Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सुहाएन है सुहाएन, संघीय संसदको यो पारा

Posted on March 30, 2018March 30, 2018 by Salokya


बिहीबार पहिलो पटक राष्ट्रिय सभा र प्रतिनिधि सभा (संघीय संसद)को संयुक्त बैठक बस्यो, जसमा राष्ट्रपतिले सम्बोधन गरिन्। राष्ट्रपतिले सम्बोधन गर्ने यो कार्यक्रममा केही नसुहाउने खालका दृश्य देखियो। बैठक सुरु हुनुअघि डायसमा यस्तो देखिएको थियो। चार वटा कुर्सी। सम्बोधन गर्नुपर्ने राष्ट्रपतिले, चार वटा कुर्सी चाहिँ किन? एउटा राष्ट्रपतिका लागि, अर्को प्रतिनिधि सभाका सभामुखका लागि। पहिले दुई कुर्सीमात्रै हुन्थे। अहिले राष्ट्रिय सभा पनि भएकाले त्यसका अध्यक्षको लागि तेस्रो कुर्सी पनि। चौथो कुर्सी चाहिँ कसका लागि त?


कार्यक्रम सुरु भएपछि ती कुर्सीमा अतिथिहरु बस्न थाल्दा बल्ल थाहा भयो, त्यो अर्को कुर्सी चाहिँ उपराष्ट्रपतिका लागि रहेछ।

पहिले भए उपराष्ट्रपति हलको बरण्डामा छुट्याइएको विशेष स्थानमा बस्थे यस्ता कार्यक्रममा। त्यसो गर्दा उनलाई असहज महसूस भयो रे। संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालका अनुसार उपाय खोज्ने क्रममा माथि पनि नहुने, तल पनि सांसदहरु बस्ने ठाउँमा बस्न नमिल्ने, के गर्ने त भन्दा डायसमै बसाइदिने। नयाँ अभ्यास थालेको रे।

तर कति अमिल्दो देखिएको यसरी बस्दा। अरु देशमा पनि यस्तो चलन छैन।

भारतमा राष्ट्रपतिले उभिएर सम्बोधन गर्दा तल्लो सदनका सभामुख र माथिल्लो सदनका अध्यक्ष दायाँ बायाा सिटमा बसिरहेका हुन्छन्। हेर्नुस् फोटो

अमेरिकामा पनि राष्ट्रपति उभिएर सम्बोधन गर्छन्, प्रतिनिधि सभाका सभामुख र सिनेटका अध्यक्ष सँगै माथि कुर्सीमा बसिरहेका हुन्छन्-

स्पष्टीकरण : कोहीकोहीले उपराष्ट्रपति हो, सिनेट अध्यक्ष हैन भनेको पाइयो। खासमा नेपालमा मात्र उपराष्ट्रपतिलाई खास काम नभएको हो, अमेरिकी संविधान अनुसार उपराष्ट्रपति नै सिनेटका अध्यक्ष हुन्छन्।

नेपालमा मात्र सबैलाई लहरै राखेर राष्ट्रपतिलाई समेत बसाएरै सम्बोधन गर्न लगाइन्छ। उभिएर भाषण गर्दा मान घट्छ भनेर हो कि? खै उभिएरै भाषण गर्दा अमेरिकाको राष्ट्रपतिको, भारतका राष्ट्रपतिको मान घटेको छैन क्यारे। अझ कहीँ नभएको जात्रा हाँडिगाउँमा भन्या जस्तो उपराष्ट्रपतिलाई पनि त्यहीँ लगेर सिटमा बसाउनु पर्ने हामीलाई। यति गरिसकेपछि चाहिँ उपसभामुख र उपाध्यक्ष गरी दुई जनाको कुर्सी पनि त्यहीँ थपिदिएको भए के बिग्रन्थ्यो र।

नसुहाएको कुरा २

अनि फेरि माथिको फोटो हेर्नुस् त- राष्ट्रपतिको पछाडि सैनिक अनि सभामुख र अध्यक्षको पछाडि दुई जना ठिङ्ग उभिएका ! कस्तो नराम्रो देखिएको। त्यसरी उनीहरु पछाडि बस्न किन जरुरी थियो? कस्तो खालको सुरक्षा चाहिने हो राष्ट्रपतिलाई- संसद भवनको कडा सुरक्षा घेरामा पनि कुर्सी पछाडि सेना चाहिने? राजाको पालामा पनि त्यसरी सैनिक त उभिने थिएन है।

सन् १९९९ मा सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै तत्कालीन राजा वीरेन्द्र। रोयटर्स फोटो

नसुहाएको कुरा ३
उपराष्ट्रपति त्यहाँ नजिकै कुर्सीमा बसे पनि राष्ट्रपतिले सम्बोधनका क्रममा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र संघीय संसदका सांसदहरुलाई मात्र सम्बोधन गरिन्, उपराष्ट्रपतिको नाम लिइनन्। यसले मञ्चमा उपराष्ट्रपतिको उपस्थिति नबोलाएको पाहुना सरह देखिरहेको थियो।

नसुहाएको कुरा ४
सम्बोधन सकिन लाग्दा चार जना विशिष्टका पछाडि चार जना उभिन आइसकेका थिए। खासमा उनीहरुको काम कुर्सी तान्ने रहेछ। हे दैव, त्यति कुर्सी त आफै तान्न पनि सकिन्छ होला हौ। अनि उपराष्ट्रपतिलाई सुरुमा पछाडि उभिने कोही थिएन। पछि कुर्सी तान्नुपर्दा मात्रै आए एक जना।

नसुहाएको कुरा ५

आफै हेर्नुस् भिडियो

5 thoughts on “सुहाएन है सुहाएन, संघीय संसदको यो पारा”

  1. Basant Rana says:
    March 31, 2018 at 12:19 am

    कुर्सी तान्न, ब्रीफकेस /जुत्ता चप्पल बोक्न,ढोका खोल्न,चिया पकाएर खुवाउन सहयोगी राख्ने मानसिकता बोकेकाहरुले आफ्नो दुनो सोझ्याउनु बाहेक केहि गर्दैन लेखेरै राखे हुन्छ I

    Reply
  2. ramesh says:
    March 30, 2018 at 9:58 am

    sahi kuro…

    Reply
  3. kamal says:
    March 30, 2018 at 7:49 am

    Under US constitution, the vice president is also the leader of the Senate so mysansar is correct.

    Reply
  4. Kancha123 says:
    March 30, 2018 at 7:20 am

    Minor Correction ! अमेरिकामा देब्रे पट्टि उप रास्ट्रपति र दाया पट्टि कंग्रेस का सभामुख बस्छन!

    Reply
  5. ek badhur pradhan says:
    March 30, 2018 at 4:46 am

    यो केहि होइन काम नपाउने लाइ काम दिएजस्तो . चारै जनाले जागिर खान कतै निबेदन दियो भने कुनै काम पनि पाउने छैन. योग्यता के नै छ र.? राजा नचाहिने तर राजाको भन्दा बढी मान सम्मान खोज्ने यी नव सम्राट हरु हुन्… बस. यो गणतन्त्र ले जनता लाई दिन दिने बिझाउने छ अन्तत :

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme