Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

इन्डिया इन्भाइटेड मि एन् ड.. आई भिजिटेड इन्डिया : प्रधानमन्त्री ओली

Posted on April 7, 2018April 7, 2018 by Salokya


नेपालका सप्पै प्रधानमन्त्रीले भारतकै भ्रमण पहिला गर्नुपर्ने किन? पहिलो संविधानसभाको निर्वाचनपछि बनेको सरकारका प्रधानमन्त्रीका रुपमा प्रचण्डले मात्रै चीन भ्रमण गरेका थिए। त्यसअघि र पछिका प्रमहरु भारतै भ्रमण गर्ने गर्छन्।

अहिलेका राष्ट्रवादी प्रधानमन्त्री पहिलो पटक प्रधानमन्त्री हुँदा पनि भारतै भ्रमण गरेका थिए सुरुमा। अहिले संक्रमण काल सकिएर शक्तिशाली प्रधानमन्त्री हुँदा पनि पहिले भारतकै भ्रमण गरे। किन? भारतीय मिडियालाई प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्री ओलीको जवाफ सरल थियो। के भने उनले हेर्नुस् भिडियो।

के के सहमतिको अपेक्षा गर्नुभएको छ भनेर भारतीय पत्रकारले सोध्दा पनि उनले दह्रै जवाफ दिएका छन्- मित्रता सहमतिभन्दा बढी महत्त्वपूर्ण हो।

यो हिजो शुक्रबार प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निवासमै गएर गरेको एक्लाएक्लै भेटपछिको प्रतिक्रिया थियो।

5 thoughts on “इन्डिया इन्भाइटेड मि एन् ड.. आई भिजिटेड इन्डिया : प्रधानमन्त्री ओली”

  1. Narendra says:
    April 7, 2018 at 5:17 pm

    मलाइ मन पर्ने २ जना हास्यकलाकार संगै रहेछन

    Reply
  2. नेपाली says:
    April 7, 2018 at 4:18 pm

    अरु त त्यस्तै हो , फोक्से ले मोदी लाई के के दिएर आएछ, त्यो चाही जान्न मन लाग्यो . भुटान जस्तो सानो देस बाट पनि कुक्कुर हरु ले केहि जानेनन कसरि भारत संग पानी को ब्यापार गर्नु पर्छ भनेर .

    Reply
  3. shyam pandey says:
    April 7, 2018 at 1:35 pm

    पछाडी राजपाल यादव हो?

    Reply
  4. अभि says:
    April 7, 2018 at 1:32 pm

    अहिलेको पुस्ताले भोगेको भनेको भारतको नाकावन्दी हो| मोदीजी प्रति नेपाली जनताले अपार सदभावना र असल छिमेकीको नाताले अपेक्षा पनि राखेकै थिए| उनको दुइटै नेपाल भ्रमणमा यी देखिए| नाकाबन्दी पछि नेपाली जनता र मोदी माझ ट्रस्ट डेफ़िसिट ह्वात्तै बढ्यो जुन अहिले आएर वाध्यताले भनौ वा सद्भावनाले वा व्यवहारिकताले हो दुवै नेतृत्व स्तरमा उक्त खाडल पुरिन खोजेको देखिए पनि यो समयले देखाउन खोज्ने कुरो हो| नेपाली जनता र भारत नभनेर यहा नेपाली जनता र मोदी भन्नुको आशय के भने मोदी नेपालमा आएपछि बर्षौको ओसिदै गएको चिसेनीलाई उनको ज्वलन्त व्यक्तित्व र भनाईले नेपालमा आश र आढ मात्र बढाएनन, बल्ल साचैं केहि गर्ने रहेछ भनेर भरोसा पनि पलाउन दिए|

    तर ती सबै चकनाचुर भए जब भूकम्पको क्रुर मारमा परेका नेपालीलाई भारतले नेपालकै तराईका केहि राजनैतिक दलहरुका स्वार्थ सिद्धिको अदुरदर्शी उक्साहटमा परेर लगाएको नाकाबन्दीले घावमा नुन खोर्सानी बर्षाउन लागे|
    अत्यधिक नेपाली जनताले अनुमोदन गरेको संबिधान प्रति हिच्किचाहट प्रकट गर्दै
    मोदीजीका बिशेष दुत काठमान्डू आएर लिस्ट नै देखाई यति यति काम गर्छौ भने गर नत्र भने… भन्ने तालमा सार्वभौम मुलुकलाई चेतावनी दिएको पनि सबैलाई विदितै छ|
    अहिले नेपाली जनताले तराईका कतिपय नेता भनौदाहरुलाई आत्मसात गर्न नसकेको कारण भूकम्पको मारमा परेकी नेपाल आमालाई भारत संग मिलेर नाकाबन्दीको भारले थिचाएको
    त्यसै बिर्सने कुरो होइन| त्यसको मतलब तराईको साधारण जनता प्रति शासनको असमान र हेपाई थिएन भन्ने होइन, सुनवाई र सुधार हुनपर्छ, अत्यावश्यकीय छ| आदिवासी जनजाती पनि त्यत्तिकै उत्पीडित छन्, सीमान्तकृत छन्| तर तराईका नाकाबन्दी समर्थक नेताहरुले जब चाकडी रुपमा आफुलाई प्रदर्शित गर्दै हाल लालु यादव संग फोटो खिचाए त्यो हदै थियो| शंका र राष्ट्रिय अभिमानको कुरा आयो|
    (समानताकै कुरा गर्ने हो भने कुरैको लागि भनौ जसरि भारतमा गोर्खा भर्ती गरिन्छ र गोर्खा सेना छ, त्यस्तै तराईका नेताहरुले भारतमा तराईका जनताका लागि पनि होस् भनेर किन मांग नराख्ने? यो किन केहि निश्चित जात जातिका लागि मात्र?)
    भारत हाम्रा अभिन्न मित्र हुन्, अत्यन्त निकट छिमेकी हुन्| एउटा सानो मुलुकको हैसियतमा नेपालले भारतको संबेदनशीलता प्रति गम्भीर हुन् जरुरी छ, त्यस्तै पारस्परिक रुपमा नेपालले पनि अपेक्षा गर्छ|
    भारतले होस् वा चीन अमेरिका बेलायत कसैले पनि ए उटा कुरोको हेक्का के पनि राख्न पर्छ भने जब कसैले नेपालीको स्वाभिमान र आत्मसम्मानमा चोट पुर्याउछ त्यो नेपालीको मनमा गढेर बस्छ र कुन रुपमा उद्गार हुने हो भन्न सकिन्न तर कुनै न कुनै दिन पोखिन्छ नै पोखिन्छ|

    Reply
  5. madan man bajracharya says:
    April 7, 2018 at 12:44 pm

    नेपाललाई पेल्ने मिच्ने हेप्ने भारतको सरकार चलाउने नेता नेपालको नेताको मित्र हुँदैमा भारत नेपालको मित्र हुन् सक्दैन/ नेपालको कालापानीमा बुटले कुल्चने भारतको सेनाले नेपालको नेतालाई दिल्लीमा बुट बजारेर सलामी दिंदैमा भारतले नेपालको सार्वभुम सत्ताको सम्मान गरेको मान्न सकिंदैन/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme