Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

१० दिने मौन ध्यान विपश्यना : कस्तो हुँदो रहेछ त? सुन्नुस् भिडियो अनुभव

Posted on April 2, 2018March 30, 2018 by Salokya

विपश्यनाबारे तपाईँले माइसंसारमा यसअघि पनि ब्लगहरु पढ्दै आएको हुनुपर्छ। १० दिन बाहिरी संसारसितको नाता तोडेर अन्तर्मुखी हुने कुरा सुन्दा अलि लामो लाग्न सक्छ। यहाँको दैनिकी फरक हुन्छ। बाहिर हुँदा दिनभर व्यस्त हुनेहरुले यहाँ निकै आराम पाउँछन्। टेलिफोनको त के कुरा, बाहिरी मानिससँगको त के कुरा, भित्रै आफूसँगै बस्ने ध्यानीसित पनि कुरा गर्न पाइँदैन। विपश्यनाभन्दा धेरै तर्सने गर्छन्- त्यत्रो दिन नबोली बस्नुपर्छ। दिनभर खाली ध्यान गरेर बस्नुपर्छ, अरु केही गर्न पाइँदैन। नबुझेर हो त्यसो भन्ने गरेका। भगवान गौतम बुद्धले सिकाएको यो विद्या सिक्न पाउनु अहोभाग्यको कुरा हो। यहाँ दिनभर ध्यान गरेर मात्र बस्नुपर्ने कुरा साँचो हैन। प्रशस्तै आरामको समय पनि पाइन्छ। आज यहाँ आफ्नोभन्दा पनि अरुको अनुभव बाँड्दैछु। सहकर्मी स्वेच्छा राउतको विपश्यना ध्यानको भिडियो अनुभव हेर्नुस्।

विपश्यनाबारे थप ब्लगहरु
‘शिलाकी जवानी’ले सन्यासीलाई मार
अध्यात्मको आकर्षण
जीवन व्यवस्थित गर्दै विपश्यना
अनि वीरेन्द्रको विपश्यना जाने सपना यो जुनीमा अधुरै
म पनि तटस्थताको पक्षमा
गणेशमान सिंह, अक्सफोर्ड लर्नर र विपश्यना
मनको ‘अपरेसन’ का लागि टाढिँदैछु म सबैबाट

7 thoughts on “१० दिने मौन ध्यान विपश्यना : कस्तो हुँदो रहेछ त? सुन्नुस् भिडियो अनुभव”

  1. Pingback: सतिपट्ठान : बुद्धको वाणी पछ्याउँदै ध्यानको अभ्यास गर्दाको अनुभव – MySansar
  2. amitav says:
    April 6, 2018 at 7:36 pm

    निरन्तरता दिनुहोला,अरुलाइ पनि प्रोत्साहित गरेर पुण्य संचय गर्ने कार्य लाभदायि सिद्ध होस मंगल कामना !

    Reply
  3. Mian says:
    April 4, 2018 at 5:13 am

    गारो होला जस्तो लाग्यो आट्नेलाई सलाम छ

    Reply
  4. योगेश आदी,न्यूयोर्क says:
    April 3, 2018 at 9:16 am

    संसारमा सबै कुरा सापेक्ष र निरपेक्ष हुन्छ / प्रस्तोताले भने जस्तै “सबैले जहिले गएपनि हुन्छ” भन्ने हुदैन / खानाको वास्तविक स्वाद र आनन्द भोकाएको मानिसलाइ आउछ / डिजेल गाडीमा पेट्रोलले काम गर्दैन / सबै घाउ नेस्पोरिनले ठिक हुदैन / अमेरिकाको भिसा लागेकोले सबैलाई सुनाउछ, नलागेको अझ धेरै हुन्छ, जो चुपचाप बस्छ / यो १० दिने बिपस्यना गएर बिचमा छोड्ने तथा पुरै सकेर पनि उपयोगी नमान्नेहरु पनि होलान, जो चुपचाप बस्छन / यो ध्यान सकेको पहिलो महिना नयाँ जोगी जस्तो उत्साहित हुने र पछिपछि फेरी उस्तै भयो भने के अर्थ रह्यो र ? त्यसैले, जो नैरास्य छ / चिन्ताग्रस्त छ / रिसाहा छ / मनथिर छैन / मनोरोगी छ / उनीहरु जाँदा उपयोगी होला /

    Reply
  5. Santosh Paudel says:
    April 2, 2018 at 4:03 pm

    Thanks ?

    Reply
  6. श्री कृष्ण says:
    April 2, 2018 at 1:20 pm

    २०६२/६३ तिर म पनि बसेको थिए १० दिन ! मलाई एकदम राहत महसुस भएको थियो यो दश दिन ! त्यो भन्दा पछी धेरै प्रयास गरे तर समय नै निकाल्न सकियन ! विपश्यनाको दश दिनले जीवन र जगत लाइ हेर्ने दृष्टिकोण नै बदलिन पनि सक्छ ! शुद्द साकाहारी भोजन, आर्य मौन, दैनिक कार्य तालिका ….. अत्यन्तै उत्कृष्ट दश दिन !

    Reply
  7. abhishek lama says:
    April 2, 2018 at 5:00 am

    धेरै राम्रो स्वस्थको लागि पनि राम्रो हो मौन ब्रत्त सके सम्म एक सालमा ३ दिन भए पनि बस्दा हेल्थको लागि अत्ति उत्तम हुनेछ !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme