंदैन/ अहिले नेपालको राजनीति र शासन व्यवस्थामा जे जस्तो परिबर्तन भयको छ तेस्को आधार पनि दिल्ली सम्झौतानै हो/ तर यसपालि दिल्ली सम्झौता अन्तर्गत नै नेपालको राजनीति र शासन व्यवस्थामा परिबर्तन भय पनि अचम्मै सिट भारतले भने चाहे जस्तो भयन, यति भयकोमा खुसि त् मान्नु पर्छ तर आस्वस्त अहिलेनै हुन् चाहिं सकिंदैन/ आस्वस्त हुन् हामीले केहि समय त् पर्खने पर्छ/

    Reply
  2. SUN says:
    April 19, 2018 at 2:28 pm

    कसैलाई केहि मतलब भए त हो!

    Reply
  3. Navin Rayamajhi says:
    April 18, 2018 at 6:47 am

    प्रधानमन्त्री के पी ओलीले मुगुको रारा ताल किनार बाट देशबासी लाइ सम्बोधन गरिरहेको फोटोमा राष्ट्रिय झण्डा लत्रेर भुँइ छोएको देखिएको छ. मेरो जानकारी अनुसार यसरी राष्ट्रिय झण्डाले भुँइ छुनु भनेको देश र सम्पुर्ण देशबासीको अपमान हो. यस्तो किन हुन् गयो भनेर नेपाल सरकारले कुनै स्पष्टिकरण दिएको छैन, यस्तो अबस्था को बारेमा सरकारको उच्च तहमा बसेका पधाधिकारी हरुलाई जानकारी नै छैन भनेर अनुमान लगाउन सकिने कुरा भएन, के जानी जानी नै राष्ट्रीय झण्डा को अपमान गरिएको हो? आशा छ सम्बन्धित निकाय ले उचित जवाफ दिने छ.

    Reply
  4. bijay says:
    April 17, 2018 at 11:21 pm

    हेलिकप्टर चढ्न पाए पुगी हाल्यो नि
    झन्डाको बाल मतलब

    Reply
  5. किशोर says:
    April 17, 2018 at 10:26 pm

    डेनमार्कमा केजाती भट्ट भन्ने राजदुत हुँदा फुंग रंग उडेको र झल्लर भएको राष्ट्रिय झण्डा फहराएका थिए| उनलाई त्यो बेला केहि कारवाही गरिएन|
    यसरि राष्ट्रिय झण्डा लत्राउदा अपमान भएन त? अब त्यसै टारिदिने?
    राष्ट्रवादी ट्याग लाउन पनि ठिक नहोला, यो त मण्डलेहरुले उहीबेला बदनाम गरेको हो|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme