Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अङ्कमा रहेको प्रदेशले नाम पायो, सबैभन्दा पहिलो बन्यो प्रदेश नम्बर ६

Posted on February 24, 2018 by Salokya


नाम र राजधानीमा विवाद हुने भन्दै संविधान जारी हुँदा बेनामे प्रदेशसहितको संविधान जारी गरियो। प्रदेश सभाको दुई तिहाईले जुनसुकै बेला प्रदेशको नाम र राजधानी परिवर्तन गर्न पाइन्छ। देशका सात प्रदेशमध्ये सबैभन्दा पहिले नाम पाउने प्रदेश भने ६ नम्बर प्रदेश भएको छ। प्रदेशसभाको फागुन १२ शनिबारको बैठकले ‘कर्णाली प्रदेश’ नामाङ्कन गरेको छ।

बैठकमा नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेलले प्रदेशको नाम ‘कर्णाली’ राख्नुपर्ने राखे। नेपाली काँग्रेस जुम्लाका सांसद दीनबन्धु श्रेष्ठ, एमाले डोल्पाका सांसद वीरबहादुर शाही र राप्रपा कालीकोटका सांसद सोशिला शाहीले समर्थन गरे।

४० सदस्यी प्रदेश सभामा यो पारित हुन दुई तिहाई अर्थात् २७ सदस्यको समर्थन आवश्यक हुन्थ्यो। तर ३७ सदस्यले पक्षमा मत जाहेर गरे। निर्वाचित सांसद चन्द्रबहादुर शाही र झोवा विक अनुपस्थित रहे भने सभामुख राजबहादुर शाहीले भोट हाल्न पाउँदैनन्।

यसअघि देशलाई १४ अञ्चलमा विभाजन गर्दा पनि कर्णाली अञ्चलको नाम कायम थियो। कर्णाली अञ्चलमा डोल्पा, जुम्ला, हुम्ला, कालिकोट र मुगु पर्थे। अहिलेको कर्णाली प्रदेशमा भने ती जिल्लाका अतिरिक्त दैलेख, जाजरकोट, रुकुम पश्चिम, सुर्खेत र सल्यान पनि पर्छ।

यसैगरी बैठकले सर्वसम्मत रुपमा प्रदेश नं ६ को प्रदेशको राजधानी सुर्खेत (वीरेन्द्रनगर) राख्ने निर्णय गरेको छ।

नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले ‘प्रदेश राजधानी सुर्खेतमा राखियोस्’ भनी प्रस्ताव गरेका थिए। प्रस्तावमा नेकपा (एमाले)का सांसद गुलाबजंग शाह र नेकपा (माओवादी केन्द्र)का सांसद गणेशप्रसाद सिंहले समर्थन जनाए।

छलफलमा भाग लिँदै कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले मौसमी राजधानीको व्यवस्था गर्दै जुम्लालाई ग्रीष्मकालीन र वीरेन्द्रनगरलाई शीतकालीन राजधानी बनाउनुपर्ने धारणा राखेका थिए।

5 thoughts on “अङ्कमा रहेको प्रदेशले नाम पायो, सबैभन्दा पहिलो बन्यो प्रदेश नम्बर ६”

  1. Dhan bahadur rokaya says:
    March 1, 2018 at 2:25 pm

    राजधानी j u m l a h u n u p a r n e

    Reply
  2. Birman Limbu says:
    February 26, 2018 at 9:07 am

    प्रदेश नुम्बर १ “कन्चनजंगा प्रदेश”

    Reply
  3. Prakash says:
    February 25, 2018 at 7:09 pm

    धेरै राम्रो अभ्यास! अरु प्रदेशले पनि यसबाट सिकेर शान्तिपूर्ण रुपमा संसदबाटनै सुल्झाए कति राम्रो हुन्थ्यो |

    Reply
  4. Rudra Khanal says:
    February 25, 2018 at 1:00 pm

    यसै गरि सधै बिना झनजट र बिरोध र आपसी सहमति मा बाकी प्रदेशहरुले नामकरण गर्नेछन / हाम्रो कर्णाली प्रदेश बाट यसको शुरुवात सर्वसहमत मा गरेर उधारणिय काम गर्नु हुने सबै महोदयहरुमा धन्यवाद /

    Reply
  5. Ajaya says:
    February 24, 2018 at 9:33 pm

    सुन्दर नाम

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme