Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

घोडाजात्राको अघिल्लो दिन नेपाली सेनालाई भारतको गिफ्ट : दिने भारतीय राजदूत, लिने प्रधानसेनापति

Posted on March 17, 2018 by Salokya


घोडाजात्राको अघिल्लो दिन एउटा गज्जबको फोटो हेर्न पाइयो। नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्री लिँदै थिए। दिँदै थिए भारतीय राजदूत मन्जीव सिंह पुरी। पुरीको हातमा घोडाको लगाम थियो। उनले त्यो लगाम प्रधान सेनापतिलाई बुझाउँदै थिए। सेनाले पठाएको विज्ञप्ति अनुसार यी घोडाघोडीहरु नेपाली सेनालाई भारतीय सेनाले सहयोग स्वरुप दिएको हो। भारतीय सेनाले दिएको भनिए पनि त्यहाँ भारतीय सेनाका प्रतिनिधि हैन भारतीय राजदूत देखिए। नेपाली सेनाका पनि प्रधान सेनापति जस्तो शीर्ष व्यक्ति नै उपस्थित हुनु जरुरी थियो कि थिएन घोडा बुझ्ने कार्यक्रममा, शायद सरकारले मूल्याङ्कन गर्ला। धन्न कसो रक्षामन्त्री नै उपस्थित भएर बुझेनछन्। 

भरतपुरस्थित सैनिक ईक्वाइन बृडिङ सेन्टरका लागि विभिन्न जातका ७ वटा घोडाघोडीहरु भारतले गिफ्ट दिएको रहेछ।

सेनाको विज्ञप्ति अनुसार घोडाघोडी बुझेपछि प्रधान सेनापति राजेन्द्र क्षत्रीले भने-

यस प्रकारको सहयोगबाट नेपाली सेना र भारतीय सेनाको परापूर्वकालदेखि रही आएको सुमधुर सम्बन्धलाई निरन्तरता दिन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । साथै, यस सहयोगले बृडिङ सेन्टरबाट उत्पादन भएका घोडाघोडीहरु नेपाल क्याभलरी, नेपालका मठमन्दिर र नेपाल प्रहरीलाई समेत उपलब्ध गराउने भएको हुँदा देशको आर्थिक व्यायभारमा समेत कमी आउने देखिएकोले भारतीय सेनाको यस कार्यबाट नेपाली सेनासँग अझ बढी सुमधुर सम्बन्ध कायम राख्न टेवा पु¥याउँदछ भन्दै भारत सरकार, भारतीय राजदुत तथा भारतीय सेनालाई हार्दिक धन्यवाद दिनु भएको छ।

हाम्रो नेपाली राजदूतले पनि भारतीय सेनाका प्रधान सेनापतिलाई यसरी नै केही गिफ्ट गर्दै गरेको देख्ने मौका आउला त? त्यसका लागि त भारतमा नेपाली राजदूत पनि हुनुपर्‍यो नि।

अनि अरु कुनै देशका राजदूतले यसरी अर्काको देशमा गएर प्रधान सेनापतिलाई गिफ्ट दिने अनि त्यो देशका प्रधान सेनापतिले बुझ्ने गरेको छ कि छैन होला हँ? तपाईँलाई थाहा छ?

3 thoughts on “घोडाजात्राको अघिल्लो दिन नेपाली सेनालाई भारतको गिफ्ट : दिने भारतीय राजदूत, लिने प्रधानसेनापति”

  1. madan bajracharya says:
    March 21, 2018 at 10:10 pm

    भारतले नेपाललाई नेपाल पनि भारत जस्तै स्वतन्त्र र सार्वभौम सट्टा सम्पन्न मुलुकको रुपमा होईन भारतको अघोसित स्वायत प्रदेशको रुपमा ब्यबहार गर्दै आयको छ र यो कुरामा आफु जसरि भारत आश्रित बने तेसरी नै नेपाल र नेपालीलाई पनि भारत आश्रित मुलुक बनाउने नेतानै सर्वेसर्वा भयको दल र तिनका नेताको सरकार जिम्मेवार छ/ यसैको कारणले भारतको राजदुतले नेपालमा कुनै पनि देसको राजदुतले नगर्ने ब्यबहार गर्दै आयको छ/ यो कुरालाई हेरेर बिदेसी राजदुतहरुको ब्यबहार र आचरण कस्तो हुनु पर्छ भन्ने कुरामा नेपालको अबको सरकार सतर्क रहनु पर्छ/

    बाहिर बात हेर्दा नेपाल र नेपालि भारत आश्रित भयको देखिन्छ/ तर बास्तविकता त् भारतनै नेपाल आश्रित मुलुक हो/ नेपालको ठुला नदीहरु कब्जाउन नसकेको भय नेपालले भारत सिट होईन भारतले नेपाल सिट खाद्यान्न र पिउने पानि र बिजुली किन्न बाध्य हुन्थ्यो/ भारतले बनाउने बस्तु नेपालमै बनाउने उद्योगहरु धमाधम बन्द नगरेको भय, भारतमा बनिने सामानमा न्युनतम र अरु देसमा बनिने तेस्तै सामानमा अधिकतम भन्सार नलगायको भय नेपालको बजारमा भारतमा बनेको सामान बिक्नु त् परे देखेमा पनि अचम्म मान्नु पर्ने हुन्थ्यो/ तेसैले नेपालले अरु मुलुक बात भारतमा पनि बनिने सामान हरु किन्न नदिन के सम्म गर्छ भन्ने कुरा उल्लेख पनि गर्नु पर्दैन/ उदाहरणको निमित लिने हो भारतीय गाडीहरुमा मात्र ३०% तर जापान र अरु देसमा बनेको गाडीमा २३० % र नेपालमै बनाईने गोल्छाको गाडीमा ६७% अन्तशुल्क लागेकै कारणले नेपालमा र बिदेशमा बनेको गाडीहरु भन्दा भारतको गाडीहरु सस्तो देखियको हो/ यदि भारतमा बनिने गाडीमा कम भन्सार लाग्ने नियम नबनायाको भय आज नेपालमा भारतले बनाउने भन्दा उच्च स्तरको अरु देसमा बनेको गाडीहरु र नेपालमै गोल्छाले बनाउने गाडीहरु भारतको गाडी भन्दा सस्तो मोलमा नेपालीले किनेर चलाईरहेको हुन्थ्यो/

    भारतले र नेपालका केहि दलका केहि नेताले नेपाल र भारत बिचमा घनिष्ट नाता भयको भन्छन तर उनीहरुले भनेको त्यो घनिष्ट नाता भारत र नेपालकै बिचमा भयको नाता होईन बरु भारतीय र नेपाली नेता बिचको ससुरो ज्वाई भाई भतिजाको नाता मात्रै हो/यस्तो नातामा गान्सियाको नेपाल र भारतको नेताहरुले दसौ हजार बर्ष देखि स्वतन्त्र रहेको नेपाल र सन् १९४५मा मात्रै स्थापना गरियको भारत भनिने देस सिट सदियौं देखि सम्भंद भयको भनेर नेपालीलाई झुक्याउने नेताहरुको सरकारको कारणले नै ………/

    Reply
  2. Karbir says:
    March 19, 2018 at 8:38 pm

    नेपालको नेपाली सेनाले जे मन लायो त्यहि गरेर आफुलाई विवाद भन्दा टाढा राख्नु पर्ने हो I कसैबाट केहि कुरा ( पुरस्कार, मान, पदवी, चन्दा, सहयोग) स्विकार्नु भन्दा पहिले प्रोटोकोलको पनि ख्याल गर्ने कि ? सेना लोभी, पापी भयो भने देशको सत्यानास हुन्छ भन्ने कुरा बुझ्न जरुरि छ, सेनाले याद राख्नु पर्ने हो कि नेपालीलाई सेनाको कुनै आवस्यक छैन, त्यसमाथि जे पायो त्यै गरेर सेनाले आफुलाई झन् बद्नाम गर्ने काम बन्द गर्नु पर्छ.

    Reply
  3. Jeevan Shrestha says:
    March 19, 2018 at 8:55 am

    नाम मात्र को प्रधानसेनापति त हो.. काम त उही बाटो खन्ने ठेकेदार !! So No problem.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme