नेपाल टेलिकमको सिम चलाउनु हुन्छ भने मंगलबार तपाईँहरु मध्ये धेरैले एउटा एसएमएस पाउनु भएकै होला। अविवाहित, विवाहित, बच्चा, बूढा सबको मोबाइलमा आएको त्यो मेसेजमा पठाउने अर्थात् सेन्डरको नम्बर थिएन। र त्यसमा रिप्लाइ पनि गर्न मिल्दैन थियो। नम्बरको ठाउँमा NHEICC मात्र लेखिएको थियो। को हो त तपाईँलाई त्यस्तो मेसेज पठाउने?
खासमा NHEICC को पूरा अर्थ National Health Education, Information and Communication Centre अर्थात् राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र हो।
यसका निर्देशक सुनीलराज शर्मा र सूचना अधिकारी कुञ्जप्रसाद जोशी हुन्। अर्थात् तपाईँको मोबाइलमा यसरी सूचना पठाउन मुख्य जिम्मेवार व्यक्ति यिनै हुन्।
स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको यो केन्द्रले स्वास्थ्य सम्बन्धी विभिन्न पुस्तक, ब्रोसरहरु पनि प्रकाशन गर्ने गर्छ।
एउटा किताबका केही अंश