Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सबै हिन्दूलाई पादरी बनाउन २ करोडको सहायता

Posted on April 16, 2018 by Salokya


महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा यस पटक धर्मसम्बन्धी एउटा प्रसंग पनि उल्लेख छ। विषय समाज कल्याण परिषद्सँग सम्बन्धित छ। नन प्रोफिट अर्थात् नाफा नखाने संस्थाका रुपमा दर्ता भएका संस्थाहरु परिषद्‍मा आवद्ध भई स्वीकृति लिनुपर्ने प्रावधान छ। परिषद्को संरक्षकमा पहिले रानी ऐश्वर्य हुने गर्थिन्।

मलेप प्रतिवेदनमा लेखिएको छ-‘नयाँ पादरीलाई प्रशिक्षित गर्दै सबै हिन्दूलाई पादरीमा रुपान्तरण गर्ने विषय पृष्ठभूमिमा उल्लेख भएको भिजन नेसनल्स नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट निरन्तर सहयोग प्राप्त गरी सन् २००८ देखि सञ्चालनमा रहेको मर्सिमिसन हिमालयज नामक संस्थाले सो अन्तर्राष्ट्रिय गैरसरकारी सस्थासँग सन् २०१५।१६ को लागि रु.१ करोड ८ लाख र २०१६।१७ को लागि रु.१ करोड ९ लाखको सम्झौता गरेको छ।’

‘समाज कल्याण परिषद्सँग मर्सी तालिम केन्द्र परियोजना स्वीकृतिको लागि पेस गरेको प्रारम्भिक प्रस्तावको सि.नं.७ मा चर्चसँग आबद्ध युवालाई ग्रामीण तथा हिमालय क्षेत्रमा परिचालन गर्न प्रशिक्षित गर्ने, बाइबलको ज्ञान फैलाउने तथा स्थानीय चर्चमा नेतृत्व विकास गर्ने, हिमाली जिल्लाका दुर्गम ग्रामीण क्षेत्रमा अल्पकालीन मोबाइल बाइबल तालिम सञ्चालन गर्नको लागि सक्षम प्रशिक्षक तयार गर्ने कार्य उल्लेख गरेको देखियो।

उक्त संस्थाको २०७१।७२ को प्रगति प्रतिवेदनमा ६ महिने बाइबल तालिमबाट १० जना दीक्षित भएको, घुम्ती बाइबल तालिमबाट ३०० पास्चरलाई तालिम दिएको उल्लेख छ। तीन जिल्लाका सीमान्तकृत समूहको जीवनस्तर सुधार एवं दिगो जीवनयापनको लागि क्षमता अभिवृद्धि गर्न १४ जून २०१३ मा परिषद्सँग रु.५ करोड २३ लाख ७० हजारको परियोजना सम्झौता गरेको टियर फण्ड, बेलायतको संस्थागत उद्देश्यमा संसारभरका मानिसलाई गरिबी, पीडा र रोगबाट मुक्ति दिलाउँदै क्रिश्चियन शिक्षा र ज्ञानको प्रचार गर्नेउल्लेख छ। सो गैरसरकारी संस्थासँग कार्य गर्ने स्थानीय गैरसरकारी संस्थासँग १६ जुलाई २०१३ मा भएको सम्झौतापत्रमा क्रिश्चियनको अस्तित्व कायम गर्न र अनुयायीबीच एकता कायम गर्न क्रिश्चियन कर्मचारी भर्ना गर्न प्रतिबद्ध गराएको देखियो।’

प्रतिवेदनमा विवरण उल्लेख गरेर एउटा छोटो टिप्पणी मात्र गरिएको छ, ‘यस्ता संस्थाबाट कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिँदा तटस्थ हुने विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्दछ।’

तटस्थको अर्थ के इसाई मिसनरीले गर्ने सहायता अरु धर्मावलम्बीहरुले पनि पाउनु पर्ने भन्ने भनाई हो त यसको? अब होला त यस्तो?

8 thoughts on “सबै हिन्दूलाई पादरी बनाउन २ करोडको सहायता”

  1. madan bajracharya says:
    April 19, 2018 at 11:28 pm

    सबै धर्मले यो पृथ्बी ब्रम्हाण्ड आकाश र प्राणीहर भगवानले श्रीस्ती गरेको हो भन्छ/ भाषा फरक हुनेले भगवानको नाम फरक राखियो/ तर नाम फरक हुँदैमा भगवान र धर्म फरक हुँदैन/ त् जिजस मान्ने बिस्नु मान्ने र अल्लाह मान्नेहरुले यक अर्कोलाई फरक मान्नु त् नपर्ने हो/ प्रचलन पहिरन बातावरण र अबस्था बा परिस्थतिको कारणले फरक हुन् सक्छ/ तर यहि कारणले भगवान को हो भन्ने कुरा त् फरक हुँदैन/ तर धर्म संस्कार र परम्पराको नाममा आफुलाई अरु भन्दा ठुलो बनाउन खोज्ने स्वार्थिहरुको समुहले बोल्ने भाषामा राखियको भगवान र धर्मको नाम भन्दा फरक नामले भगवान र धर्म मान्नेलाई धर्म बिरोधि भयको भनेर बिबाद र बवाल मचाईरहेको छ/ भगवान बा धर्मको नाममा हुने उहिले पुन्न्य भनिने कार्यहरु अहिले कानुनन अपराध भैसकेको छ/ तापनि धर्म र भगवानको नाममा अहिले पनि कोहि कसैलाई तुच्छ अछुत मानेर पिडित बनाउने कुकार्य गर्दै आयकोछ/ यस्तैको कारणले यस्ताले मानेको धर्म र भगवान नमान्न कोहि बाध्य भयको हो/ धर्म र भगवानको मामिलामा दोषी धर्म परिबर्तन गर्ने होईन दोषी त् धर्म र भगवानको नाममा आफु ठुला र अरुलाई सानो र अछुत,आफुले गरेको गलत कार्यलाई “पुन्न्य” अरुले गरेको सहि कार्यलाई “पाप” मानेर अन्याय गर्नेहरु हो/

    Reply
  2. prithvi says:
    April 17, 2018 at 4:27 pm

    मार्ग चित्र ———हिन्दु राष्ट्र —–१०-१२ बर्ष पछि — धर्म निर्पेक्ष्य राष्ट्र –१०- १२ बर्ष — क्रिष्टियन राष्ट्र ———>अनी तेस्पछी नेपाल का आजसम्म शान्ती ले रहेका मुसल्मान हरु जाग्ने छन, अनी तेस्पछी देश सिरिया हुनेछ । ताउ ठाउँ मा बम, गोला, हत्या, युद्ध ………तेस्तइ तेस्तइ दिन दिन को समाचार …..नेपाल का आदीबासी, जनजाती, हिन्दू, थारु जे जती सदियौ देखी शान्तिपुर्वक मिलेर रहदै आएका थिए ति सबै को नामोनिशान कतै पनि भेटिने छैन ।

    Reply
  3. prithvi says:
    April 17, 2018 at 4:22 pm

    आज भन्दा कारीब १५ बर्ष जती अघी मैले धर्म निरपेक्ष हुनु हुँदैन, हिन्दू धर्म ले सबै धर्म को रक्षा गरेको छ भनेर कान्तिपुर मा लेख लेखेको थिए, तेती खेर मलाई चौतर्फी गाली बर्सिएको थियो, म राजाबादी, हिन्दू बादी, टपरे, पुरातन बादी, अनेक अनेक ! यही माइ संसार ले समेटा मेरो धर्म सापेक्ष र क्रिस्चियन धर्म ले देश निल्नेछ भनेर भन्न खोज्दा यहाँ पनि गाली खाए र पछी म यहाँ ब्ल्याक्लिस्टेड भए, मेरो अाइडी नै ब्लक भयो । मेरो अाइ डि नै पृथ्वी नारायण शाह भएको ले म घ्रिणा को पात्र नै भै रहे । अब को दश बर्ष मा धेरै चिज हुएन्छ, तर सबै भन्दा पहिला जनजाती र आदीबासी लाई इसाइ हरु ले सबै भन्दा पहिला चपरी मुनी हाल्दै छन, उनिहरु को पहिलो निशाना मा जनजाती आदीबासी नै छन किनकी जनजाती लाई साथ लिदा उनिहरु लाई पहिचान को कुरा गर्दै पहिचान नै ध्वस्त पार्न सजिलो हुन्छ । सबैलाई शुभकामना ।

    Reply
  4. राम बाबु श्रेष्ठ says:
    April 17, 2018 at 8:57 am

    समाज कल्याण परिषद पहिलेको जस्तो छैन । पहिला रानीको अध्यक्षतामा एन जी ओ, आई एन जी ओ लाई दर्ता गर्नु पूर्ब जाँचबुझ गर्ने गर्थे । यसले गर्दा ियनीहरु धर्म प्रचारमा सफल हुन सकेन । बहुदलका नेताहरुलाई पैसा ख्वाउंदै आन्दोलन गराई परिषद खारेज गर्नु पर्छ भन्ने नारा लगाउ िदयो । तर खारेज त गरेन परिषदका पदाधिकारी र कर्मचारीलाई पैसा ख्वाउंदै धर्म प्रचार गर्न स्वीकृति िलन सफल भए ।

    Reply
  5. Lawyer says:
    April 17, 2018 at 7:43 am

    I believe our constitution has a provision against this kind of blatant religion conversions. Shouldn’t we invoke that very law?

    Reply
  6. Mohan says:
    April 17, 2018 at 5:13 am

    मार्ग चित्र ———हिन्दु राष्ट्र —–१०-१२ बर्ष पछि — धर्म निर्पेक्ष्य राष्ट्र –१०- १२ बर्ष — क्रिष्टियन राष्ट्र ——

    Reply
  7. Sanat says:
    April 16, 2018 at 9:05 pm

    Katai yesto paisako durupayog hindubadi guru laai dgamki dine karya pani po ??

    Reply
  8. Mohan Sunuwar says:
    April 16, 2018 at 6:37 pm

    कुनै पनी देशलाई धोस्त बनाउनु छ भने त्यो देशको धर्म र सास्कृतिमा आक्रमण गर्नु पर्छा भन्ने सुनेको थिए आज प्रतक्ष रुपमा देखिंदै छ| फल्सोरूप अब केही समय देखि राम, सिता, गीता, नारायण भन्ने नेपाली नाम हराउदै जाने छ भने जोन . माइकल , लुसी नाम हरुले स्थान लिने छन् | ब्यग्तीगत स्वार्थको लागी देशलाई दाउमा राखेर एन जी ओ र आइ एन जी ओ चलाउने हरुलाई हद सम्मको कारबाई गरी यो स्वार्थमा आएका बिदेशी सस्थाहरुलाई बन्द गरौ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme