Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सुटुक्क सच्याइयो चन्द्रमामा जग्गा किन्ने पहिलो नेपालीको समाचार

Posted on March 27, 2018March 27, 2018 by Salokya


उज्यालो अनलाइनले चन्द्रमामा जग्गा किनेर मुर्गा बनेका एक नेपालीको बारेमा बनाएको अतिरञ्जित समाचारको चिरफार मैले यहाँ गरेको थिएँ। पढ्न छुटाउनु भएको भए क्लिक गर्नुस्- चन्द्रमामा जग्गा किन्ने नेपालीको समाचार : मुर्गा बन्ने पनि उस्तै, बनाउने पनि उस्तै, मिडिया झन् के भा’को हरे शिव!

एक हप्तापछि यो समाचारको लिङ्क हेर्दा त्यसमा सुटुक्कै केही सच्याइएको भेटेँ। के सच्याइयो त हेरौँ।

पहिलेको समाचारमा लेखिएको थियो-

संसारभरीका जिज्ञासुले झैं ५४ वर्षीय जोशीले पनि सानैमा संयुक्त राज्य अमेरिकाका निल आर्मस्ट्रङ्ग र तात्कालीन सोभियत संघका यूरी गागारिनले प्रारम्भिक पाइला टेकेको सुन्नुभएको थियो।

अहिले भने त्यसलाई सच्याएर यस्तो बनाइएको छ-

संसारभरीका जिज्ञासुले झैं ५४ वर्षीय जोशीले पनि सानैमा संयुक्त राज्य अमेरिकाका निल आर्मस्ट्रङ्ग र एडवर्ड एल्ड्रिनले प्रारम्भिक पाइला टेकेको सुन्नुभएको थियो ।

पहिले यस्तो थियो र पछि यसरी सच्याइएको भन्नेबारे कुनै सूचना नदिई सुटुक्कै सच्याइएको छ।

यो बाहेक अरु गल्ती र अतिरञ्जनाहरु भने समाचारमा अझै यथावत रहेछन्। जस्तै

१) भाञ्जा स्वराज सागर प्रधान अमेरिकी नेसनल एरोनोटिक्स् एण्ड स्पेस एड्मिनिष्ट्रेशन (नासा) का नेपालका तर्फबाट सदस्य रहेको भनिएको छ। जबकि उनी नासाको हैन नेपालको नासो भन्ने संस्थाका सदस्य हुन्।

२) एकडलाई एक्री भनेर लेखिएको छ। जमिनको माप एक्री कतै पनि हुन्न। न चन्द्रमामा, न पृथ्वीमा।

३) यसप्रकारको (चन्द्रमाको जग्गा बेचबिखन) कार्य संयुक्त राज्य अमेरिका र तत्कालीन सोभियत संघबीच भएको समझदारी अनुरुप सन् १९८० देखि नै हुँदै आएको थियो भनेर समाचारमा लेखिएको छ जबकि यस्तो समझदारी भएकै छैन।

४) यो हावा र फोकटिया जग्गा प्रमाणपत्र र नागरिकता पाएपछि जोशीले अन्तरिक्ष विज्ञानको थप अध्ययन गर्न थालेको, त्यसमार्फत् देशको नाममा गर्न सकिने योजना बनाउन थालेको, त्यसका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानलाई पत्राचार गरिसकेको, विश्वमा नेपालको पनि आफ्नै अन्तरीक्ष योजना छ भन्ने देखाउन चाहेको जस्ता अतिरञ्जित गफ अझै कायमै छ।

५) गुगल सफ्टवेयरमार्फत् चन्द्रमाको भूअवस्थाको सूक्ष्म अध्ययन गरिरहेकोमात्र हैन, भर्चुअल रकेटको अभ्यास गरेर आफू पनि चन्द्रमा पुग्ने निश्चित जस्तै रहेको हास्यास्पद दावी पनि अझै हटेको छैन।

समाचार पढ्न यहाँ क्लिक गर्नुस्

2 thoughts on “सुटुक्क सच्याइयो चन्द्रमामा जग्गा किन्ने पहिलो नेपालीको समाचार”

  1. नाममा के छ र says:
    March 28, 2018 at 8:32 pm

    सच्याएको अझै गलत छ, एडवर्ड ए हैन ! एडविन एल्ड्रिनले हो तर सबैले भन्ने नाम चै बज एल्ड्रिन! एडमण्ड त एडमण्ड हिलारी हो, सगरमाथा वाला|

    Reply
  2. dor prasad says:
    March 28, 2018 at 2:36 am

    अब रमेश जी ले मगल ग्रह मा जग्गा किन्ने कि ?
    अनि सुक्र ग्रहमा नि ? ब्रस्पति ग्रह को चन्द्रमामा को जग्गा ? तारा को नाम रमेश रख्नें कि ?
    यो हेर्नु होस् –
    https://www.buymars.com/mars-land
    यो सबै रमाइलो को लागि बहिरेहेको छ … ठुलो समाचार बनानुने समाचार संस्था कति उल्लु ह ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme